विपत् पूर्वतयारीमा मौन संसदीय समिति
२८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
विपत् पूर्वतयारीमा मौन संसदीय समिति
यसपालि मनसुनले सरदर भन्दा बढी पानी पार्ने पूर्वानुमान गरिएको छ। जसले पहाडमा पहिरो र तराईमा बाढीले जनधनको ठुलो क्षति पुग्न जाने सम्भावना छ तर संसदीय समितिहरूले यसबारे खासै चासो देखाएका छैनन्। बाढी पहिरोको जोखिमबाट खाद्यान्न समस्या, स्वास्थ्य समस्या, विद्यालय जान वञ्चित, सञ्चारमा समस्या र भौतिक पूर्वाधार तथा निर्मित योजनाहरूमा असर गर्ने भएकाले यससँग सम्बन्धित मन्त्रालयसँग संसदीय समितिले छलफल गर्नुपर्नेमा समितिहरू अन्यत्र केन्द्रित भएका छन्।




अहिले मनसुन भारतको सिक्किममा आइसकेको हुँदा सम्भवत आगामी जेठ ३१ गते बिहीबारभित्र नेपालमा प्रवेश हुने अनुमानबमोजिम अब मनसुन भित्रन चार दिन मात्र बाँकी छ तर जनप्रतिनिधिहरूको संस्था संसद्को समितिले आआफ्नो क्षेत्राधिकारभित्रका विषयमा छलफल गरेर निर्देशन दिनुपर्ने अवस्थामा ढिलाइ गर्न नहुने संसद् सचिवालयका अधिकारी बताउँछन्।

खाद्यान्नको व्यवस्थापनको विषयमा उद्योग तथा वाणिज्य र उपभोक्ता हित समिति सक्रिय हुनुपर्ने अवस्था छ भने बाढी पहिरोका बेला पूर्वाधारहरूको क्षति र खानेपानीको अभाव हुँदा त्यसका लागि आवश्यक पर्ने तयारीबारे पूर्वाधार विकास समिति सक्रिय हुनुपर्ने अवस्था छ। विद्यालयको पठनपानमा प्रभाव पर्न सक्ने, सञ्चारको सुविधा अवरुद्ध हुन सक्ने र स्वास्थ्य अवस्थाले महामारीको रूप लिन सक्ने अवस्थाबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यसबारे छलफल गर्नुपर्ने अवस्था छ। यसैगरी गृहमन्त्रालयले जनताको जिउधनको सुरक्षाका लागि अहम् भूमिका खेल्नुपर्ने भएकाले राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग छलफल गर्नुपर्ने हुन्छ।

तर, संसदीय समितिले यसबारे छलफल गर्न भनेर बैठक बोलाएका छैनन्। सोमबार उद्योग समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयकमा छलफलका लागि बैठक बोलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका विषयमा छलफल गर्न सोमबार बैठक बोलाएको छ । असोजको १८ गतेसम्म रहने यो मनसुनले ल्याउने विपत्बाट ८३ हजार परिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । यस विपत्बाट चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान गरिएको छ। गृहले ११४९ नम्बरको टोल फ्री नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद्सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरेको छ।

समन्वयको अभावले सामानहरू नजाने, पैसाको निकासी नहुनेजस्ता समस्या विगतमा भएकाले सम्बन्धित मन्त्रालयलाई संसदीय समितिले ध्यानार्षण गराउन जरुरी छ। प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरूबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रूपैयाँ मौज्दात रहेको छ। गृहमन्त्रालयले मनसुनअघि नै बाढी पहिरोबाट क्षतिप्रति उद्धार राहतको तयारी अवस्थामा राखेको भनेको छ। तर, संसदीय समितिले आफ्नो भूमिकाबाट विमुख हुन नमिल्ने हुँदा समितिले पनि यसबारे अनुगमन र निगरानी बढाउनुपर्ने अवस्था छ।
अर्को समाचार
ताप्लेजुङमा मनसुनजन्य जोखिम क्षेत्रको पहिचान गरी अस्थायी स्थानान्तरण गरिने
१७ असार २०८२
•
३ मिनेट पाठ
ताप्लेजुङमा मनसुनजन्य जोखिम क्षेत्रको पहिचान गरी अस्थायी स्थानान्तरण गरिने
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले मनसुनजन्य जोखिम क्षेत्रको पहिचान गरी अस्थायी स्थानान्तरणसम्मको कार्य बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।




जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्षहरू समेत सहभागी बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकले मनसुनको समय सुरु भएको हुँदा मनसुनको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तह, स्थानीय विपद् व्यवस्थापन समिति, सबै सुरक्षा निकाय,नेपाल रेडक्रस सहितका परोपकारी गैर सरकारी संस्थाहरू र नागरिक समाजका सदस्यहरूकाे समन्वयमा सम्भावित विपद् प्रतिकार्यमा जुट्ने निष्कर्ष निकालेको छ ।

स्थानीय तहले आफ्नो पालिका क्षेत्रको अति जोखिम बस्ती तथा स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा अस्थायी रुपमा सो कार्य समेत अघि बढाउने बैठकले निष्कर्ष निकालेको प्रजिअ शर्माले जानकारी दिए । 

बर्षायामसंगै बाढी र पहिरोका कारण पालिकाको केन्द्रदेखि सदरमुकामसम्मका पहुँच मार्ग तथा स्थानीय सडक अवरुद्ध लगायतका विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामग्रीको उपलब्धता यकिन गरी स्थानीय सुरक्षा इकाईको समन्वयमा सबै स्थानीय तहमा अति आवश्यक सामग्री तयार हालतमा राख्ने निर्णय समेत जिल्ला विपद् व्यवस्थापन समितिले लिएको छ ।

बैठकले पाँचथरको हेंवाखोलामा बन्दै आएको बेलिब्रिज भत्किएको र अस्थायी डाइभर्सन समेत पानीको सतह बढेको खण्डमा बगाउने खतरालाई मध्यनजर गर्दै हेंवाखोलामा ठूला प्रकारका पेनस्टक पाइपमार्फत अस्थायी डाइभर्सन बनाउनु विकल्पको रुपमा औँल्याएको छ ।

त्यसका लागि ताप्लेजुङस्थित जलविद्युत योजनामा मौज्दातको रुपमा पेनस्टक पाइप उपलब्ध गराउन सम्बन्धित जलविद्युत योजनाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राप्त पेनस्टक पाइपमार्फत सम्भावित जोखिमका समयमा हेंवाखोलामा अस्थायी डाइभर्सन निर्माणका लागि तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालय र सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

मेची राजमार्गको सडक अवरुद्ध हुँदा वसन्तपुर–साँघु–दोभानतर्फको एक रुट तथा फिदिम–माझीटार–संक्रान्ति बजार–ह्वाकु–निघुरादिन–फुलवारी–हाङपाङ–दोभान सडक खण्डलाई वैकल्पिक मार्गको रुपमा औँल्याउँदै बैठकले सम्बन्धित स्थानीय तहको सहयोग र समन्वयमा उक्त सडक मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने निर्णय समेत बैठकले गरेको छ । बैठकले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि मनसुनजन्य विपद् प्रतिकार्य योजना पारित समेत गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् जोखिममा समयमा यात्रा गर्दा सुरक्षाका अधिकतम उपाय अवलम्बन गर्न यात्रु तथा यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ ।

बैठकले सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विपद्बाट विस्थापित भई स्थायी पुर्नवास प्रक्रियामा रहेका परिवारलाई प्राप्त हुने रकम अनुमोदन तथा मैवाखोलाका विस्थापित ६५ घरपरिवारका लागि स्थायी पुर्नवास प्रक्रियाका लागि संघ र प्रदेश सरकारबाट प्राप्त हुने रकम निकासका लागि अनुरोध गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिइन् । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस