काठमाडौं महानगरमा केको ‘धङधङी’?
०५ असार २०८१
•
३ मिनेट पाठ
काठमाडौं महानगरमा केको ‘धङधङी’?
काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक आइतबार सुरु भएको केही समयमै स्थगित भयो। नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बैठक सुरु हुनासाथ बहिष्कार गरेको भन्दै असार १० गतेसम्मका लागि मेयर बालेन्द्र (बालेन) साहले बैठक स्थगित भएको घोषणा गरे।




लगत्तै साहले सामाजिक सञ्जालमार्फत एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनीसमेत दिए। ‘तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो। काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला,’ फेसबुकमा साहले लेखेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन।’

साहले प्रयोग गरेको ‘धङधङी’ शब्दको निकै चर्चा चलेको छ। नेपाली शब्दकोशमा धङधङीको अर्थ रोग तथा नसाको मस्तिष्कमा प्रभाव अथवा अघिल्लो दिनको मातको अवशेष भन्ने उल्लेख छ। कसैले यसलाई मेयर साहले दाबी गरेजस्तै ‘दल’को धङधङीका रूपमा लिएका छन् त कसैले मेयरको एक्लै अगाडि बढ्ने धङधङीका रूपमा लिएका छन्।

‘चुनाव जुनसुकै पार्टीबाट जिते पनि जनप्रतिनिधि सबैको हुनुपर्ने हो। जनताका पक्षमा र विकासको अभियानमा पार्टीको राजनीति गर्नु दुर्भाग्य हो,’ सामाजिक सञ्जालमा शिरीष देवकोटा लेख्छन्, ‘सुन्दर काठमाडौं बनाउने यो दुर्लभ र ऐतिहासिक अभियानमा सबैले साथ दिनु श्रेयष्कर छ।’

देवकोटाले मेयरको पक्षमा आफ्नो धारणा राखे पनि कतिपयले भने नेतालाई गाली गरेर मात्र नबस्न साहलाई सुझाएका छन्। ‘आज त्यति शब्द लेख्न र जसरी पनि बोल्न छुट दिने प्रजातन्त्रले हो। त्यो प्रजातन्त्र ल्याएर यति स्वतन्त्र बनाउने तिनै कांग्रेस र एमाले हुन्,’ सामाजिक सञ्जालमा शिवकुमार शर्मा लेख्छन्, ‘त्योभित्र केही पात्र खराब होलान् तर बहुदलको कुनै विकल्प खोज्न सकिन्न!’

के भएको थियो आइतबारको बैठकमा?

बैठक सुरु हुनासाथ महानगर प्रमुख साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। लगत्तै कांग्रेस र एमालेका केही जनप्रतिनिधि सभा हलबाट उठेर गए। केही समयपछि मेयर बालेनले नगरसभा बैठक स्थगित भएको घोषणा गरे।

न्युरोडको नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेको कुरा बाहिरिएको थियो।

तर महानगर वडा ३२ का अध्यक्ष चिनकाजी महर्जनले भने आफूहरूले बैठक बहिष्कार गरेको नभई दलहरूको कुरा मान्न तयार नभएर मेयर साहले स्थगन गरेको आरोप लगाएका छन्।

‘वडा १५ का अध्यक्ष इन्द्रमान डंगोल (नेकपा एस), १७ का नवीन मानन्धर (कांग्रेस) र ३२ का नवराज पराजुली (एमाले) एकै ठाउँमा बसेर नीति तथा कार्यक्रमको विषयमा साझा धारणा बनाउँदै हुनुहुन्थ्यो,’ महर्जनले भने, ‘तर मेयरले समय छैन भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो।’

समाचारहरूमा बहिष्कार गरेको कुरा आए पनि आफूहरूले त्यसो नगरेको वडाध्यक्ष महर्जनले बताए। बैठक स्थगित हुँदा आफ्ना कुरा राख्न नपाइएको गुनासो उनले गरे। बैठक स्थगनपछि मेयर साहले सामाजिक सञ्जालमा राखेको स्टाटसका बारेमा पनि महर्जनले आपत्ति जनाए। ‘राजनीतिक दलप्रति मेयरको केको धङधङी हो,’ उनले भने, ‘देशमा लोकतन्त्र ल्याउने दलप्रति किन त्यत्रो पूर्वाग्रह?’
अर्को समाचार
काठमाडौं महानगरमा केको ‘धङधङी’?
०५ असार २०८१
•
३ मिनेट पाठ
काठमाडौं महानगरमा केको ‘धङधङी’?
उपेन्द्र लामिछाने  




काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक आइतबार सुरु भएको केही समयमै स्थगित भयो। नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बैठक सुरु हुनासाथ बहिष्कार गरेको भन्दै असार १० गतेसम्मका लागि मेयर बालेन्द्र (बालेन) साहले बैठक स्थगित भएको घोषणा गरे।

लगत्तै साहले सामाजिक सञ्जालमार्फत एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनीसमेत दिए। ‘तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो। काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला,’ फेसबुकमा साहले लेखेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन।’

साहले प्रयोग गरेको ‘धङधङी’ शब्दको निकै चर्चा चलेको छ। नेपाली शब्दकोशमा धङधङीको अर्थ रोग तथा नसाको मस्तिष्कमा प्रभाव अथवा अघिल्लो दिनको मातको अवशेष भन्ने उल्लेख छ। कसैले यसलाई मेयर साहले दाबी गरेजस्तै ‘दल’को धङधङीका रूपमा लिएका छन् त कसैले मेयरको एक्लै अगाडि बढ्ने धङधङीका रूपमा लिएका छन्। ‘चुनाव जुनसुकै पार्टीबाट जिते पनि जनप्रतिनिधि सबैको हुनुपर्ने हो। जनताका पक्षमा र विकासको अभियानमा पार्टीको राजनीति गर्नु दुर्भाग्य हो,’ सामाजिक सञ्जालमा शिरीष देवकोटा लेख्छन्, ‘सुन्दर काठमाडौं बनाउने यो दुर्लभ र ऐतिहासिक अभियानमा सबैले साथ दिनु श्रेयष्कर छ।’  

देवकोटाले मेयरको पक्षमा आफ्नो धारणा राखे पनि कतिपयले भने नेतालाई गाली गरेर मात्र नबस्न साहलाई सुझाएका छन्। ‘आज त्यति शब्द लेख्न र जसरी पनि बोल्न छुट दिने प्रजातन्त्रले हो। त्यो प्रजातन्त्र ल्याएर यति स्वतन्त्र बनाउने तिनै कांग्र्रेस र एमाले हुन्,’ सामाजिक सञ्जालमा शिवकुमार शर्मा लेख्छन्, ‘त्योभित्र केही पात्र खराब होलान् तर बहुदलको कुनै विकल्प  

खोज्न सकिन्न ! ’  

के भएको थियो आइतबारको बैठकमा ?  

बैठक सुरु हुनासाथ महानगर प्रमुख साहले आर्थिक वर्ष २०८१÷८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। लगत्तै कांग्रेस र एमालेका केही जनप्रतिनिधि सभा हलबाट उठेर गए। केही समयपछि मेयर बालेनले नगरसभा बैठक स्थगित भएको घोषणा गरे।  

पृष्ठ १ बाट

न्युरोडको नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेको कुरा बाहिरिएको थियो।  

तर महानगर वडा ३२ का अध्यक्ष चिनकाजी महर्जनले भने आफूहरूले बैठक बहिष्कार गरेको नभई दलहरूको कुरा मान्न तयार नभएर मेयर साहले स्थगन गरेको आरोप लगाएका छन्। ‘वडा १५ का अध्यक्ष इन्द्रमान डंगोल (नेकपा एस), १७ का नवीन मानन्धर (कांग्रेस) र ३२ का नवराज पराजुली (एमाले) एकै ठाउँमा बसेर नीति तथा कार्यक्रमको विषयमा साझा धारणा बनाउँदै हुनुहुन्थ्यो,’ महर्जनले भने, ‘तर मेयरले समय छैन भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो।’

समाचारहरूमा बहिष्कार गरेको कुरा आए पनि आफूहरूले त्यसो नगरेको वडाध्यक्ष महर्जनले बताए। बैठक स्थगित हुँदा आफ्ना कुरा राख्न नपाइएको गुनासो उनले गरे। बैठक स्थगनपछि मेयर साहले सामाजिक सञ्जालमा राखेको स्टाटसका बारेमा पनि महर्जनले आपत्ति जनाए। ‘राजनीतिक दलप्रति मेयरको केको धङधङी हो,’ उनले भने, ‘देशमा लोकतन्त्र ल्याउने दलप्रति किन त्यत्रो पूर्वाग्रह ?’

रररर

रर
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस