वर्षा याम नजिकिएसँगै जुम्लामा सेनाको विपद्‌ प्रतिकार्य तथा अभ्यास
२५ जेष्ठ २०८१
•
३ मिनेट पाठ
वर्षा याम नजिकिएसँगै जुम्लामा सेनाको विपद्‌ प्रतिकार्य तथा अभ्यास
सेनाको विपद् प्रतिकार्य तथा अभ्यासको तस्बिर गोल्डेन/नागरिक
वर्षा याम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक  विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेको छ। जुम्लाको चन्दननाथ नगरपालिका १ दानसाघुँमा सुरक्षा निकायले सामुदायिक विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेका हुन्। बाढीपहिरोले जोखिम मानिएका स्थानमा समुदायको प्रत्यक्ष सहभागितामा सुरक्षाकर्मीहरूले विपद् तयारी अभ्यास थालेका हुन्।




खोंचमा फस्दा, पहिरोमा पर्दाको समयमा गरिने उद्धारको अभ्यास गरिएको हो। अभ्यासमा सेनासँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, सामुदायिक विद्यालयका विद्यार्थी, स्वास्थ्यकर्मी समेत सहभागी थिए।

विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यले विपद् प्रतिकार्य तथा अभ्यास सिकाइको गणपति हिमालय थापाले बताए। वर्षा याममा हुन सक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय तथा विपद्को तयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्नेछ।

कार्यक्रममा सेनाका संयुक्त टोलीले पहिरो, बाढी, डुबानमा परेको बस्ती र स्थानीयलाई उद्धार प्रक्रियाको प्रदर्शनी गरेका थिए। चन्दननाथ नगरपालिका जुम्लाकी उपप्रमुख रामदेवी खड्काले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताइन्।

विपद पूर्वतयारी अभ्यासका लागि नगरपालिका तयारी अवस्थामा छ। बर्सेनि पूर्व तयारी अभ्यासहरू भइरहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने बताउँछिन्। हरेक वर्ष विपद् व्यवस्थापनमा ५० देखि ७० लाख रूपैयाँ छुट्याउदै आएको नगरपालिकाले डोजर, दमकल, ट्याक्टर, एम्बुलेन्स र शव वहान तैनाथ छन्।

बाढी र पहिरोले पुर्‍याउने क्षति र उद्धार तथा उपचारका सन्दर्भमा गरिने यो अभ्यासले समुदायमा थप सकारात्मक हौसला मिलेको छ। ‘विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको महत्त्वपूर्ण योगदान रहेकाे छ। त्यसमध्ये पनि नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय छ।

जुम्लामा आगलागी होस्, बाढी, पहिरो जस्ता विपदजन्य कार्यमा नेपाली सेनाको प्रदर्शन उच्च प्रशंसनीय रहेको र विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव नहुने हुँदा यसका लागि सामूहिक प्रयास जरुरत छ।

यस्तै देविदत्त गण जुम्लाका गणपति हिमालय थापाले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जीउधन सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

पहिरोले गर्न सक्ने क्षति र उद्धार तथा उपचारका सन्दर्भमा गरिने अभ्यासबारे समेत समुदायलाई सिकाइएको उनी बताउँछन्। विपद्का घटना न्यूनीकरणका लागि जटिलता रहेकाले सबैको सामूहिक प्रयासको खाँचो छ। ’बर्सेनि वर्षातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्‍याउने गरेकाले यस प्रकृतिको अभ्यासले प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक जयकुमार घिमिरेले बताए।

जिल्लाको हरेक नागरिकले विपद्का बेला आइपर्ने समस्याबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने बताए।

उनले भने, ‘मौसम विज्ञान विभागले यो वर्ष धेरै पानी पर्ने प्रक्षपण गरेको छ। त्यसैले बाढीपहिरोले ल्याउन सक्ने विपद् कम गर्न पूर्वतयारीका साथ लाग्नुपर्ने देखिन्छ।’

उनले विषयगत, क्षेत्रगत निकायाहरू र सरोकारवाला सबैलाई तयारी स्रोत, साधन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन गरे।

उनले भने,‘जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ। यो अभ्यासले नागरिकको क्षमता वृद्धिमा सहयोग मिल्ने छ। कमीकमजोरीहरू औल्याउँदै विपद् आइपरेको बेला संगठित भएर लाग्ने प्रेरणा दिने अपेक्षा छ।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस