फेरी खुल्यो शरणार्थी प्रकरणको फाइल, थप ‘हाई–प्रोफाइल’ नेक्सस खुल्ला ?
१६ असार २०८१
•
५ मिनेट पाठ
फेरी खुल्यो शरणार्थी प्रकरणको फाइल, थप ‘हाई–प्रोफाइल’ नेक्सस खुल्ला ?
प्रहरीले हाई–प्रोफाइल व्यक्तिहरू मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल एकवर्षपछि फेरी खोलेको छ। जिल्ला प्रहरी परीसर काठमाडौंले दुईजना फरार अभियुक्त पक्राउ गरेर एकवर्षपछि दोस्रोपटक फाइल खोलेको हो।




पक्राउ पर्नेमध्ये एक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक छन्। प्रतीक बुबा गृहमन्त्री हुँदा स्वकीय सचिव थिए। अघिल्लो पटककै अनुसन्धानमा प्रहरीले उनको संलग्नता पाएको थियो।

उक्त कुराको समाचार बाहिरिएपछि अनुसन्धानलाई सघाउन आफू तयार रहेको भन्दै विज्ञप्ति समेत निकालेका थिए। जब प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो। त्यसपछि भने उनी फरार भए।

यस दौरानमा उनी नेपाल र भारत ओहोर–दोहोर गरिरहेको प्रहरी स्रोतले बतायो। शुक्रबार उनी बौद्धमा रहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रतीकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गर्ने काठमाडौं प्रहरीको तयारी छ।

‘उहाँविरुद्ध पहिले नै अनुसन्धानमा धेरै कुरा खुलिसकेको छ। अभियोजन पनि भइसकेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त रजौरेले भने, ‘अदालतको आदेशअनुसार थप प्रक्रिया अगाडि बढ्छ।’

पक्राउ पर्ने अर्का व्यक्ति बेचन झा हुन्। उनलाई पश्चिमी सीमाना कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी स्रोत बताउँछ। उनी यो प्रकरणमा देखिएका एक शंकास्पद् पात्र रहेको प्रहरीस्रोत बताउँछ। झाले गिरोहका एकजना सदस्य रामशरण केसीसँग दुई करोडको चेक लिएको पाइएको छ। केसीले मुख्य योजनाकार सानु भण्डारीले भनेअनुसार हिमालयन बैंकको चेक झालाई प्रहरीसँगको बयानमा भनेका छन्।

उक्त रकम झाले शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्बाट ‘आवश्यक निर्णय गराउन’ भनेर बुझेको अनुसन्धान अधिकारीहरूले बताउने गरेका छन्। उक्त कुरा मुख्य योजनाकार सानु भण्डारीले नै भनेका छन्। अघिल्लो अनुसन्धान झाको त्यसभन्दा बढी पहिचान खुलेको थिएन।

उनको ठेगानासमेत स्पष्ट हुननसक्दा प्रहरीले अदालतसमक्ष सोही व्यहोरा राखेको थियो। जिल्ला अदालत, काठमाडौंले उनी पक्राउ परेका बखत थप अनुसन्धान गर्न प्रहरीलाई सहमति दिएको थियो। यसपटक झा पक्राउ परेसँगै आइतबार उनलाई अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ।

नयाँ नेक्सस खुल्ला ?

प्रतीक र बेचन पक्राउ परेपछि शरणार्थी प्रकरणमा थप ‘हाई–प्रोफाइल’ को संलग्नता खुल्ने आशा प्रहरीलाई छ। ‘उनीहरूलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार प्रहरीसँग छ। त्यही भएकाले नै अदालतले पक्राउ पुर्जी दिएको हो,’ प्रहरी प्रधान कार्यालयका एकजना वरिष्ठ अधिकृतले भने,‘थप उहाँहरूको सम्बन्ध, विगतको पोजिसन र यो प्रकरणमा खेलेको भूमिका केही अगाडिसम्म लैजानसक्ने पर्याप्त सम्भावना देखिन्छ नै।’

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकले शरणार्थी प्रकरणमा संलग्नताको पर्याप्त प्रमाण नै नरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउने गरेका छन्। सोही प्रकरणमा ठगिएका एक पीडितले गरेको जाहेरीमा नै मुख्य योजनाकार केशवप्रसाद दुलालसँग प्रतीक एक रेष्टुरेन्टमा बसेको अवस्थामा भेटिएका थिए।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा भएको छलफलमा प्रतीकले ‘काम अगाडि बढ्छ, पैसा जम्मा गर्नुस् भनेर’ समेत भनेको जाहेरीमा उल्लेख छ। थापाले भनेअनुसार नै पैसा दिएको जाहेरीमा उल्लेख छ।

अर्का मुख्य योजनाकार सानु भण्डारीले प्रतीकले भनेअनुसार नै उनकी आमा नैनकला थापालाई पैसा दिएको वयान नै दिएका छन्। तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीकमात्र होइन्, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरजको समेत शरणार्थी प्रकरणमा संलग्नता खुलेको थियो। सल्लाहकार राई पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन्। छोरा निरज भने अझै पनि फरार छन्।

उनीहरूले तत्कालीन गृहमन्त्री थापाको सचिवालयमै बसेर शरणार्थी प्रकरणमा काम गरेको पाइएको अनुसन्धान अधिकारी बताउँछन्। यस्तोमा तत्कालीन गृहमन्त्री थापा भने अहिलेसम्म जोगिएका छन्। उनीविरुद्ध हालसम्म कुनैपनि बलियो प्रमाण फेला नपरेको प्रहरीको दाबी छ।

अहिले प्रतीकको पक्राउले उनको समेत ‘नेक्सस कनेक्सन’ पाइनसक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन्। उता बेचनले मन्त्रीपरिषद्मा निर्णय नै गराउने भनेर दुई करोड लिएको प्रहरीले भेट्टाएको छ।

प्रहरीसँगको बयानमा रामशरण केसीले ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ।’ भनेका छन्।

केसीले बुझाएको चेकको फोटो समेत प्रहरीले फेला परेको छ। बेचन पक्राउ पर्दा मन्त्रिपरिषद्का तत्कालीन सदस्यसँग कुनै सम्बन्ध भए/नभएको विषयमा प्रहरीले अनुसन्धान गर्नसक्ने देखिन्छ।

‘बेचनलाई गिरोहले त्यत्तिकै त्यत्रो रकम दिएको होइन भन्नेमा प्रहरी ढुक्क छ। उनको सम्बन्ध कुनै न कुनै भिभिआइपीसँग भएकैले उनीहरूले विश्वास गरेर रकम दिएको हो,’ अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकारी भन्छन्,‘पक्राउ परेर आफू फँस्ने अवस्था आए केही कुरा ओकल्नसक्छन्।’

दुवैजनासँग थप अनुसन्धान हुँदा केही न केही नयाँ नेक्सस खुल्ने आशा प्रहरीलाई भएपनि राजनीतिक स्तरबाट आउनसक्ने सम्भावित दबाब भने चिन्ताको विषय रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीका सह–प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारी भने यो अर्को चरणको अनुसन्धान नभएको बताउँछन्। ‘यो अघिल्लो पटकको अनुसन्धानको निरन्तरता नै हो। जसको मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ,’ उनले भने,‘अघिल्लो पटक अनुसन्धान गर्दा पक्राउ परेका व्यक्तिहरू फरार थिए। अहिले पक्राउ परे। अब उनीहरूसँग पनि अनुसन्धान गरेर सोही मुद्दाकै अंगका रुपमा अदालतमा प्रस्तुत हुन्छ।’

उनीहरूसँग अनुसन्धानबाट खुल्ने नयाँ नेक्ससहरूलाई पनि अनुसन्धान गरेर अभियोजन गर्ने प्रक्रियामा प्रहरी जाने उनले बताए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२० मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस