‘नेपालमा एआई: ६ महिनामा नीति, दुई वर्षमा ऐन’
२२ असार २०८१
•
३ मिनेट पाठ
‘नेपालमा एआई: ६ महिनामा नीति, दुई वर्षमा ऐन’
विश्वभर लोकप्रिय हुँदै गएको कृत्रिम बौद्धिकता (एआई) को विकास, प्रयोग र नियमन गर्न तत्काल नीतिगत तथा कानुनी व्यवस्था गर्न आवश्यक रहेको ठहर एक सरकारी प्रतिवेदनको छ।




सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको ‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग तथा अभ्याससम्बन्धी अवधारण–पत्र’मा आगामी ६ महिनामा राष्ट्रिय नीति, एक वर्षमा राष्ट्रिय रणनीति र दुई वर्षभित्र छुट्टै ऐन बनाउन सिफारिस गरिएको छ। छिमेकी मुलुक भारत, चीन र बंगालादेशलगायत विश्वका ६९ देशले कृत्रिम बौद्धिकतासम्बन्धी रणनीति र कानुन तर्जुमा गरे पनि नेपालमा यस प्रकारको व्यवस्था छैन। प्रतिवेदनले ढिलै भए पनि नीति, रणनीति र ऐन चाहिने आत्मबोध गरेको छ, जसलाई सकारात्मक पक्ष मानिएको छ।

अर्थतन्त्र र सामाजिक जीवनसमेत प्रभावित पार्न सफल तथा दिनानुदिन लोकप्रिय हुँदै गएको एआई प्रविधिका विषयमा नेपालले पहिलोपटक अवधारणा बनाएको हो। प्रतिवेदनमा नेपालले यो गम्भीर र महत्त्वपूर्ण विषयलाई उच्च प्राथमिकता दिएर अघि बढ्नुपर्ने र यो प्रविधिमा निहित अवसर र चुनौती पहिल्याउन आवश्यक रहेको औंल्याइएको छ।

एआईको प्रयोग, गोपनीयता र सुरक्षण महत्त्वपूर्ण विषय रहेको चर्चा गर्दै अवधारण–पत्रमा लेखिएको छ, ‘एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिसहित अलग्गै ऐन निर्माण गरी कानुनी आधार तयार गर्नुपर्ने देखिएको छ।’

विश्वव्यापी रूपमा प्रविधि क्षेत्रको ध्यान एआईको अनुसन्धान र उत्पादन विकासमा केन्द्रित भएका बेला यसको व्यवस्थित प्रयोग र उपयोगबाट नेपाल टाढा रहन नसक्ने भन्दै अवधारण–पत्रमा लेखिएको छ, ‘प्रथमतः सरकारले एआईसम्बन्धी नीति, कानुन र कार्यविधि निर्माण गर्नुपर्ने हुन्छ। साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने हुन्छ।’

यसैगरी यो प्रविधिको नियमन र व्यवस्थापन गर्न छुट्टै संरचना निर्माण गर्न र एआई निर्माणकर्तालाई विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको पालनामा प्रोत्साहन गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ। ‘एआईसम्बन्धी फोकल निकाय हुँदा सम्पूर्ण गतिविधि समन्वयमा सहज हुने भएकाले सूचना प्रविधिको विषयमा एआईको प्रयोग, प्रवर्र्धन, नियमनका लागि विशिष्टीकृत एवं समर्पित निकाय स्थापना गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा लेखिएको छ। पछिल्लो समय नेपालमा पनि एआईको प्रयोगमा बढोत्तरी भैरहेको र केही निजी उद्योग तथा स्टार्टअपहरूले च्याटबोट निर्माण, नेचुरल ल्याङवेज प्रोसेसिङ, मेसिन लर्निङ प्रणालीको विकास गरेका छन्।

तर एआईको प्रयोग, व्यवस्थापन र नियमन कुन निकायले गर्ने भनेर तोकिएको छैन। प्रतिवेदनमा एआईसम्बन्धी एक निर्दिष्ट फोकल निकाय एक वर्षभित्रै स्थापना गर्न सुझाइएको छ। ‘एआईको प्रयोगमार्फत आर्थिक रूपान्तरण, नीतिगत तथा कानुनी व्यवस्थापन र योजना निर्माण गर्न समर्पित निकाय स्थापना गर्नुपर्ने देखिन्छ। यो निकायमा सम्बन्धित सरोकारवाला एवं विज्ञहरू सम्मिलित कार्य समूहको निर्माणसमेत गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा सुझाइएको छ।

स्वास्थ्य र वित्तीय सेवा, कृषि र शिक्षा क्षेत्र, रोग निवारण र उपचार, विश्लेषण, निर्माण तथा उत्पादन, सञ्चार र अनुभव सुधार, सांगठनिक प्रबन्ध, सरकारी सेवा, सामाजिक सुरक्षा, खेलकुद, अनुसन्धान र विकास, पर्यटन लगायत क्षेत्रमा एआइको प्रयोग गर्न सकिने प्रतिवेदनमा भनिएको छ। एआईको विकास, प्रयोग र अनुगमनमा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै यसका लागि आवश्यक मानव पुँजी निर्माणमा सबैको ध्यान जानुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

‘यो प्रतिवेदनलाई वेबसाइट तथा अन्य विविध माध्यमबाट राय सुझाव संकलन गरी थप गर्नुपर्ने विषयहरू यकिन गरी कार्यान्वयनमा लैजान उपयुक्त देखिन्छ,’ प्रतिवेदनको राय छ। ५४ पृष्ठको प्रतिवेदनमा एआइको पृष्ठभूमि, अवधारणा, एआई इकोसिस्टम, एआई आधारभूत सिद्धान्त, दृष्टिकोण, उद्देश्य, विद्यमान अवस्था, नीतिगत व्यवस्था, समस्या र जोखिम, संस्थागत एवं प्रयोगको अवस्था, एआई साक्षरता, अन्तर्राष्ट्रिय अभ्यास र रणनीति लगायत विषयलाई समेटिएको छ।
अर्को समाचार
एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी
२१ मंसिर २०८१
•
२ मिनेट पाठ
एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी
भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश  पछाडि पर्ने भएकोले एआईमा लगानी गर्न ढिलाइ गर्न नहुने बताएका छन्। उनले सूचना प्रविधिको युगमा  मानव जीवनका सबै आयामहरूलाई एआईसँग जोड्न नसकिए पछाडी परिने बताएका हुन्। 




सानेपा ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेजको सभाहलमा कलेजका शिक्षक तथा विद्यार्थीहरूसँगको छलफल कार्यक्रममा भारतको मुम्बईस्थित भिट्टी रिसर्च इन्स्टिच्युटका अध्यक्षसमेत रहेका उनले अहिलेको समय सूचना प्रविधिको युग भएको, मानव जीवनका सबै आयामहरूमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेकोले यस विषयमा नेपालीहरु गम्भीर हुन सुझाए।

संसारका प्रायः सबै ठूला उद्योगहरू एआईकै माध्यमबाट चुस्त हुँदै गएका छन्, उनले भने, एआईको दौडमा जित्ने देशले संसारलाई नै आफ्नो अधिनमा राख्ने तथ्यलाई मध्यनजर गर्दै अमेरिका र चीनले वार्षिक खर्बौं डलर लगानी गरिराखेका छन्।भारतले एआईमा लगानी बढाउन शुरू गरिसकेकोले नेपाल यस विधामा पछाडि पर्न नहुने उनको सुझाव छ।

एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र सुचना प्रविधिका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कलेजको पढाइकै क्रममा एआईको सिप विकासमा जोड दिन र अन्तिम वर्षको फाइनल प्रोजेक्टमा एआईलाई समाहित गर्न सुझाव दिए। एआईको तीव्र विकासको तीन मुल चरणहरू रहेको र हाल भारत र नेपाल जस्ता देशहरू एआई विकासको प्रारम्भिक चरणमै रहेको तथ्यमाथि प्रकास पारे। 

उनले अमेरिका र चीन एआई विकासको मध्यम चरणमा लागिरहेको जानकारी पनि गराए। एआई प्रयोगको लागि भौतिक तथा मानव संसाधनको पर्याप्त पूर्वाधारहरू नभएका देशहरूमा विदेशी लगानी आउने संभावना न्युन हुँदै गइरहेकाले सरकारले भौतिक पूर्वाधारको विकासमा तथा एभरेष्ट इन्जिनियरिङ कलेज जस्ता संस्थाहरूले एआई प्रयोग गर्न सक्षम मानव संसाधनको विकासमा जोड दिनुपर्ने धारणा उनले राखे।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस