८ महिनाअघि बेपत्ता मीना परियारको हुलियासँग मिल्दोजुल्दो कंकाल भेटियो
२८ साउन २०८१
•
२ मिनेट पाठ
८ महिनाअघि बेपत्ता मीना परियारको हुलियासँग मिल्दोजुल्दो कंकाल भेटियो
म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलमा बेपत्ता गर्भवती मीना परियारको हुलियासँग मिल्दोजुल्दो कंकाल र सामग्री जमिनमा गाडेको अवस्थामा फेला परेको छ।




गंगटा खोज्दै गएकाले जमिनमा गाडेको अवस्थामा आइतवार दिउँसो साडे ३ बजे मानव कंकाल, चप्पल,कपडा भेट्टाएपछि गाउँमा खबर गरेका थिए। विगत ८ महिनादेखि बेपत्ता तोरीपानीकी १९ वर्षीया परियारले बेपत्ता हुनुभन्दा अगाडी लगाएको एक तोलाको सुनको सिँक्री, बाख्लो कपडा, रबरको चप्पल फेला पारेपछिपछि शव मीनाकै हुनसक्ने अनुमान गरिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको नेतृत्वमा खटिएकोे टोलीले घटनास्थलबाट कंकाल तथा सम्पूर्ण सामग्री संकलन गरेर अनुसन्धान थालेको छ। घटनास्थलबाट फर्किएपछि बेनीअनलाइनसँग कुरा गदैं प्रनाउ श्रेष्ठले कंकाल सहित अन्य प्रमाणहरूलाई थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने बताए।

‘घटनाको अनुसन्धान सुरू भएको छ, भोली नै प्रयोगशालामा पठाउँछौ, शब पहिचान भएपछि अन्य प्रक्रिया अगाडी बढ्छ’प्रनाउ श्रेष्ठले भने। प्राप्त कंकाल, सामान र उजुरीबारे प्रमाणिक अनुसन्धान गरेर सत्य बाहिर ल्याउने प्रहरीले जनाएको छ। घटनास्थलमा वडा नं ९ का वडा अध्यक्ष चक्रबहादुर केसी, वडा नं १० का वडा अध्यक्ष मसबीर रोका समेत पुगेका थिए।

शब गाडेको क्षेत्रमा प्रसस्तै गंगटा पाइने भएकाले नेप्टेचौरका दिपक परियार, शुसिल परियार र सनम परियारले पहिलोपटक शब भेट्नुभएको थियो।‘कपाल बाहिर देखिएको थियो, हल्का खोतल्दा शव भेटेपछि खबर गरेका हौ’ शुशिलले भने। केही लुकाएजस्तो देखिएर खोतल्दा मान्छेको हड्डी भेटिएको उनले बताए।

कंकाल र अन्य सामग्री फेला पारेपछि घटनास्थलमै पुगेका आफनतले मीनाकै शब भएको दावी गरेका छन्। मीना बेपत्ता हुनुभन्दा अगाडी एक तोलाको सिंक्री खरिद गरेको, जाडो मौसम भएकाले बाख्लो कपडा लगाएको र कपडाको रंग समेत मिलेको आफन्तको भनाई छ । मीनाको खोजी अभियानमा सदरमुकाम बेनीबजारदेखि संघीय सरकारका तत्कालिन गृहमन्त्री रबी लामिछाने, राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका निकायलाई समेत ज्ञापनपत्र बुझाइएको थियो।

मीना २०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएपछि खोजीकार्य गर्दा छिमेकी गाउँका स्थानीय युवा राम खत्रीसँगै रहेको तथ्य फेलाको थियो। मीनाको खोजीकार्यको क्रममा हाल पुर्पक्षमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको आदेश अनुसार जिल्ला कारागारमा रहेका अभियुक्त खत्रीले मीनासँग प्रेम सम्बन्ध रहेको र यौन सम्पर्कसमेत राखेको स्वीकार गरे पनि आफूले बेपत्ता नबनाएको दावी गदैं आएका थिए।

मीना र अभियुक्त खत्रीबिच सामाजिक सञ्जालमा कुराकानी भएको, खेत जोत्ने बेलामा चिनजान भएको, शारीरिक सम्बन्ध भएको, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने सल्लाह भएको म्यासेन्जर च्याट समेत भेटिएको थियो। बेपत्ता मीनाको मोबाइलको अन्तिम ‘लोकेसन’ उत्तरी म्याग्दीको बैसरी आसपासको क्षेत्र देखिएको थियो।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस