टेम्केमैयुङमा वृद्धावृद्धको सम्मानमा नागरिक प्रतीक्षालय
२९ जेष्ठ २०८१
•
२ मिनेट पाठ
टेम्केमैयुङमा वृद्धावृद्धको सम्मानमा नागरिक प्रतीक्षालय
अन्नपूर्णमा प्रतीक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ। वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो।टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो। बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म २२ लाख खर्च भएको छ।




भवनको ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उनले बताए।

‘हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरूप प्रतीक्षालय भवन निर्माण गरिरहेका छौं’, उनले भने, ‘हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौं।’

भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैंचा लगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भने।

ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरूको सीप अनुभव नयाँ पुस्तासम्म पुर्‍याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए।

‘ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुसरण गर्न आवश्यक छ। ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ।’

वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरूप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताए। ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उनको भनाइ छ। यहाँ आएर भलकुसारी गर्दै दिन कटाउने मेलो हुने उनी बताउँछन्।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उनी बताउँछन्। ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन्।
अर्को समाचार
प्रथम अन्नपूर्ण हिमाल पहिलोपटक आरोहण गरेका हर्जोगका छोरा माथिएस नारच्याङमा
०९ कार्तिक २०८१
•
२ मिनेट पाठ
प्रथम अन्नपूर्ण हिमाल पहिलोपटक आरोहण गरेका हर्जोगका छोरा माथिएस नारच्याङमा
फ्रान्सेली नागरिक माथिएस हर्जाेग अन्नपूर्ण प्रथमको पदयात्राका लागि नारच्याङ आइपुगेका छन्। पहिलोपटक उनका बुबा मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्राका लागि उनी नारच्याङ पुगेका हुन्।




म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर) को नारच्याङ हुदै आधार शिविरसम्म पुगेर मौरिस हर्जोगले हिमाल आरोहणको क्रममा यात्रा गरेको क्षेत्रको अवलोकन गर्ने अभियान्ता तेज गुरुङले बताए।

‘उहाँ नारच्याङ आउनुभएको छ, भोलि हामी आधारशिविर तर्फ जान्छौ, उहाँलाई हामीले थाहा पाएका सबै सुनाउँछौ’ गुरुङले भने। सडक सञ्जाल र पैदलयात्रकाको क्रममा मुस्ताङतर्फबाट आउने पुरानो पदमार्ग सहित बसेका स्थान र आरोहण गरी फर्किएका सबै जानकारी लिन हर्जोगका छोरा माथिएस निकै उत्साहित देखिएका छन्।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको हर्जाेगले सफल आरोहण नै पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको थियो। हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने सालिक समेत राखिएको छ।

अन्नपूर्ण हिमालमा मानव पाइला पुगेको ३ वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो। यसबर्ष माथिएस हर्जाेग ‘अन्नपूर्ण डे’मा सहभागि हुन पोखरा आएका थिए। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ।

बुबा पुगेको चुचुरोमा जान नसकेपछि फेँदीसम्म जाने योजनालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले भरपुर साथ दिने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। ‘प्रथम अन्नपूर्णसम्म पुग्ने सबै तयारी पूरा भएको छ, अब हामीले उहाँबाट प्रर्बधनमा समेत सहकार्य गछौं’ अध्यक्ष पुनले भने।

गाउँपालिकाले यो भ्रमणलाई थप उपलब्धीका रुपमा लिएको छ। माथिएस यसअघि ३० वर्ष अघि नेपाल आएका थिए। दसैँतिहारको बिदामा अहिले म्याग्दीमा भित्रिने स्वदेशी पर्यटकको सबैभन्दा उत्कृष्ट गन्तव्य अन्नपूर्ण हिमाल रहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस