राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे मुख खोलेको छ। महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको टिप्पणी गरेका छन्।
‘कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो,’ महामन्त्री ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’
रास्वपा उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति रहेको उल्लेख गर्दै संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति कटिवद्ध रहेको विज्ञप्तिमा दाबी गरिएको छ।
धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य जानकारीमा आएको भन्दै विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम रहेको भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा भनिएको छ।
विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति रास्वपा उच्च सम्मान गर्ने भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ,‘तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ।’
रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको टिप्पणी गरेको छ। ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै रास्वपाले ‘सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस्’ भनेर घटनालाई टिप्पणी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको देशव्यापी हस्ताक्षर अभियानबारे प्रश्न उठ्न थालेपछि प्रवक्ता मनिष झाले त्यसको प्रतिवाद गरेका छन्।
उनले पार्टीको अभियानलाई हतियार संकलन नभई हस्ताक्षर अभियान र संकलित रकमलाई घुस नभई स्वैच्छिक चन्दा भएको टिप्पणी गरे।
सोमबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै झाले भने, ‘हस्ताक्षर सङ्कलनको अभियान हो, हतियार सङ्कलन गरेको हैन। स्वेच्छाले चन्दा दिनु हुँदै छ, बिचौलियासँग घुस मागेको हैन।’
पार्टी सभापति एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछाने अहिले थुनामा छन्। रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।
पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।
रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...