टीकापुरमा बाख्रामाथि बाघको आक्रमण जारी, स्थानीय त्रसित
२३ साउन २०८१
•
३ मिनेट पाठ
टीकापुरमा बाख्रामाथि बाघको आक्रमण जारी, स्थानीय त्रसित
टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन्। 




कुँवरको एक बाख्रा घाईते भएको छ। प्रहरीकाअनुसार गएराति नै टीकापुर नगरपालिका वडा नं२ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकरएक बाख्रा समेत घाईते भएका छन्।

आइतवार रातिटीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १७ का बिजु सिँह विष्ट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो। उनीहरुका तीनरतीनवटा बाख्रा मारिएका थिए। सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्राघाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सोमवार रातिटीकापुर नगरपालिकावडानम्बर १ ब्लक नं बीस्थित विक्की विकको खोरमा रहेका दुई वटा बाख्रा मारिएका थिए। विकको घर बजार क्षेत्रबाट नजिकै रहेको छ। स्थानीयका अनुसार नजिकैको जंगलबाटआउने बाघले बाख्रा मार्न थालेको छ। यसअघि पनि बेला बेलामा खोरमै बाख्रा मरेको भेटिन्थे। तर त्यतिबेला स्थानीयले वास्ता गरेनन्। पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन्।

टीकापुर नगरपालिका वडा नम्बर १ जमरा टोलका रामु सापकोटाले यस अघि पनि बाख्रा मारिने घटना बेलाबेलामा भैरहने बताए। ‘कहिले काँहीबाख्रापहिले पनि मारिन्थे’ उनले भने–‘त्यतिबेला कसैले वास्ता गर्थेनन्। कैले काँही हुन्छ भन्ने हुन्थ्यो। तर अहिले त लगातार घटना भैरहेको छ।’

स्थानीयबासिन्दाबाघले बाख्रामात्रै नभएर मान्छेलाई समेत आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका छन। स्थानीय प्रकाश खड्काले सरोकारवालाले समयमै ध्यान दिएर सम्भावित दुर्घटना हुन नदिन पहल गर्नुपर्ने बताए। उनले स्थानीय सरोकारवालाले घटनाबारे खासै वास्तान गरेको बताए । ‘स्थानीय निकाय किन मौन हो’ उनले भने–‘कि मान्छे मारिए पछि मात्रै आँखा खोल्ने हो ?’

दिनदिनै बाख्रा मारिन थालेपछि प्रहरीलाई समेत घटना टाउको दुखाई बनेको छ। प्रहरीकाअनुसार बाघ वा चितुवामध्ये कुनै एकले बाख्रा मार्ने गरेको छ। 

‘घटनास्थलको अध्ययन गर्दा त्यस्तो देखिन्छ’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले भने–‘बाघ वा चितुवा बाहेकले यसरी बाख्रा मार्न सक्दैन।’ केही स्थानीयले कुकुरले बाख्रा मारेको हुनसक्ने आशंका गरेका थिए। 

यस अघि पनि बेलाबेलामा कुकुरले पशुचौपायालाई आक्रमण गर्ने गरेको पाईन्थ्यो। प्रहरीले कुकुर जान नसक्ने ठाउँमा समेत बाख्रा मरेको पाईएको बताएको छ। डिएसपी अधिकारीले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का शेरबहादुर कुँवरको छ फिट अग्लो पर्खाल भित्र रहेको खोरमा बाख्रा मारिएकाले बाघ वा चितुवामध्ये कुनै एक हुनुपर्ने बताए।

सबै बाख्राएउटै ढंगले मारिएका छन्। स्थानीयका अनुसार सबैजसो बाख्राको घाँटीमा चोट लागेको छ। विक्कीविकको भने एउटा मृत बाख्राको मात्रै पेट चिरिएको थियो। बाख्रा मारिएका मध्ये टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुर बाहेकको सबै ठाउँ एकापसमा जोडिएको छ। ती बस्ती नजिकै कैलाशेश्वर, खोटेना भूराखानी, शितललगायतका सामुदायिक वन रहेका छन्।

टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित रानीकुलाको मुहान क्षेत्रमा बेलाबेलामा बाघ देखिने गरेको छ। स्थानीयका अनुसार सो बाघ डमरुसहित बेलाबेलामा स्थानीय कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा समेत देखिन्छ।

कर्णाली नदीको पश्चिमी किनारमा रहेको वन क्षेत्रमा जंगली जनावरको संख्या बढेको छ। यहाँ बाघ, हात्ती, गैडा, बँदेललगायतका जंगली जनावर देखिन थालेका छन्। तिनै जंगली जनावरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याउने गरेका छन्।  

घाँस दाउरा गर्न वन क्षेत्रमा प्रवेश गरेका केही व्यक्तिले जंगली जनावरको आक्रमणमा परेर ज्यान समेत गुमाईसकेका छन्।अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय त्रसित बनेका छन्। 
अर्को समाचार
टीकापुर घटनाको ९ वर्ष, रेशम भन्छन्ः हाम्रो श्री सम्पत्ति लुटिएको दिन
०७ भदौ २०८१
•
२ मिनेट पाठ
टीकापुर घटनाको ९ वर्ष, रेशम भन्छन्ः हाम्रो श्री सम्पत्ति लुटिएको दिन
कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको छ। २०७२ साल भदौ ७ गते थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा आजकै दिन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो।




घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र आन्दोलनकारी पनि घाइते भएका थिए।

सीमाङ्कनको विरोधमा आन्दोलनरत थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले ०७२ भदौ ७ का दिन सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमको क्रममा निषेधाज्ञा तोडेर अघि बढेपछि आन्दोलन हिसांत्मक बनेको थियो।

छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर ८÷१० हजारको सङ्ख्यामा आन्दोलनकारी सडकमा आएका थिए। आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो। सोही क्रममा आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी न्यौपानेलाई आक्रमण गरेका थिए र, उनको मृत्यु भएको थियो।

आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको पनि घटनामा मृत्यु भएको थियो।

यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको मृत्यु भएको थियो।

हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको थियो।

उक्त घटनामा कैद सजायसमेत भोगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, 

‘सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन। थारु विद्रोह भएको दिन। हाम्रो श्री सम्पत्ति लुटिएको, आगजनी भएको दिन। कारागारबाट रिहाई भएको करिब डेढ बर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न सकेको छैन। आगजनीका भगनावशेष यथावत छन्। राजबन्दिको पीडाले नागरिक उन्मुक्ति जन्मियो,मैले त केवल अक्षरांस गरेको हुँ। छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दिको नाममा अरुले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन्। टीकापुर विद्रोह दिवसमा सबैलाई स्मरण गर्दछुँ।’ 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस