पर्सामा पचास किलोग्राम लागुऔषध गाँजासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीय अनिता गुरौं रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजा भेटिएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो।
“पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ”, भारतीले भने।
यसैगरी प्रहरीले ३७ लाख ६२ हजार नौ सय १६ मूल्य पर्ने बिलविजक अनुसार नभएको औषधि तथा अन्य खुद्रा सामान पनि नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डमा ना ७ ख १६३१ नम्बरको ट्रकमा बिलविजक अनुसार नभएको सामान नियन्त्रण लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको हो।