शोषक सहकारी, स्वार्थी सरकार
२८ जेष्ठ २०८१
•
४ मिनेट पाठ
शोषक सहकारी, स्वार्थी सरकार
काठमाडौं फुटुङकी सरिता राईले गर्भ बसेदेखि नै सन्तानको भविष्यका लागि भनेर बचत गर्न थालिन्। मजदुरी गरेर कमाएको रकम वसुन्धरास्थित ‘उत्तम सहकारी’मा जम्मा गर्दै आएकी उनले छोरी जन्मेलगत्तै त्यो सहकारी डुबेको खबर सुनिन्। सहकारीमा राखेको पैसा फिर्ता पाउन ११ महिनाकी छोरी निशुलाई काखमा लिएर चर्को घाममा धर्ना बसेकी उनले सुन्दर भविष्यका लागि जम्मा गरेको रकम डुब्दा खानपान र उपचारमा समेत समस्या परेको सुनाइन्।




‘मेरो करोड त छैन, ३१ हजार मात्रै हो,’ उनले भनिन्, ‘केही हजार डुुब्दा नै मेरो त सर्वस्व गुमेको छ। नानीलाई लिटो खुवाउनसमेत समस्या भएको छ। उपचार गराउन पनि आपत् छ’, उनले भनिन्। सहकारमिा डुबेको पैसा फिर्ताका लागि छोरी एक महिना भएदेखि विभिन्न ठाउँमा गएर धर्ना दिँदै आएको उनले सुनाइन्। ‘अब त छोरी बामे पनि सर्न थालिसकिन्,’ उनले भनिन्, ‘तर सरकार हाम्रो समस्या समाधानमा अगाडि बढेको छैन।’

सरिताभन्दा पनि जटिल समस्यामा परेकी रहिछन् सँगै रहेकी मेनुका राई । उनको पनि पसिना बगाएर जोगाएको ७६ हजार रूपैयाँ सहकारीमा डुबेको छ। परिवारको नाजुक आर्थिक अवस्थाका कारण दुई महिनाअघि पतिले आत्महत्या गरेको उनले सुनाइन्। दुई वर्षको छोरा काखमा बोकेर धर्नारत उनले यति रकम पनि आफ्ना लागि करोडौं रूपैयाँबराबर भएको बताइन्। ‘सासूआमाको उपचारमा भएको सबै रकम सकियो, ऋण लाग्यो,’ उनले भनिन्, ‘सायद त्यसैले होला उहाँ (पति) ले विष सेवन गर्नुभयो।’ उनकी पाँच वर्षकी छोरी पनि छन्। छोरीलाई पढाउनसमेत खर्च नभएको उनले बताइन्। ‘अब त जाने–खाने ठाउँ छैन,’ उनले भनिन्, ‘त्यही भएर दिनभरि यहीं धर्नामा आएर बस्छौं।’ सहकारीमा डुबेको रकम सानो भए पनि त्यसले आफ्ना लागि निकै अर्थ राख्ने सरिता र मेनुकाले बताए।

मेनुकाले गहभरि आँसु पारेर सहकारीमा डुबेको केही हजार रूपैयाँ फिर्ता पाउन हारगुहार गरिरहँदा केही पर ११ करोड रूपैयाँ डुबेको बताउने भक्तपुर बालकोटका यमबहादुर विष्ट गम्भीर मुद्रामा देखिन्थे। पैतृक सम्पत्ति बेचेर ‘गुडविल’ सहकारीमा ११ करोड  राखेको बताउने उनले जीवनमा ‘व्याडलक’ लागेको सुना। ‘जति ढिलो हुन्छ उति धेरै समस्या बल्झिन्छ,’ उनले भने, ‘राज्य गम्भीर भएर समस्या समाधानमा अगाडि बढ्नुपर्छ ।’ रकम डुबेदेखि दिनरात धर्ना र आन्दोलनमा लागिरहेको उनले सुनाए।

सरिता, मेनुका र विष्टजस्तै धेरै सहकारी पीडितले आफ्नो बचत रकम फिर्ता माग राखेर माइतीघरमा धर्ना दिन थालेको दुई साताभन्दा बढी भइसकेको छ। अघिल्लो वर्ष पनि उनीहरू यसैगरी धर्नामा बसेका थिए। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिको आह्वानमा पीडित आफ्नो बचत फिर्ताको माग राखेर निरन्तर धर्नामा बसेको समितिका सहसचिव माधव श्रेष्ठ बताउँछन्। ‘यहाँ हजारदेखि करोड रूपैयाँ डुबेका सबै आएका छन्,’ श्रेष्ठले भने, ‘जसको जति रकम भए पनि पीडा सबैलाई उस्तै छ।’ उनका अनुसार देशभरका ३५० सहकारीबाट पीडितहरू ‘सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति’को सम्पर्कमा आएका छन्। समयमा माग पुरा नहुँदा विभिन्न प्रकारका समस्या आउन थालेको उनले बताए । ‘यसैकारण आत्महत्या गर्नेदेखि डिप्रेसनमा जानेसम्मका घटना भएका छन्,’ उनले भने, ‘तर राज्य  मौन छ।’ त्यसो त सहकारी ठगीसँग सम्बन्धित विषय छानबिन गर्न समिति गठन भएको छ। तर त्यसप्रति पीडितको भरोसा छैन।

तर त्यसप्रति सहकारीपीडित आश्वस्त हुन सकेका छैनन्। ‘कुरा विश्वासको हो, विगतमा सरकारले पटकपटक विश्वास गुमाएको छ,’ सहसचिव श्रेष्ठ भन्छन्, ‘त्यसैले हामी आन्दोलनमा निरन्तर छौं। ’ अघिल्लो वर्ष पनि ६३ दिनसम्म धर्नामा बसेर सहमति भएको उदाहरण दिँदै उनले कार्यान्वयन बाटोमा नजाँदासम्म विश्वास गर्न नसकिने सुनाए।

सहकारीपीडितले आफ्नो रकम फिर्ता गराइदिने सरकारले पहल गर्नुपर्ने या सरकारले नै फिर्ता दिनुपर्ने माग गरेका छन्। बचत फिर्ताका लागि पालिकादेखि केन्द्र सरकारका निकायमा पुग्दासमेत सुनुवाइ नभएपछि यसरी धर्ना तथा प्रदर्शनमा उत्रिनुपरेको सहकारीपीडित गोपालप्रसाद त्रिपाठीले बताए।

‘मैले खाडी मुलुकमा दुःख गरेर कमाएर ल्याएको ३० लाख रूपैयाँभन्दा बढी सहकारीले खाइदियो,’ उनले भने, ‘हामीलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएका छन् सहकारीले।’ जेठको चर्को घाममा धर्नामा बसेका पीडितलाई न्याय दिन नसक्नु सरकारको लाचारी भएको उनले बताए। ‘कडा आन्दोलन गरे गोली हान्लान् भन्ने डर,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्दा सरकार सुन्दैन।’

सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने माग पनि पीडितहरूको छ। धर्नामा मकै पोल्ने, भारी बोक्ने, मजदुरी गर्नेदेखि पैतृक सम्पत्ति बेचेर सहकारीमा जम्मा गरेकासम्म छन्। बचत गर्न खोलिएका धेरै सहकारी बन्द भएका छन्, केहीका सञ्चालक भागेका छन्।

सहकारी डुब्दा एकैपटक सबै वर्ग समस्यामा परेका छन्। ‘सहकारीलाई कारबाही गरेर होस् या सहकारीको चलअचल सम्पत्ति लिएर होस् रकम फिर्ता गर्नुपर्छ ,’ पीडित त्रिपाठीले भने्, ‘यसो भयो भने सहकारीपीडितको अनुहारमा खुसी छाउनेछ।’
अर्को समाचार
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब
१८ साउन २०८१
•
१ मिनेट पाठ
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब
सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ। दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए।




ती सहकारीको सेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ। ११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा रु ७१ करोड ४२ लाख ६८ हजार रहेको उनले बताए।

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाए। कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उनले जनाए। -रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस