बेलौरीवासीको दुखेसोः चार दशकमा पनि बनेन कलुवापुर-बेलौरी सडक
१२ असार २०८१
•
३ मिनेट पाठ
बेलौरीवासीको दुखेसोः चार दशकमा पनि बनेन कलुवापुर-बेलौरी सडक
कञ्चनपुरको कलुवापुर-बेलौरी सडक। फाइल तस्बिर
कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्यो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थितिमा भएको सो कार्यक्रममा स्थानीयवासीले प्रहरीसितका गुनासाभन्दा पनि दक्षिण क्षेत्रको विकास एवं लामो समयदेखि ओझेल परेको बेलौरी छोटी भन्सार स्तरोन्नतिसम्मका माग प्रमुख जिल्ला अधिकारीसमक्ष राखेका थिए।




‘प्रतिनिधिसभा सदस्यदेखि नगरप्रमुखसम्मलाई ४० वर्षदेखि नबनेको सडकका विषय पटक–पटक आग्रह गर्दा पनि अझै कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्र भएन’, स्थानीय नागरिक अगुवा केशवराज जोशीले भने, ‘बेलौरी छोटी भन्सारको जग्गामा भएको झाडी सरसफाइ गर्दा हामीले वन मुद्दा खेप्नुपरेको पीडा छ।’

सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ। उनले २०१९ सालमा स्थापना भएको छोटी भन्सार कैलाली भन्सार मातहत राखेर सञ्चालनमा ल्याइए पनि प्रधानमन्त्रीस्तरसम्म सो विषय उठान गर्दा दक्षिण क्षेत्रका नागरिकले आश्वासनमात्र पाएको बताए।

उनले जिल्ला सदरमुकाम जान छोटो पर्ने बेलौरी–कलुवापुर खण्ड चार दशकदेखि ठेक्का हुँदै आए पनि अझै कालोपत्र पूरा हुन नसकेको बताए। इलाका प्रहरी कार्यालय बेलौरीको संयोजनमा भएको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय प्रकाशराज पन्तले दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत पचुई क्षेत्रमा भारतीय अवरोधले कालोपत्र हुन नसकेको बताए।

‘पचुई क्षेत्रको कालोपत्र निर्माणमा भारतीय पक्षसित पहल गर्न स्थानीय प्रशासनसित आग्रह गर्दछु’, उनले भने, ‘बेलौरी–कलुवापुर खण्डअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणमा बाधा पुर्याएको छ।’

त्यसैगरी स्थानीयवासी गोविन्द सापकोटाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रणलगायत शान्ति सुरक्षामा प्रहरी प्रशासनले सक्रियता बढाएको बताए।

‘बेलौरी छोटी भन्सार व्यवस्थापन गर्न पाए खुला सीमानाकाबाट हुने अवैध गतिविधि पनि एक हदसम्म कम हुने थिए’, उनले भने, ‘जिल्लाको पुरानो सदरमुकाम भए पनि यहाँ हरेक दृष्टिकोणले पछि पारिएको छ।’ पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बढाइएको उपस्थितिले सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत्याभूति पाएको सापकोटाको भनाइ थियो।

त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई राज्यले दिएको कर्तव्य पालना गरिरहेको बताए। ‘सीमामा कडाइ भयो भन्ने छ तर त्यो होइन’, सशस्त्र प्रहरी उपरीक्षक चन्दले भने, ‘हामीले कर्तव्य पालना गरेको हो, कडाइ होइन।’

उनले आम नागरिकलाई नभई गलत मनसाय राखेर काम गर्नेहरूका लागि कडाइ गरिएको बताए। ‘तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय भएर लागेको छ’, उनले भने, ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणदेखि सीमारक्षाका लागि हाम्रो सक्रियता बढ्दै गएको छ।’

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले नागरिक प्रहरीको आँखा भएको बताउँदै तस्करी नियन्त्रण तथा लागुऔषध न्यूनीकरणका लागि सबैको भूमिका आवश्यक रहनेमा जोड दिए।

‘समाजमा खटिरहँदा प्रहरी कर्मचारीबाट गलत नियतका साथ मुनाफा लिने गरेको प्रमाण दिनुस् म कारबाहीको दायरामा ल्याउँछु’, उनले भने, ‘नेपाल–भारत सीमा क्षेत्रमा हुने हरेक गतिविधिमा प्रहरीले निगरानी बढाइरहँदा त्यसमा स्थानीयको पनि साथ र सहकार्य चाहिन्छ।’ कार्यक्रममा प्रजिअ सापकोटाले प्रहरी र नागरिकबीच सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिए। 

‘आपराधिक गतिविधिदेखि लागुऔषध नियन्त्रणमा सूचना र समन्वय आवश्यक पर्छ’, उनले भने, ‘कानुनको पालना सबैले गर्नुपर्छ, सरकार अभिभावकसँगै नियमनकर्ता पनि हो।’ 

कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विक, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमखु प्रहरी निरीक्षक गौरीप्रसाद जैसीलगायतको सहभागिता थिो।-रासस
अर्को समाचार
कञ्चनपुरमा ग्याङ्ग फाइट, एकजना गम्भीर घाइते
०१ जेष्ठ २०८१
•
१ मिनेट पाठ
कञ्चनपुरमा ग्याङ्ग फाइट, एकजना गम्भीर घाइते
कञ्चनपुरको एक होटलमा युवाहरुबीच एकआपसमा झगडा हुँदा एकजना गम्भीर घाइते भएका छन्। 




जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरको सौर्य मम एण्ड सेकुवा सेन्टरमा सोमबार राति ग्राहक बनेर होटल पुगेका युवाहरुबीच एकआपसमा झगडा हुँदा भीमदत्त–१८ का २८ वर्षिय ओम जोशी घाइते भएका छन्। 

मदिरा पिएर एक आपसमा झगडा हुँदा जोशी घाइते भएका हुन्। जोशीलाई होटलको माथिल्लो तलाबाट धकेलेर भुँईमा फालिएको र उनलाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।  घाइते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लगिएको छ।

कुटपिटमा संलग्न फरार तीन जनाको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस्तै,घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भैइरहेको प्रहरीले कञ्चनपुर प्रहरीले जनाएको छ। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस