५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्दै अवैध भारतीय विश्वविद्यालय !
०८ असार २०८१
•
५ मिनेट पाठ
५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्दै अवैध भारतीय विश्वविद्यालय !
फाइल तस्बिर
भारतमा विधिवत् दर्ता नभएको एक विश्वविद्यालयले पैसा लिएर ‘मानार्थ पिएचडी(विद्यावारिधि)’ बाँडिरहेको छ। दिल्ली ठेगाना भएको सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी(सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालय) नामको संस्थाले ५१ हजार नेपाली रुपैयाँ लिएर मानार्थ विद्यावारिधि बाँड्न लागेको स्रोतले बतायो।




जसका लागि उसले नेपाल पर्यटन बोर्डको सभाहल बुकिङ गरेको छ। उक्त सभाहलमा शनिबार समारोहको आयोजना गरी ‘इन्टरनेसनल गौरव अवार्ड’ र ‘मानार्थ विद्यावारिधि अवार्ड’ बाँड्ने कार्यक्रम छ।  

पूर्वउपराष्ट्रपति परमानन्द झासमेत रहेको एउटा तस्बिर राखिएको प्रचार सामग्री सामाजिक सञ्जालमा राख्दै उक्त समारोहको प्रचार गरिँदै छ।

कार्यक्रममा ‘इन्टरनेसनल गौरव अवार्ड’ लिन २१ हजार र ‘मानार्थ विद्यावारिधि अवार्ड’ लिन ५१ हजार रकम उठाइएको छ। जसमा ५० जनालाई पुरस्कार प्रदान गर्ने भनि प्रचार गरिएको छ। मानार्थ विद्यावारिधि लिन विभिन्न चर्चित व्यक्तिहरूले समेत पैसा तिरेको स्रोत बताउँछ।

यी अवार्ड थाप्न र विश्वविद्यालयको सदस्यता लिन चार पानाको एक फाराम भराउने गरिएको छ। उक्त फाराम वाट्सएपबाट आवेदककहाँ पुर्‍ याइएको छ भने, वाट्सएप र इमेलमार्फत नै आवेदन संकलन गरिएको छ।  

अनपढलाई पनि मानार्थ पिएचडी ! 

यो विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिने योग्यतामा अनपढले समेत पाउनेगरी बाटो खुला राखेको छ। उक्त विश्वविद्यालयको भनिएको वेबसाइटमा होमपेजमा चारबुँदे योग्यता राखिएको छ। 

पहिलो बुँदामा मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै पनि संकायमा स्नातकोत्तर पूरा गरेको भनेको छ भने, दोस्रो बुँदा स्नातक तह उत्तीर्णको हकमा कम्तिमा पाँचवर्ष कुनै गैह्रसरकारी संस्थाको अनुभव भएको व्यक्ति भनेको छ।  

यस्तै तेस्रो बुँदामा विद्यालय शिक्षा पूरा गरेकाको हकमा गैह्रसरकारी क्षेत्रमा कम्तिमा १० वर्ष अनुभव भएकोले पनि मानार्थ विद्यावारिधि पाउने अवस्था तोकेको छ भने, २० वर्ष समाजसेवाको अनुभव भएको योग्यता नखुल्नेलाई समाज, स्थानीय प्रशासन, प्रदेश सरकार र केन्द्र सरकारले सिफारिस मानार्थ विद्यावारिधि दिने ठाउँ राखिएको छ।

यो कुरा उक्त विश्वविद्यालयको सम्पर्क व्यक्ति भनिएका योगेश कुमार नाम गरेको व्यक्तिले पनि वाट्सएपमार्फत भएको कुराकानीमा स्वीकार गरे। पत्रकारको परिचय नखोली गरिएको कुराकानीमा योग्यतामा जेसुकै लेखिएपनि पैसा तिरेपछि सहजै पाइने उनले बताए।  

‘यो कुनै शैक्षिक डिग्री होइन्, सम्मानको डिग्री हो। हाम्रो नियमअनुसारको पैसा तिरेर फाराम भरेर आए अवार्ड पाइन्छ,’ ती व्यक्तिले भने।

वेबसाइटमा भने मानार्थ विद्यावारिधिलाई ल्याटिन भाषाको ‘होनोरिस कउसा’ भनेर भनिएको छ। जसको व्याख्यामा भनिएको छ, ‘यो एक त्यस्तो शैक्षणिक उपाधि हो, जसको लागि विश्वविद्यालय, संस्थानमा उपस्थित हुनुपर्दैन्। पाठ्यक्रम क्रेडिट, शोध प्रबन्ध र परीक्षा उत्तीर्ण गर्नुपर्ने जस्ता सामान्य आवश्यकता पनि पूरा गर्नुपर्दैन् ।’  

त्यसैमा यो डिग्री सामान्यतयः पिएचडी र मास्टर डिग्रीजस्तै हो। ‘यो यस्तो व्यक्तिलाई प्रदान गर्न पनि सकिन्छ, जसको शैक्षणिक संस्थानसँग कुनै पूर्वसम्बन्ध नभएको होस्। अथवा जसले माध्यामिक शिक्षा पनि प्राप्त नगरेको होस्।’ यो नितान्त सम्मानका लागि भएको त्यहाँ दाबी गरिएको छ।  

वाट्सएप वा टेलिफोन कुराकानीमा ती प्रचारकले अवार्ड लिनेहरू विश्वविद्यालयका स्वतः सदस्य हुने पनि बताएका छन्। यस्तै आजीवन सदस्यताका लागि २० हजार भारतीय रुपैयाँ लाग्ने बताइरहेका छन् । यस्तै नेपालबाट दुईजनालाई  निशुल्क अन्तर्राष्ट्रिय संस्कृति अवार्ड दिने भनेर प्रलोभन दिइरहेका छन्।

विश्वविद्यालयको वैधता छैन

मानार्थ पिएचडी बाँडिरहेको यो विश्वविद्यालय आफै भने अवैध रहेको देखिन्छ। भारतमा पनि वैधताका लागि विश्वविद्यालय हुन विश्वविद्यालय अनुदान आयोगमा दर्ता हुनुपर्ने प्राबधान छ। तर, यो विश्वविद्यालय त्यहाँ दर्ता भएको छैन।

नेपालमा मानार्थ पिएचडी बाँडिरहेको सोक्रेट्स विश्वविद्यालय वेबसाइटमा ‘विश्वविद्यालय प्रख्यात दार्शनिक एथेन्सका सुकरात र भारतका स्वामी विवेकानन्द’को प्रेरणा लिएर स्थापना भएको भनिएको छ ।त्यहिँ दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र सरकार(जिएनसिटी)को भारतीय ट्रस्ट ऐन’ अन्तर्गत दर्ता भएको उल्लेख छ। यस्तै नीति आयोग, आयकर विभाग, साना तथा मझौला उद्योग मन्त्रालय लगायतमा दर्ता भएको भनिएको छ।

नेपालको अनुमतिबिनै कार्यक्रम  

विदेशी संस्थाले नेपालमा कार्यक्रम गर्दा नेपाल सरकारको विषयगत मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। ‘मानार्थ पिएचडी बाँड्ने भन्ने कुरामा शिक्षा मन्त्रालयको स्वीकृति अवश्य आवश्यक हुन्छ,’ शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले भने,‘झन् विदेशी विश्वविद्यालयले नेपालमा आएर कार्यक्रम गर्दा अनिवार्य नै हुने भयो नि।’

तर यो कार्यक्रम आयोजना गर्नका लागि शिक्षा मन्त्रालयबाट अनुमति नलिइएको बुझिएको छ। यस्ता कार्यक्रमहरू मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण महाशाखाले हेर्ने गरेको छ । तर आफ्नो महाशाखाबाट कुनै अनुमति नलिइएको उपसचिव सेमन्तराज कोइरालाले बताए ।  

तर उक्त विश्वविद्यालयको सम्पर्क व्यक्ति भनिएका योगेश कुमारले नेपालमा कानुनी तथा अनुमति प्रकृया ‘राजेन्द्र पाठक’ नाम गरेका अधिवक्ताले पूरा गरेको दाबी गरे। पछि आफू पत्रकार भएको परिचय खोलेपछि भने ती अधिवक्ताको थप परिचय, सम्पर्क नम्बर माग्दा थप प्रतिक्रिया नदिएर सम्पर्कबिहीन भए ।

यता पर्यटन बोर्डमा हल बुकिङ गर्दापनि कुनै आधिकारिक निकायबाट अनुमति लिएको कागजात पेस नगरेको स्रोत बताउँछ। ‘अघिल्लो वर्ष पनि यसले कार्यक्रम गरेको थियो। विश्वविद्यालयजस्तो शैक्षिक संस्थाले गर्ने कार्यक्रम भनेर हामीले भाडा लिएर हल दिएका थियौं,’ बोर्डका एक अधिकृतले भने,‘यसपटक उतै(भारत)बाट वाट्सएपमार्फत धेरैअघि नै हल बुकिङ गरेका छन् । बाँकी कागजात केही पेस भएको छैन ।’  

अघिल्लो वर्ष पनि उक्त विश्वविद्यालयले पर्यटन बोर्डकै हलमा ५० जनासँग पैसा लिएर मानार्थ विद्यावारिधि बाँडेको थियो । जसमा कोको सहभागि थिए ? भनेर प्रस्ट भएको छैन  ।
अर्को समाचार
फ्यान विशेष अफरहरूको साथमा एआई पोट्रेट मास्टर अनर २०० सिरिज नेपाली बजारमा
०९ साउन २०८१
•
१ मिनेट पाठ
फ्यान विशेष अफरहरूको साथमा एआई पोट्रेट मास्टर अनर २०० सिरिज नेपाली बजारमा
प्रिमियम हार्कोर्ट पोट्रेटका लागि प्रख्यात अनर २०० सिरिज अब खरिदका लागि नेपाली बजारमा उपलब्ध छ। सेल्ट्रोन नेपालले अनर २०० सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ । सामान्य लन्चको सट्टा धेरै आश्चर्यजनक अफरहरूको साथमा नेपालभरि बुधबारदेखि उपलब्ध भएको छ।




यसले अनर च्वाइस वाच, च्वाइस एअरबड्स×५ र सबै उपहारहरूसहित सात दिनसम्म प्रि–बुकिङ प्रदान गर्दै आएको थियो भने आफ्ना फ्यानहरूको अनुरोधका कारण अनर नेपालले प्रि–बुकिङपछि पनि यी उपहारहरू उपलब्ध गराउने  भएको छ। यो अफर २४ जुलाईदेखि ३१ जुलाईसम्म कायम रहने छ।

अनर २०० सिरिजले पेरिसको सबैभन्दा महँगो र कालातित स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ, जसमा एउटा फोटोसुटका लागि २००० युरो लागत पर्दछ। यस सहकार्यबाट अनरले तीनवटा हार्कोर्ट पोट्रेट मोडको साथमा उत्कृष्ट एआई पोट्रेट प्रदान गर्न सक्षम हुनेछ।

अनर २०० सिरिजमा ५० एमपी पोट्रेट मुख्य क्यामेरा छ जुन उन्नत हार्डवेयर र एआई सञ्चालित सफ्टवेयरले सुसज्जित छ। जसले कुनै पनि प्रकाश अवस्थाहरूमा आश्चर्यजनक तस्बिरहरू खिच्दछ। सुपर डायनामिक एच ९००० सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्दछ।

थप रूपमा ५० एमपी पोट्रेट टेलिफोटो क्यामेरा, अनुकूलित सोनी सेन्सरद्वारा सञ्चालित, टाढाका विषयहरूको स्पष्ट र विस्तृत सटहरू सुनिश्चित गर्दछ। अगाडि भने ५० एमपी सेल्फी क्यामेरा उपलब्ध छ।

अनर २०० र २०० प्रो, ५२०० mAh सिलिकनकार्बन ब्याट्रीले भरिएको छ जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम बनाउँछ। दुवैले १०० वाट चार्जिङ समर्थन गर्दछ भने २०० प्रो ले ६६ वाटको वायरलेस चार्जिङलाई पनि समर्थन गर्दछ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस