हेर्दाहेर्दै महाकालीमा हेलिइन् बालिका
१४ साउन २०८१
•
४ मिनेट पाठ
हेर्दाहेर्दै महाकालीमा हेलिइन् बालिका
दार्चुला सदरमुकाम खलंगा छेउमै उर्लिरहेको महाकाली नदीमा शनिबार साँझ एक बालिका हेलिएकी छन्। दिदी, स्थानीय र प्रहरीकै अगाडि १५ वर्षीया धनिशा कुँवर महाकाली नदीमा हेलिएकी हुन्। तीनै पक्षले हेर्दाहेर्दै उनी महाकालीमा हेलिइन्। महाकाली नदीको कटान रोक्न बनाइएको पक्की पर्खालमाथिको खम्बा समातेर ती बालिका नदीतिर हेरेर उभिएकी थिइन्।




ती बालिका नदीमा हाम फाल्न लागेको खबर पाएपछि स्थानीयको भिड लागेको थियो। खबर पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि त्यहाँ पुगेका थिए। ती बालिकाकी दिदी र स्थानीयले उनलाई नदीमा हाम नफाल्न भनिरहेका थिए।

यसैबीचमा प्रहरी पनि त्यहाँ पुगे। समाउन नजिकै पुगेका सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै ती बालिका नदीमा हेलिएको स्थानीयले बताए। सशस्त्र प्रहरी कर्मचारीले पाखुरा समात्न खोज्दाखोज्दै बालिका नदीमा हाम फालेकी हुन्। उनी महाकाली नगरपालिका–४ रिङ्नेतालबाट नदीमा हेलिएकी हुन्।

प्रहरीले बालिकालाई बचाउन उपयुक्त उपाय अपनाउन चुकेको भन्दै आलोचना भइरहेको छ। स्थानीयका अनुसार करिब एक घण्टाजति ती बालिका नदीतिर हेरेर उभिएकी थिइन्। ‘प्रहरी र स्थानीय रमिते मात्र भए, बालिकालाई बचाउन गर्नुपर्ने तयारीबाट चुके,’ स्थानीय एक युवकले भने, ‘प्रहरी तयारी बिना बालिकालाई समात्न गए जस्तो देखियो, प्रहरी देखेर बालिका झन् हत्तारिएर हाम फालिन्।’ सशस्त्र प्रहरी जवानले बालिकालाई हेलिन नदिन राम्रो प्रयास गरे पनि तरिका र तयारी नमिलेको ती युवकले बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले दिउँसो पनि नदीछेउमा गएकी बालिकालाई दिदीले फकाएर घर लगेको र पछि फेरि त्यहीं पुगेको बताए । बालिका दोस्रोपटक त्यहाँ गएर नदी कटान रोक्न बनाइएको पक्की पर्खालमाथि चढेर उभिएपछि स्थानीयको भिड जम्मा भएको र प्रहरी पनि पुगेको प्रजिअ जोशीले बताए । प्रत्यक्षदर्शीका अनुसार बालिकाले स्थानीयसँग कुरा पनि गरिरहेकी थिइन्।

‘स्थानीयसँग कुरा गरिरहेका बेला एक छेउबाट प्रहरी गएर बचाउने प्रयास गरेका थिए,’ प्रजिअ जोशीले भने, ‘प्रहरीले समात्न खोज्दाखोज्दै बालिकाले नदीमा हाम फालेपछि दुवैतिर पक्की पर्खाल भएकाले तुरुन्तै नदीमा पसेर उद्धार गर्न सक्ने अवस्था थिएन।’

प्रहरीले हात समातिहाले पनि बालिकाले जसरी हाम फालिन्, त्यो हेर्दा प्रहरी समेत नदीमा खस्ने खतरा देखिएको जोशीले बताए। दिदी निर्मला कुँवरले गत मंगलबार घरमा ज्योतिषी बोलाएर बहिनीलाई झारफुक गरेर जन्त्रमन्त्र लगाइदिएको बताइन्।

बहिनीलाई त्रास लागेको भनेर ज्योतिषले भनेको उनले बताइन्। ‘बहिनी बुधबारदेखि घर आएकी थिइनन्। मामा–माइजू वा साथीको घरमा गइन् होला भन्ने लाग्यो। शनिबार दिउँसो ४ बजे बहिनी नदीको डिलमा उभिएको छ भनेर खबर पाएँ,’ निर्मलाले भनिन्।

ती बालिका बुधबारदेखि शनिबारसम्म कहाँ थिइन् भन्ने नखुलेको प्रहरीले बताएको छ। उनी महाकाली नगरपालिका–४ खलंगामा दिदी निर्मलाको घरमा बस्दै आएकी थिइन्।

दुहु गाउँपालिका–४ थारा घर भएकी धनिशा खलंगामा दिदी निर्मलाको घरमा बसेर महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्। गत भदौ १८ गते विद्यालय बिदा भएपछि उनी घरतर्फ हिँडिन् । सदरमुकामबाट उनको घर जान चार–पाँच घण्टा लाग्थ्यो।

महाकाली नगरपालिका–१ घर भएका २२ वर्षीय उमेश कुँवरले घर जानेबेला बाटोमा उनलाई ललाइफकाई र जबर्जस्ती गरी विवाह गर्ने आश्वासनमा आफ्नो घर लगे। घर लगेपछि उमेशले धनिशालाई यातना दिएको दिदी निर्मलाले बताइन्।

‘घर जान हिँडेकी बहिनीलाई बाटोमा अनेक प्रलोभन, डरधम्की देखाएर उमेशले आफ्नो घर लगेछ। दोस्रो दिन खोज्दै हामी उसको घर पुग्यौं, बिहे गर्न घरमा ल्याएको हुँ भनेकाले हामी फर्केर आयौं,’ निर्मलाले भनिन्। उमेशले पटकपटक यातना र दुव्र्यवहार गर्न थालेपछि बहिनी धनिशाले गत माघमा उद्धार गर्न मोबाइलमा भ्वाइस मेसेज पठाएको निर्मलाले बताइन्। त्यसपछि प्रहरीमा उजुरी गरी प्रहरीसहित गएर बहिनी धनिशालाई उद्धार गरी ल्याएको निर्मलाले बताइन्। उनका अनुसार उद्धार गर्न गएका दुई प्रहरीलाई चक्कु हानेर उमेश फरार भएका थिए।

उद्धार गर्दा धनिशाको शरीरमा चोट थिए। ‘पछि उपचार गर्दा घाउँमा टाँकासम्म लगाउनुपरेको थियो,’ निर्मलाले भनिन्। उद्धारपछि माघ १३ गते धनिशाले उमेशले आफूलाई बाटोबाट घर लगेर बन्धक बनाई पटकपटक बलात्कार गरेको दाबीसहित उजुरी दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

प्रहरीलाई चक्कु हानेर फरार उमेश फागुन २१ गते पक्राउ परेका थिए । उनी फेरि फागुन २८ गते हिरासतबाटै फरार भएका थिए। उमेशलाई समात्न जानेक्रममा चिप्लेर महाकाली नदीमा खसेका प्रहरी जवान सोहन चौधरीको ज्यान गएको थियो। उमेशलाई प्रहरीले फेरि भारतबाट पक्राउ गरेर ल्यायो।

चैत १३ गते जिल्ला अदालतले उमेशलाई पुर्पक्ष थुनामा पठाउन आदेश दियो। उनी अहिले थुनामा छन्। कलिलो उमेरमै बलात्कृत धनिशा मानसिक रूपमा तनावमा थिइन्। धनिशा महाकाली नदीमा हेलिनुको कारण यही हो वा अन्य भन्ने खुलिनसकेको प्रहरीले बताएको छ।
अर्को समाचार
महाकालीको माछा बेचेर जीविका चलाउँदै
१९ जेष्ठ २०८२
•
१ मिनेट पाठ
महाकालीको माछा बेचेर जीविका चलाउँदै
भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान  झिसमिसेमै महाकाली नदी धाउछिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छिन्।




माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन्। उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन्। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन्।

“ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो रान्छिन्। माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन्। नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ।

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले  बताइन्। उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छिन्। माछा मार्न उनी समूह बनाएर जाने गर्छिन्।  

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरी बताउँछिन्। घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन्। “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ”, चौधरीले भनिन्। महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस