छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे
०९ असार २०८१
•
१ मिनेट पाठ
छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे
झापाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ। विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स विछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताइन्।




उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ। ‘हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्‍यौँ, उनले भनिन, ‘अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ।’

नगर क्षेत्रमा एक सय ८४  ठूला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक विछ्याउने काम भएको छ। सो अवधिमा विपन्न समुदायका लागि पाँच सय ३७  आवास निर्माण गरिएको पालिकाका योजना अधिकृत जयप्रसाद तिम्सिनाले जानकारी दिए। 

उनका अनुसार पालिकाले तीन वटा झोलेङ पुल, आठ वटा फलामे पुल र दुई सय ३४ किलोमिटर क्षेत्रमा तटबन्धन गरेको छ भने खानेपानीका लागि छ हजार तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरेको छ।

आगामी पाँच वर्षभित्रमा प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासकीय भवन, डोमालाल रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माणको लक्ष्य लिइएको छ। 

नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरेर  सेवा दिइरहेको छ।-रासस
अर्को समाचार
लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे
०७ असार २०७९
•
३ मिनेट पाठ
लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे
विकासको पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गरेको छ। विभागले चालु आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर चालु आव सकिन एक महिना मात्रै बाँकी छ। यो अवधिमा ६ सय किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ।  




यो धेरै वर्षपछिको सबैभन्दा कम प्रगति हो। सडक बनाउने र पुल निर्माण गर्ने विभागको मुख्य काम हो। सरकारले चालु आवमा विभाग मातहत बन्ने आयोजनाका लागि एक खर्ब २९अर्ब रूपैयाँ बजेट दिएको थियो तर आर्थिक वर्ष सकिन तीन साता बाँकी हुँदा विभागले ४१ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गर्न सकेको बताए । ‘निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि र निर्माण व्यवसायीको कन्स्ट्रक्सन होलिडेको कारणले चालु आवमा सोचेअनुसारको कालोपत्रे गर्ने काम हुन सकेन,’ उनले भने, ‘अहिले मध्यपहाडी र हुलाकी राजमार्गमा फाटफुट रूपमा मात्रै काम भएकाले लक्ष्य अनुसारको काम नहुने लगभग निश्चित जस्तै छ।’  

सडक विभागले चालु आवमा सबै खालका सडक गरेर १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सरकारले चालु आवमा तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेकोमा हालसम्म एक सय १ पुल मात्रै तयार पारेका छन्। चालु आवको अन्त्यसम्म दुई सय पुल निर्माण सम्पन्न हुने अनुमान गरेको छ। महानिर्देशक थापाले चालु आवमा करिब एक सय वटा पुलको सुपर स्ट्रक्चर र रेलिङ लगायतका संरचना निर्माण गर्नुपर्ने भएकाले पनि थप एक सय वटा पुल निर्माण सम्पन्न हुने दाबी गरे।

विभागले चालु आवको अन्त्यसम्म ६० देखि ६५ प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरेको छ। ‘चालु आर्थिक वर्षमा अपेक्षित गतिमा पूर्वाधार निर्माण नहुनुमा मुख्य गरी सरकारले तीन महिनापछि प्रतिस्थापन विधेयक ल्याउँदा बजेट खर्च गर्न समस्या भयो,’ उनले भने, ‘अर्कातर्फ कोभिड १९ को असर कायमै रहनु, रुस र युक्रेनको युद्धका कारणले निर्माण सामग्रीको मूल्य अचाकली वृद्धि र निर्माण व्यवसायीले गत वैशाखदेखि गरेको आन्दोलनकै कारणले गति लिन नसकेको हो।’  

आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्मको अवधिमा भने संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको थियो। सोही अवधिमा पाँच सय ४ किलोमिटर ग्राभेल र दुई सय ८४ किलोमिटर सडक कच्ची सडक निर्माण भएको छ। आथिक सर्वेक्षण प्रतिवेदन अनुसार हालसम्म संघीय सरकार मातहत फागुन मसान्तसम्म कुल १६ हजार ९ सय ३९ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यसैगरी ८ हजार एक सय ११ किलोमिटर सडक ग्राभेल र ८ हजार ८ सय २१ किलोमिटर सडक कच्ची सडक रहेको छ। गत आर्थिक वर्षमा १८२ वटा पुल निर्माण भएका थिए।  

चालु आवको ८ महिनाको अवधिमा भने ८० वटा पुल निर्माण सम्पन्न भएका छन्। चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा प्रादेशिक र स्थानीय स्तरमा सबैखालका गरेर ९ सय २१ किलोमिटर सडक विस्तार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा प्रदेशिक र स्थानीय तहमा ६३ हजार ६ सय ९६ किलोमिटर सडक पुगेको थियो । कोभिड १९ को महामारी बावजुद पनि गत आर्थिक वर्षमा लक्ष्यको ८५ प्रतिशत सडक कालोपत्रे भएको थियो। विभागले आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर विभागले सो अवधिमा ११ सय ९० किलोमिटर सडक कालोपत्रे गरेको थियो।  

विभागले गत आवमा लक्ष्यको ८५ प्रतिशत सडक कालोपत्रे गरेको थियो। विभागले गत आवमा पुँजीगत वार्षिक बजेट (संशोधित) सहित एक खर्ब १८ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। विभागले सो अवधिमा संशोधित बजेटको आधारमा ६६.२७ प्रतिशत मात्रै खर्च गरेको थियो। विभागले वार्षिक लक्ष्यको भौतिकतर्फ ७२.४७ प्रतिशत उपलब्धि हात पारेको थियो।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस