रीतपूर्वकको आवेदन नपरे पछि वन्यजन्तुबाट भएको क्षतिवापतको राहत रकम बाँडिएन
२० साउन २०८१
•
३ मिनेट पाठ
रीतपूर्वकको आवेदन नपरे पछि वन्यजन्तुबाट भएको क्षतिवापतको राहत रकम बाँडिएन
डिभिजन वन कार्यालय ताप्लेजुङले आव २०८०/८१ मा रितपूर्वकको प्रक्रिया र आवेदन नपरेपछि वन्यजन्तुबाट भएको क्षतिवापतको राहत रकम वितरण नगरेको बताएको छ।




डिभिजन वन कार्यालय ताप्लेजुङको योजना शाखाका वन अधिकृत (आठौं) परमेश्वर पासवानका अनुसार उक्त आवमा वन्यजन्तुबाट भएको क्षति सम्बन्धी राहत प्राप्तिका लागि एकजनाको निवेदन प्राप्त भएको थियो। तर, राहत प्राप्ति निर्देशिका विपरितको आवेदन प्राप्त भएकोले उक्त निवेदनको प्रक्रिया अघि बढेपनि राहत प्रदान गर्न नसकिएको पासवानले बताए।

उनले आव २०७९/८० मा मानवीय क्षति वापत एकजनाका आफन्त र दुई पशुपालक धनीलाई राहत रकम वितरण गरिएको बताए। तर, आव २०८०/८१ मा वन्यजन्तुबाट भएको क्षतिवापत राहत वितरण नगरिएको बताए।

पासवानका अनुसार वन्यजन्तुले आफ्ना पशुहरुमा क्षति गरेको भन्दै मिक्वाखोला गाउँपालिका वडा नं.५ पापुङका नुपु शेर्पाले डिभिजन वन कार्यालयमा राहत प्राप्तिका लागि निवेदन दिएका थिए। ‘पशु क्षति सम्बन्धी घटनास्थलबाट उठाइएको मुचुल्कामा प्रहरीको उपस्थिति थिएन, घटना विवरणमा वन्यजन्तुले गरेको क्षति चरण क्षेत्रमा रहेको उल्लेख थियो’ पासवानले भने, ‘चरण क्षेत्रमा भएको क्षतिमा राहत वितरण गर्न सकिँदैन।’

कस्तो अवस्थाको क्षतिमा दिइन्छ राहत? जानौँ

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को नं. ३ मा वन्यजन्तुबाट भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धी व्यवस्था उल्लेख छ। जस अनुसार वन्यजन्तु मानव बस्तिमा प्रवेश गरी गरेको आक्रमणबाट नेपाली नागरिकको मृत्यु भएमा, गम्भीर घाइते वा सामान्य घाइते भएमा राहत रकम दिन सकिने छ।

यस्तै राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा वन्यजन्तुको आक्रमणमा परी नेपाली नागरिकको मृत्यु भएमा, गम्भीर घाइते वा सामान्य घाइते भएमा, राष्ट्रिय निकुञ्ज वा आरक्षमा सरकारी काममा खटिएका कर्मचारी,वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनको काममा अनुमति लिई खटिएका हेरालु तथा कामदार वा अनुमतिप्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा, गम्भीर घाइते वा सामान्य घाइते भएमा राहत रकम दिन सकिने छ।

निर्देशिका अनुसार सरकारी काममा खटिएका कर्मचारीलाई राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको कार्यालय वा चिडियाखानामा पालिएका, उद्धार गरिएका वा उपचारका लागि राखिएका वन्यजन्तुले क्षति पु¥याएमा, राष्ट्रिय निकुञ्ज,आरक्ष बाहेक अन्य वन क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी घर पालुवा पशुको मृत्यु भएमा रीतपूर्वकको प्रकृया पूरा गरी आबेदन दिएमा राहत रकम बितरण गर्न सकिने छ।

यस्तै निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा तथा खोरमा पालिएका कुखुरालाई वन्यजन्तुले क्षति पु¥याएमा,प्रयोगमा रहेको घरगोठमा वा घर गोठभित्र भण्डारण गरेको अन्नमा वन्यजन्तुले क्षति पु¥याएमा र निजी जमिनमा लगाएको वालीमा वन्यजन्तुले क्षति पु¥याएमा राहत रकम दिन सकिने व्यवस्था रहेको छ।

वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा घाइतेको प्रकृति हेरि २० हजार रुपैयाँ सम्म, गम्भीर घाइतेको हकमा चिकित्सकको सिफारिस तथा औषधि उपचारमा लागेको बिल बमोजिम बढीमा २ लाख रुपैयाँ सम्म उपचार खर्च उपलब्ध गराउन सकिने व्यवस्था छ।

यस्तै अंगभंग भई जीवनभर गम्भिर रुपले शारीरिक अशक्त हुने अवस्था भएमा त्यस्तो व्यक्ति वा निजको हकवालालाई जीविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँसम्म र मृत्यु भएको हकमा मृतकको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्म राहत रकम उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ।

यस्तै पशु चौपायाको हकमा वन्यजन्तुको आक्रमणबाट भैंसी वा राँगो वा गोरु,उन्नत जातको गाई,घरपालुवा चौंरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनको आधारमा प्रतिपशु ६० हजार रुपैयाँ सम्म,उल्लेखित बाहेक अन्य पशुको मृत्यु भएमा पशुको प्रकार र मूल्याङ्कनको आधारमा प्रतिपशु बढीमा १० हजार रुपैयाँ सम्म र माछा वा कुखुराको क्षति भएमा मूल्याङ्कनको आधारमा बर्षको एकपटक बढीमा १० हजार रुपैयाँ सम्म राहत रकम दिन सकिने व्यवस्था रहेको छ।

यस्तै घरगोठको क्षति भएमा मूल्याङ्कनको आधारमा बढीमा २० हजार रुपैयाँ सम्म,अन्नको क्षति भएमा मूल्याङ्कनको आधारमा बढीमा १० हजार रुपैयाँ सम्म र बालीको क्षति भएमा मूल्याङ्कनको आधारमा एक मौसममा लगाएको बालीको एकपटक र बर्षमा दुईपटक नबढ्ने गरी बढीमा १० हजार रुपैयाँ सम्म राहत रकम दिन सकिने राहत रकम बितरण निर्देशिकामा उल्लेख छ। 
अर्को समाचार
ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू समुदाय
०६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू समुदाय
ताप्लेजुङको जनसंख्यामध्ये सबैभन्दा बढी याक्थुङ अर्थात् लिम्बू समुदाय देखिएका छन्। तथ्याङ्क कार्यालय इलामले मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको तथ्याङ्कीय साक्षरता तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रममा २०७८ सालको जनगणनाका आधारमा देखिएको ताप्लेजुङ जिल्लाको जातजाति सम्बन्धी विवरणमा उक्त तथ्याङ्क बाहिर आएको हो।




तथ्याङ्क कार्यालय इलामका तथ्याङ्क अधिकृत किरणकुमार राईका अनुसार ताप्लेजुङको कुल जनसंख्यामध्ये लिम्बू समुदायको ४२.६० प्रतिशत रहेको छ। लिम्बू समुदायपछि दोस्रोमा शेर्पा समुदायको ११.९८ प्रतिशत, क्षेत्री समुदायको ११.६७ प्रतिशत र पहाडी ब्राह्मण समुदायको ५.७० प्रतिशत जनसंख्या रहेको राईले प्रस्तुत गरेको विवरणमा उल्लेख छ। राई समुदायको ५.०६ प्रतिशत, गुरुङ समुदायको ४.७३ प्रतिशत, तामाङ समुदायको ४.६६ प्रतिशत र विश्वकर्मा समुदायको ४.५५ प्रतिशत जनसंख्या रहेको विवरण राईले प्रस्तुत गरेका छन्।

यस्तै परियार समुदायको १.४५ प्रतिशत, नेवार समुदायको १.३९ प्रतिशत, मगर समुदायको १.१० प्रतिशत, सुनुवार समुदायको १.०५ प्रतिशत र अन्य समुदायको ४.०६ प्रतिशत जनसंख्या रहेको विवरण तथ्याङ्क कार्यालय इलामले प्रस्तुत गरेको छ।

२०७८ सालको जनगणनाअनुसार ताप्लेजुङको कुल जनसंख्या १ लाख २० हजार ५ सय ९० रहेको छ। २०६८ सालको जनगणनाअनुसार ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार ४ सय ६१ रहेको थियो। पालिका स्तरको परिवार संख्याका आधारमा २०६८ भन्दा २०७८ मा यहाँका ९ स्थानीय तहमध्ये ६ स्थानीय तहमा बढेको देखिएको छ भने ३ स्थानीय तहको घटेको देखिएको छ।

१० वर्षको अवधिमा परिवार संख्या बढ्ने पालिकाहरूमा फुङलिङ नगरपालिकासहित मैवाखोला, मेरिङदेन, फक्ताङलुङ, सिदिङ्वा र सिरिजङ्गा रहेको देखिएको छ भने आठराई त्रिबेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकामा परिवार संख्या घटेको देखिएको छ। तथ्याङ्क कार्यालय इलामका अनुसार २०६८ सालमा फुङलिङ नगरपालिकामा ५ हजार ९ सय ८६ परिवार रहेकोमा २०७८ सालको जनगणनाअनुसार ६ हजार ८ सय ९८ परिवार पुगेका छन्।

मैवाखोला गाउँपालिकामा २ हजार १ सय ९४ परिवारबाट बढेर परिवार संख्या २ हजार २ सय ४९ पुगेका छन्। मेरिङदेन गाउँपालिकामा २ हजार ५ सय ७८ परिवारबाट बढेर २ हजार ६ सय ६२ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ। फक्ताङलुङ गाउँपालिकामा २ हजार ५ सय २५ परिवारबाट बढेर २ हजार ८ सय ३२ परिवार पुगेका छन्।

सिदिङ्वा गाउँपालिकामा २ हजार ३ सय ७० बाट बढेर २ हजार ४ सय ७६ परिवार हुँदा सिरिजङ्गा गाउँपालिकामा ३ हजार २ सय २७ परिवारबाट बढेर ३ हजार २ सय ५५ परिवार कायम भएका छन्। आठराई त्रिबेणी गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार २ हजार ८ सय ८८ परिवार रहेकोमा पछिल्लो १० वर्षमा घटेर २ हजार ८ सय ५४ परिवारमा सीमित भएको देखिएको छ।

यस्तै मिक्वाखोला गाउँपालिकामा १ हजार ८ सय ६९ बाट घटेर १ हजार ८ सय ४५ परिवार देखिएका छन्। पाथीभरा याङवरक गाउँपालिकामा २ हजार ८ सय ३४ परिवारबाट घटेर २ हजार ७ सय ५ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ। तथ्याङ्क कार्यालय इलामका प्रमुख प्रकाश नेपालका अनुसार नेपाल जीवनस्तर सर्वेक्षण चौथो (आव २०७९।८०) अनुसार वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम आम्दानी गर्ने व्यक्ति गरिबीको रेखामुनि हुने छन्।

खाद्य उत्पादनतर्फ वार्षिक ३५ हजार २९ रुपैयाँ तथा गैर खाद्य उत्पादनतर्फ वार्षिक ३७ हजार ८ सय ७९ रुपैयाँभन्दा कम आम्दानी हुने परिवारलाई गरिबीको रेखामुनि रहेको मानिने छ। कार्यक्रममा उठेका जिज्ञासाको तथ्याङ्क कार्यालय इलामका प्रमुख नेपालले जवाफ दिएका थिए।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पहाडी र हिमाली क्षेत्रको जनसंख्या बर्सेनि ऋणात्मक हुँदै जानु चिन्ताको विषय भएको बताए। जनसंख्याको असन्तुलित वितरण रोक्न सम्बन्धित सबै पक्षले उचित उपायको खोजी गर्नुपर्ने उनको जोड थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस