बच्चा हुर्काउन कैलाली पुग्छन् डल्फिन
२५ साउन २०८१
•
२ मिनेट पाठ
बच्चा हुर्काउन कैलाली पुग्छन् डल्फिन
मोहना नदीमा देखिएको डल्फिन । तस्बिर सौजन्य: भोजराज ढुंगाना
चुच्चो मुख । हात जस्ता पखेटा । झट्ट हेर्दा माछा झैँ देखिने स्तनधारी प्राणी डल्फिन । हो, त्यही डल्फिन घुम्दै फिर्दै हरेक वर्ष कैलाली पुग्छ । कर्णालीको सहायक नदी मोहना हुँदै पथरैया, काँडा, कान्द्रा नदीमा बच्चा जन्माउन तथा हुर्काउन हरेक वर्ष कैलाली पुग्छन् । स्वच्छ जल, प्रशस्त आहारा र धेरै दोभान भएकाले दोभानमा आहारा खोज्न धेरै मिहिनेत गर्नु नपर्ने भएकाले डल्फिन आफ्ना बच्चा जन्माउन तथा हुर्काउन कैलाली पुग्ने गर्छन् । ‘मोहना तथा सहायक नदीमा डल्फिनका लागि प्रशस्त आहारा छ,’ डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले भने,‘त्यही भएर पनि डल्फिन कैलालीमा पुग्ने गर्छन् ।’ 




नदीमा पानीको सतह बढेपछि दुर्लभ जल प्राणी डल्फिन कैलालीमा आइपुगेको डल्फिन संरक्षणकर्मी ढुंगाना बताउँछन् । उनकाअनुसार  असार दोस्रो सातादेखि मोहना, पथरैया, काँडा र कान्द्रा  नदीमा २५ देखि ३० वटासम्म डल्फिन बच्चासहित   भजनी, टीकापुर क्षेत्रमा देखा परेका छन् । अहिले यो क्षेत्रमा माउ डल्फिनसँगै केही डल्फिनका बच्चा पनि देखिएको उनले बताए । उनले भने,‘यहाँ अहिले पनि माउ डल्फिनसँगै डल्फिनका साना बच्चा पनि पौडी खेलिरहेको दृश्य देखिँदै आएको छ । कर्णाली नदीमा भारत तथा नेपालको क्षेत्रमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँडालगायतका सहायक नदीमा भने मनसुन अवधिमा असारदेखि असोज महिनासम्म बस्ने गर्छन् । नदीमा पानीको सतह बढेसँगै बच्चा जन्माउन तथा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहेका ढुङ्गानाले बताए । बर्सातमा कर्णालीका सहायक नदीमा रमाउने डल्फिन मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै पुनः कर्णाली नदीमै फर्कने गर्छन् । 

कैलालीको टीकापुर–७, ढुंगाना टोलको बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन देखिने गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम विचारी ठाकुर बताउँछन् । ‘मोहना नदीमा वर्षौँदेखि जलचर प्राणी डल्फिन हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्,’ उनले भने,‘डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन तथा अनुसन्धान लाई जोडेमा पर्यटकका लागि अझ राम्रो हुनेछ ।’  

हरेक वर्ष वर्षा याममा यहाँ अमेरिका, भारत, चिन, थाइल्यान्ड, जापान लगायतका तेस्रो मुलुकका नागरिक डल्फिन अवलोकन तथा अध्ययनका लागि आउने गरेको ढुङ्गानाले बताए ।’ सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाईले यस क्षेत्रमा विकासका लागि केही कार्यक्रम गर्ने जनाएको छ । डल्फिन, घडियाल, मगर गोही अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका क्षेत्रमा काम गरिने इकाईका निमित्त प्रमुख डबल बोहराले बताए । उनले भने,‘पर्या पर्यटनका क्षेत्रमा हामीले काम गरिरहेका छौँ, यहाँ पनि हामी काम गर्न चाहन्छौँ ।’ 

यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको छ । यो मांसाहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोँगीका साथै लेऊ खाने गर्छ ।

अर्को समाचार
बच्चा हुर्काउन कैलाली पुग्छन् डल्फिन
२६ साउन २०८१
•
२ मिनेट पाठ
बच्चा हुर्काउन कैलाली पुग्छन् डल्फिन
मोहना नदीमा देखिएको डल्फिन। तस्बिर सौजन्य : भोजराज ढुंगाना
चुच्चो मुख, हातजस्ता पखेटा। झट्ट हेर्दा माछा झैं देखिने स्तनधारी प्राणी डल्फिन। हो, त्यही डल्फिन घुम्दै फिर्दै हरेक वर्ष कैलाली पुग्छ। कर्णालीको सहायक नदी मोहना हुँदै पथरैया, काँडा, कान्द्रा नदीमा बच्चा जन्माउन तथा हुर्काउन हरेक वर्ष कैलाली पुग्छन्।




स्वच्छ जल, प्रशस्त आहारार धेरै दोभान भएकाले दोभानमा आहारा खोज्न धेरै मिहिनेत गर्नु नपर्ने भएकाले डल्फिन आफ्ना बच्चा जन्माउन तथा हुर्र्काउन कैलाली पुग्ने गर्छन्। ‘मोहना तथा सहायक नदीमा डल्फिनका लागि प्रशस्त आहारा छ,’ डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले भने, ‘त्यही भएर पनि डल्फिन कैलालीमा पुग्ने गर्छन्।’

नदीमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन कैलालीमा आइपुगेको डल्फिन संरक्षणकर्मी ढुंगाना बताउँछन्। उनका अनुसार असार दोस्रो सातादेखि मोहना, पथरैया, काँडार कान्द्रा नदीमा २५ देखि ३० वटासम्म डल्फिन बच्चासहित भजनी, टीकापुर क्षेत्रमा देखापरेका छन्।

अहिले यो क्षेत्रमा माउ डल्फिनसँगै केही डल्फिनका बच्चा पनि देखिएको उनले बताए। उनले भने, ‘यहाँ अहिले पनि माउ डल्फिनसँगै डल्फिनका साना बच्चा पनि पौडी खेलिरहेको दृष्य देखिँदै आएको छ। कर्णाली नदीमा भारत तथा नेपालको क्षेत्रमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँडालगायतका सहायक नदीमा भने मनसुन अवधिमा असारदेखि असोज महिनासम्म बस्ने गर्छन्।

नदीमा पानीको सतह बढेसँगै बच्चा जन्माउन तथा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेतरहेका ढुंगानाले बताए। वर्षातमा कर्णालीका सहायक नदीमारमाउने डल्फिन मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै पुनः कर्णाली नदीमै फर्कने गर्छन्।

कैलालीको टीकापुर– ७, ढुंगाना टोलको बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन देखिने गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुखरामविचारी ठाकुर बताउँछन्।

‘मोहना नदीमा वर्षाैंदेखि जलचर प्राणी डल्फिन हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन,’ उनले भने, ‘डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन तथा अनुसन्धान लाई जोडेमा पर्यटकका लागि अझराम्रो हुनेछ।’

हरेक वर्ष वर्षायाममा यहाँ अमेरिका, भारत, चीन, थाइल्यान्ड, जापानलगायतका तेस्रो मुलुकका नागरिक डल्फिन अवलोकन तथा अध्ययनका लागि आउने गरेको ढुंगानाले बताए। सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले यस क्षेत्रमा विकासका लागि केही कार्यक्रम गर्ने जनाएको छ।

डल्फिन, घडियाल, मगरगोही अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका क्षेत्रमा काम गरिने इकाइका निम्ति प्रमुख डबल बोहराले बताए। उनले भने, ‘पर्यापर्यटनका क्षेत्रमा हामीले काम गरिरहेका छौं, यहाँ पनि हामी काम गर्न चाहन्छौं।’

यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तानर बंगलादेशमा मात्रै पाइने गरेको छ। यो मासांहारी प्राणी हो। यसले मुख्य आहारका रूपमा माछा, घोँगीका साथै लेऊ खाने गर्छ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस