बकर ईदका अवसरमा मुस्लिम महिलाले कपिलवस्तुमा सामुहिक नमाज पढेका छन्। एक आपसमा शुभकामना साटासाट गरी मस्जिदमा गएर उनीहरुले सामुहिक नमाज पाठ गरेका हुन्। कपिलवस्तु नगरपालिका– १ नयाटोलकी अकालमुन निशाले सोमवार बिहान आफन्तसँगै छोटकी तौहिलवास्थित ईमाम अकहमद बिन हम्बल मस्जिदमा पुगेर बिशेष नमाज पढिन्।
उनी परिवारका अन्य सदस्यहरुसँगै बिहानै त्यहा पुगिन्। बुर्का लगाएर गएकी उनले मस्जिमा रहेका महिलाहरुसँगै आधा घण्टासम्म पाठ गरिन्। आफुले हरेक बर्षको ईद र बक्राईदमा परिवारका अन्य सदस्यहरुसंगै मस्जिदमा नवाज पढने गरेको मस्जिदबाट घर फकिर्ने क्रममा उनले बताइन्।
‘घर परिवार र आफन्तसँगै सँगै मस्मिदमा सामुहिक नवाज पढ्दा खुशी लाग्छ,’ उनले भनिन् ‘त्यसरी नवाज पढ्दा छुट्टै आनन्द मिल्छ, यसबाट अल्लाहबाट धेरै बरकत समेत पाईन्छ जस्तो महसुल हुुन्छ।’ यस्तै बिहान ७ बजे देखि सामुहिक नमाज पढने कार्यक्रम भए पनि एकघण्टा अघि नै कपिलवस्तु नगरपालिका-६ तिलौराकोटकी साकिरा खातुुन छोटकी तौलिहवाको मस्जिदमा पुगिन्। आफन्तसँगै त्यहाँ पुगेर सामुहिक नमाज पाठ गरेकी उनले पनि आफुलाई बक्राईद ईदका दिन त्यसरी मस्जिदमा पाठ गर्न पाउँदा निकै खुशी लाग्ने गरेको बताइन्।
‘साच्चिकै पबित्र दिनमा मस्जिदमा सामुहिक पाठ गर्दा धेरै रमाईलो लाग्छ। ’ त्यहाको मस्जिदमा २ सय बढी महिलाहरुले सामुहिक पाठ नमाज पढेका थिए। छोटकी तौलिहवाको मस्जिदमा पुरुष र महिला दुबैले सामुहिक पाठ गरेका थिए। त्यसका लागि मस्जिमदमा रहेको कोठाको बिच भागमा पर्दा लगाइएको थियो। एकतिर पुरुषहरु र अर्कातिर महिलाहरु बसेर सामुहिक पाठ गरेका थिए।
अहिले हदिफ समुदायका महिलाहरुले मस्जिदमा सामुहिक प्रार्थना गर्न पाउने कृष्णनगरका मौलाना महसुद नेपालीले बताए। हदिफ समुदायका महिलाहरुलाई मस्जिदमा सामुहिक नवाज पढने अधिकार रहेको उनले बताए। कृष्णनगर, भैसकुण्डा, नन्दनगर, अभिराव लगायतका ईदगाहामा समेत महिलाहरुले सामुहिक नमाज पाठ गरेका गरेका हुन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल-अजहा) को अवसरमा आज शुभकामना सन्देश दिंदै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति समुदायका पर्व, संस्कृतिको जगेर्नाबाट एकापसमा सद्भाव तथा भ्रातृत्व कायम भई सामाजिक एकता अभिवृद्धि हुने उल्लेख गरे।
‘हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ, यिनै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको छ’, अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ।
पारिवारिक मिलनको पर्व बकर इदका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीको शुख, शान्ति र प्रगतिको कामना गर्दै उनले नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीको अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा जोड दिए।
नेपाली समाजलाई एकताबद्ध गरी एकापसमा पारस्परिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला र संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने शुभकामना सन्देशमा उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...