संक्रमणकालीन न्यायसम्बन्धी आयोगको म्याद एक वर्ष थप
२९ असार २०८१
•
१ मिनेट पाठ
संक्रमणकालीन न्यायसम्बन्धी आयोगको म्याद एक वर्ष थप
फाइल तस्वीर
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुवै आयोगको म्याद थप गर्न बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।




बैठकले स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ र सरकारी कोषको नगद व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरेको छ। २०८० माघ १८ को मन्त्रिपरिषद्को निर्णयअनुसार गठित कार्यदलले पेस गरेको फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदनका सुझावहरू कार्यान्वयन प्रक्रियामा लैजान कानुन  मन्त्रालयमा पठाउने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद् बैठकले देशका विभिन्न स्थानमा वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचयपत्र बनाउन असहज हुने परिस्थिति देखिएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागु नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।  
अर्को समाचार
‘संक्रमणकालीन न्यायदेखि पूर्वाधार विकाससम्म आशावादी’
२५ मंसिर २०८१
•
४ मिनेट पाठ
‘संक्रमणकालीन न्यायदेखि पूर्वाधार विकाससम्म आशावादी’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ताका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु। तस्बिर : रासस
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेकामा नेपाल सरकारलाई बधाई दिँदै यस प्रक्रियामा अगाडि रहेका चुनौतीप्रति सजग गराएका छन्।




‘संक्रमणकालीन कानुन पारित गरेकामा म सरकारलाई बधाई दिन चाहन्छु,’ नेपालको दुईदिने भ्रमणका लागि आएका लुले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मलाई थाहा छ, यस प्रक्रियामा अगाडि धेरै चुनौती छन् तर यसलाई सहमतिमा अनुमोदन गर्नु उत्साहपूर्ण छ। सरकार र प्रतिपक्ष दुवैतर्फका नेता अहिले आयोग गठनमा सँगै क्रियाशील भइरहेका छन्।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी जारी छलफल महत्त्वपूर्ण रहेको बताए। ‘हालै सार्वजनिक आयोग सदस्यहरूको सूचीले छलफललाई पारदर्शिता र समावेशिताको विषयलाई चर्काएको छ,’ उनले भने, ‘नेताहरूले समाजलाई संवादमा सरिक गराउनु र सार्वजनिक सुझावलाई ध्यानमा राख्नु आवश्यक छ। लोकतान्त्रिक प्रक्रियाले विगतका अन्यायलाई सम्बोधन गर्न जिम्मेवारी र निष्पक्षता सुनिश्चित गर्छ।’

भारत र श्रीलंकाको भ्रमणपछि आइतबार नेपाल आइपुगेका लुले विभिन्न नेतासँग भेटवार्ता गरेका छन्। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतसँग उनले सोमबार भेट गरेका हुन्।

यस क्षेत्रको अहिलेको जिम्मेवारीमा रहेर लुले गरेको नेपालको चौथो भ्रमण भए पनि उनी नेपालमा ६ पटक आइसकेका छन्। ‘यो ठाउँमा पहिलो पटक आइपुग्दाको सुखद अनुभूति ममा छ,’ उनले भने, ‘तीस वर्षअघि म एक युवतीसँग भ्रमणमा आएको थिएँ, जो अहिले मेरी पत्नी हुन्। पछि हामी हाम्रा नानीहरूसँग आयौं र पोखराको पदयात्रा र सुन्दर काठमाडौंको अवलोकन गर्‍यौं।’

भ्रमणका क्रममा आफूले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धबारे छलफल गरेको उनले बताए।

यसमा अमेरिकी सहयोग नियोग (एमसिसी) कम्प्याक्टको कार्यान्वयन, युएसएआइडीको कार्यक्षेत्र विस्तार, विकास वित्त सहयोग, लगानी विस्तार र पिसकोर स्वयंसेवी कार्यक्रमबारे छलफल भएको उनले जानकारी दिए। उनले हिन्दकुश पर्वतीय क्षेत्रका निम्ति कार्यरत संस्था इसिमोडलाई नेपाल, भारत र बंगलादेशका महिलालाई हरित अभियान सञ्चालनमा सहयोग पुर्‍याउन ९ लाख अमेरिकी डलर अनुदान सहायता दिने समारोहमा सहभागी हुने सौभाग्य प्राप्त भएको पनि उनले खुलाए।

उनले नेपाल–अमेरिका उच्चस्तरीय संलग्नतामा जोड दिए। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयपछि राजनीतिक परिवर्तन भए पनि उनले विगतमा एसियालाई प्राथमिकतामा राखेका हुँदा त्यसको निरन्तरताप्रति आशावादी रहेको बताए।

‘हाम्रो ७७ वर्ष लामो साझेदारी हाम्रा जनताबिचको न्यानो मित्रतालाई प्रतिबिम्बित गर्दै अझ सुदृढ रहनेछ,’ उनले भने।

तपाईंको भ्रमण दक्षिण एसियाको भूराजनीतिक विकासबाट निर्देशित छ ? भनी सोधिएको प्रश्नमा उनले भने, ‘यो भ्रमण अमेरिकी प्रशासनको संक्रमणको समयमा भएको छ। पेसागत कूटनीतिक व्यक्तिका रुपमा हामीले डेमोक्रेटिक र रिपब्लिकन दुवै प्रशासनमा सेवा गरेका छौं, अमेरिकी विदेशनीतिको त्यही निरन्तरतालाई सुनिश्चित गर्न यो भ्रमण भएको हो।’

भ्रमणका क्रममा आफूहरूले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षबारे कुराकानी गरेको उल्लेख गर्दै लुले आर्थिक विकास, जलवायु संकट समाधान र निजी क्षेत्रसँगको सहकार्यबारे पनि छलफल भएको बताए। ‘उदाहरणका लागि तपाईंका प्रधानमन्त्रीले भर्खरै इलन मस्कसँग टेलिकन्फ्रेन्स गरी नेपालमा सम्भावित अमेरिकी लगानीबारे छलफल गर्नुभएको छ,’ उनले भने।

उनले भूराजनीतिक द्वन्द्वबारे प्रष्ट शब्दमा भने, ‘संयुक्त राज्य अमेरिका नेपालले आफ्ना छिमेकी भारत र चीनका साथै टाढाका साझेदार युरोप, जापान र टर्कीसँग पनि राम्रो सम्बन्ध राख्ने प्रयासको सधैं समर्थन गर्छ। यी सम्बन्धहरू नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको आपसी सम्मानमा आधारित हुनेछन् भन्नेमा हामी पूर्ण विश्वास गर्छौं। नेपाल बाह्य दबाबबेगर आफ्नो निर्णय आफैं गर्न सक्छ।’

अमेरिकाको नयाँ प्रशासनले बाइडेन प्रशासनले जस्तै जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्ला ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘इमानदारीका साथ भन्छु, मसँग यसको प्रस्ट जवाफ छैन। अहिले म बाइडेन प्रशासनलाई प्रतिनिधित्व गरिहेको छु, जसले जलवायु परिवर्तनका समाधानलाई प्राथमिकतामा राखेको छ।’

‘ट्रम्प प्रशासनले विगतमा पेरिस सम्झौताबाट हात झिकेको भए पनि अहिले उनका थुप्रै सल्लाहकारले अन्तर्राष्ट्रिय जलवायु प्रयासको समर्थन गरेका छन्,’ उनले भने, ‘नेपाल र दक्षिण एसियाले सामना गरेको हिमताल पग्लिने र चर्को गर्मी यथार्थ हो। म आशा गर्छु, यसलाई सम्बोधन गर्न अमेरिका सरकार सशक्त साझेदारका रुपमा कायम रहनेछ।’

लुले एमसिसी कम्प्याक्टको प्रगति राम्रोसँग भइरहेको र नेपालमा १० हजार रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे। यसले विद्युत् ट्रान्समिसन लाइन र सडक पूर्वाधार विकासमा मद्दत पुर्‍याउने उल्लेख गर्दै उनले भने, ‘यी परियोजनाले उल्लेख्य आर्थिक लाभ लिनुका साथै वार्षिक १० करोड अमेरिकी डलर भारतमा बिजुली निर्यातबाट प्राप्त गर्न सकिनेछ। यसअघिका राजनीतिक तनाव किनारा लागिसकेका छन् र यसको सकारात्मक प्रभावका लागि नयाँ सहमति भइसकेको छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस