यति बेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। उक्त कोटिहोममा आएकी कथा वाचिके देवी प्रतिभा भारत फर्केकी छिन्।
देवी प्रतिभा मंगलबार भारत फर्केकी हुन्। भारत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी देवी प्रतिभाले जन्मभूमि प्रतिको माया भाव देखाउँदै भुईँलाई ढोगेकी छिन्।
उनले १४ दिनको नेपाल बसाइमा प्रशस्तै चर्चाका साथै विवाद र आलोचनाको पनि सामना गर्नुपर्यो। कतिपयले उनले दिएको अभिव्यक्तिको आलोचना गरिरहेका छन्, त कतिले उनको सर्पोट पनि ।
यो भ्रमणभन्दा अगाडि देवी प्रतिभा नेपालमा कमै परिचित थिइन्। नेपालमै जन्मेकी, नेपाली छोरी भए पनि उनले भारतलाई कर्मथलो बनाउँदै आएकी छन्। काभ्रे मण्डनदेउपुरामा उनको जन्म भएको हो। साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी भएर जन्मेकी उनी बाल्यकालदेखि नै वृन्दावन बस्न थालिन्। अहिले उनी भारतका विभिन्न स्थानमा धार्मिक कथा वाचन र प्रवचन दिँदै हिँडिरहेकी छन्।
एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको थियो। कोटिहोममा सहभागी भक्तजनले करोडौँ रुपैयाँ सहयोग गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...