१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना पक्राउ
१६ साउन २०८१
•
१ मिनेट पाठ
१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना पक्राउ
१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको छ।




पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन्।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
बाख्रा चराउन गएको मौकामा बालिकालाई जबरजस्ती करणी
०१ साउन २०७९
•
२ मिनेट पाठ
बाख्रा चराउन गएको मौकामा बालिकालाई जबरजस्ती करणी
सुनसरी बराहक्षेत्रको ग्रामीण भेगका अधिकतर बुढापाकाको दैनिकी बाख्रा चराउने र गाइवस्तुको स्याहार गर्नेमा वित्छ। तिनै बुढापाकाको सिको गरेर आठ वर्षीया बालिका पनि स्कुल विदा भएको बेला बाख्रा चराउन जाने गर्थिन्।  




उनी बाख्रा चराउन गएको बेला बुढापाकाको साहरा खोज्नु स्वाभाविक हो। तर, बुढापाका अनि आफूले बुबा भनेर मानेका एक जनाले बालिकामाथि जबरजस्ती करणी गरेका छन्। बालिकालाई जबरजस्ती करणी गर्ने बराहक्षेत्र वडा नं.३ का ६० वर्षीय इन्द्रबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीका प्रहरी निरीक्षक टीका कार्कीले पीडित बालिकाका आफन्तले उजुरी गरेलगतै बस्नेतलाई पक्राउ गरेर केरकार गर्दा स्वीकारेको बताए।  

बस्नेतले ती बालिकालाई अन्तिम पटक जेठ १४ गते जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ। पीडित बालिकाका अनुसार बस्नेतले पटक–पटक गरेर चारपटक जर्वरजस्ती करणी गरेका थिए। ‘आमालाई नभनी दे, भनीस भने ठीक हुँदैन भनेर डर देखाएपछि थुप्रै दिनसम्म कसैलाई केही नभनेको हो,’ बालिकाले नागरिकसँग भनिन, ‘एकपटक त भाग्न खोज्दा मेरो कपडा पनि च्यातिएको थियो।’  

पीडित बालिकाका बाबुका अनुसार बालिकाले पिसाव गर्दा पोल्ने गरेको र स्कुल जादा साइकल लिएर जान जहिल्यै रहर गर्ने गरेकोमा साइकल चलाउन समेत नसक्ने भनेपछि स्थानीय क्लिनिकमा लादा जर्वरजस्ती करणी भएको खुलेको थियो। त्यसपछि प्रहरीमा खबर गरिएको थियो।  

यतिबेला बस्नेत पक्राउपछि आफन्तले पीडित बालिकाका आफन्तलाई धम्की दिदैै आएको बताएका छन्। ‘बस्नेत परिवारले यतिबेला हामीलाई केही गर्न सक्दैनन्, प्रहरीमा गएर छोड्न नभने ठीक पार्ने गाउँलेबाट सन्देश पठाएर धम्की दिदै आएका छन,’ पीडित बालिकाका बाबुले भने।  

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका वा महिलामाथि जर्वरजस्ती गरिन्छ भने त्यसलाई नै जर्वरजस्ती करणी मानिन्छ। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जबरजस्ती करणीका घटना हुने गरेका छन्।  

जर्वरजस्ती करणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जर्वरजस्ती करणीका घटनामा उकालो लागेको प्रहरीले जनाएको छ।  

सुनसरीमा २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म १०० वटा जर्वरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। जर्वरजस्ती करणी उद्योगमा २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस