मोहर्रम पर्व मनाइँदै
०२ साउन २०८१
•
१ मिनेट पाठ
मोहर्रम पर्व मनाइँदै
मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ। हसन र हुसेनको प्रतीक स्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ। रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन्।




भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउँछन्। वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ। भैरहवाको खजहना, भैयाटोल, कठौतिया, उदयपुरलगायत क्षेत्रमा दुवै धर्मावलम्बीको सहभागितामा ताजिया निर्माण हुँदै आएको छ।

भैरहवा बाहिर पनि धकधई, मर्चवारलगायत क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइने गरिन्छ। हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए। उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिए। यिनै सहिदहरूकोे सम्झनामा ताजिया निस्कने गरेको छ। ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ।

ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ। मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो। हिन्दू तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ।केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेलाको समापन हुने गर्दछ।

हसन तथा हुसेनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवामा लगातार ताजिया बनाउँदै आएका रमजान मुसलमान बताउँछन्। यस वर्ष यो पर्वको तजियालाई आज कर्बलामा विर्सजन गरी समापन गरिँदैछ।
अर्को समाचार
भैरहवाबाट पहिलोपटक चार अन्तर्राष्ट्रिय उडान
२५ कार्तिक २०८१
•
४ मिनेट पाठ
भैरहवाबाट पहिलोपटक चार अन्तर्राष्ट्रिय उडान
ठुलो धनराशि खर्च गरी निर्माण गरेर पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको भनेर आलोचना भइरहेका बेला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट चार वटा विमान कम्पनीले पहिलो पटक व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्। एक विमान कम्पनीले निकट भविष्यमै अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ।




भैरहवाबाट नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले अन्तर्राष्ट्रिय उडान सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताए। ‘चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्,’ तिवारीले भने, ‘कतार एयरलाइन्स पनि उडान भर्ने तयारीमा छ।’ तिवारीका अनुसार शुक्रबार र शनिबार मात्र चार कम्पनीले अन्तर्राष्ट्रिय उडान भरेका हुन्।

फ्लाई दुबईले सातामा सातै दिन उडान भर्ने भएको छ। उक्त कम्पनीले दुबई–भैरहवा–काठमाडौं–दुबई रुटमा उडान भर्नेछ। दुबई नेपालको श्रम गन्तव्य हो। फ्लाई दुबई इमिरेट्सको भगिनी संस्था रहेको र इमिरेट्सको विश्वभर सञ्जाल रहेकाले नियमित उडान हुने विश्वास लिइएको छ। खाडी मुलुकमा नेपाली कामदारको संख्या ठुलो छ। नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई सातामा चार वटा उडान भर्ने तालिका छ। कतार एयरलाइन्सले पनि उडानका लागि प्रस्ताव पेस गरेको र तालिका स्वीकृत हुने चरणमा रहेको महाप्रबन्धक तिवारीले बताए।

विगतमा उडान सुरु गरेर रोकेको जजिराले पनि पुनः उडान सुरु गरेकाले निरन्तरता दिने अपेक्षा गरिएको छ। जजिराले सातामा तीन उडान कुवेतबाट भर्ने तालिका छ। थाई एयर एसियाले शुक्रबार उडान भर्न सुरु गरेको थियो। थाईले थाइल्यान्ड, भितयनाम, कम्बोडियाबाट उडान भर्नेछ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ती मुलुकका बौद्ध धर्मावलम्बी आउने भएकाले उडानले निरन्तरता पाउने विश्वास लिइएको महाप्रबन्धक तिवारीले बताए। ‘नेपालबाट थाइल्यान्ड घुम्न जानेको संख्या पनि ठुलो छ,’ उनले भने। भैरहवाबाट उडान भर्ने विमान कम्पनीलाई छुट दिइएकाले भाडा काठमाडौंबाट भन्दा सस्तो हुँदा यात्रुहरू पनि आकर्षित हुने तिवारीले बताए।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा आएका छन्। निर्माण सम्पन्न भएको लामो समयपछि अन्तर्राष्ट्रिय उडान सुरु भएपछि उड्डयन क्षेत्रमा उत्साह थपिएको छ। सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्नेलाई विशेष छुट दिएपछि विमान कम्पनीहरू आकर्षित भएका हुन्। सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरूलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई इन्धनमा तोकिएको मूल्यमा प्रतिकिलोलिटर एक सय डलर छुटको व्यवस्था गरिएको छ।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमान प्रयोग गर्ने इन्धनमा सहुलियत पाउँछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा मर्मतका लागि बन्द गरिने भन्दै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई भैरहवाबाट उडान भर्न अनुरोध गरेकाले पनि थप दबाब बढेको थियो। हवाई टिकट र ग्राउन्ड ह्यान्डलिङमा लगाइएको करमा मात्र नभएर पार्किङ–ल्यान्डिङ शुल्कमा पनि सरकारले छुट दिएको छ। लामो समयको प्रतीक्षापछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले विभिन्न हवाई कम्पनीलाई आग्रह गर्दै आएको थियो। उडान भर्न नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फलाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत ११ मुलुकका कम्पनीहरूले उडान भर्न चासो देखाए पनि पाँच कम्पनी उडान भर्न तयार भएका छन्।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निजी क्षेत्र उत्साहित छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनमा ध्यान दिन सरकारसँग आग्रह गरे। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका बेला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘दिगो रूपमा सञ्चानलमा सम्बन्धित पक्ष गम्भीर हुनुपर्छ।’

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय उडानहरूलाई नियमित र दिगो बनाउनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण सेवासुविधा तत्काल उपलब्ध गराई दिगो सञ्चालनका लागि राज्यका सबै निकाय गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिए।

यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको नेपालकै दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल हो। त्रिभुवन विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पका रूपमा जहाज अवतरण गर्न सकिन्छ। सुरुमा दुई सय ८७ बिघामा सञ्चालित विमानस्थल अहिले आठ सय १० बिगाह क्षेत्रफलमा विस्तार भएको छ। यो विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन्। यो विमानस्थल एसियाली विकास बैंकको सहुलियत ऋणमा विमानस्थल निर्माण भएको हो। यो विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनी करिब २२ किलोमिटरको दुरीमा रहेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस