अधिकार माग्दै बाल कचहरी
०७ जेष्ठ २०८१
•
२ मिनेट पाठ
अधिकार माग्दै बाल कचहरी
अधिकारका लागि बाल कचहरीमा सहभागी बालबालिका।तस्बिर: ललित/कालीकोट
बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न बाल कचहरी गरिएको छ। जिल्लाको शुभकालिका गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रममा बालबालिका सम्बन्धी बनेका नीति र बाल केन्द्रित बजेटको अवस्थाबारे अधिकार माग्दै बाल कचहरी गरिएको हो।




पालिकाभरिका बाल सञ्जालमा आबद्ध बालबालिकाले आफूले दैनिक रूपमा विद्यालय र समाजमा भोग्नुपरेका समस्याबारे खुलेर जनप्रतिनिधिसँग प्रश्न राखेका थिए।

समुदायमा रहेका जल्दाबल्दा सबालबारे गाउँमा भद्रभलादमी बसेर सामूहिक निर्णय गर्ने कर्णालीको पुरानो चलन कचहरीलाई कालीकोटमा बालबालिकाका अधिकारसँग जोड्दै बाल कचहरी गर्ने गरिएको छ।

गाउँपालिमा आयोजित बाल कचहरीमा जिल्ला बाल सञ्जालकी यमुना बोहोराले विद्यालयमा महिनावारी हुँदा प्याड फेर्नकै लागि दिउँसो घर जानुपर्ने बाध्यता रहेको बताइन्।

उनले भनिन्, ‘पालिकाले विद्यालयमा व्यवस्थित खानेपानी, सेनेटरी प्याड, छात्रामैत्री शौचालयको अभाव छ। यस्ता आधारभूत आवश्यकता कहिले पूरा हुन्छ  मिक रोक्न निर्माण सुरु भएका योजनाहरूमा कडाइ गर्ने, अपांगता भएका बालबालिकाको शिक्षाका लागि स्थानीय तहमार्फत पहल गरी शिक्षाको पहुँचमा पुर्‍याउने, विद्यालयमा खानेपानी शौचालयका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्।

कचहरीमा उठेका प्रश्नमा गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले स्थानीय सरकारले तयार गरेको योजनामा बालबालिका र ६० वर्षका वृद्धलाई श्रममा नलगाउन पालिकाले अनुरोध गरेका बताइन्।

उनले पालिकाका प्रत्यक माविमा कम्प्युटर ल्याब स्थापना गरेको तर कतिपय विद्यालयमा प्रयोगमा नआएको बताइन्। उनले जीर्ण भवन, घेरबार, सेनेटरी प्याडलगायत विषयमा बजेट विनियोजन गर्ने बताइन्।

यस्तै कचहरीका बोल्दै सेभ द चिल्ड्रेनका परियोजना संयोजक टीकाराम नेपालीले कुनै पनि बालबालिका कुनै पनि समयमा पछि पर्न नहुने गरी आवाज उठेको बताए। उनले जहिले पनि बालबालिकाको आवाज बनेको सेभ द चिल्ड्रेनले बालबालिकाको तत्काल र दीर्घकालीन परिर्वतन ल्याउन तयार रहेको बताए।

यस्तै किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले किर्डाक नेपालको सहयात्रा परियोजनाले अहिले धेरै परिर्वतन ल्याएको बताए। उनले कुलत, लागुऔषध, बालविवाहलगायतमा बालबालिकाले आफ्नो बानीलाई सुधार गनुपर्ने बताए।

उनले शिक्षा क्षेत्र र बालबालिकाको क्षेत्रमा नयाँ बजेट आवश्यक रहेको बताए। बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ संकल्प परियोजनाअन्तर्गत किर्डाक नेपाल तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र शुभकालिका गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको थियो।

बालबालिकाको प्रश्न र सरोकारवालाको जवाफ साथै आगामी दिनमा सुधारका लागि गरिएका प्रतिबद्धताले बालबालिकाको पनि आवाज सुनिने रहेछ भन्ने महसुस भएको शुभकालिका गाउँपालिका बाल सञ्जालका सचिव धर्मा शाहीले बताइन्।

बालश्रम, छाउपडी प्रथा, लैंगिक हिंसा, अपाङ्गमैत्री विद्यालय निर्माण, जातीय छुवाछुत, खानेपानी समस्या, विद्यालयमा घेरबार, कम्प्युटर ल्याब प्रयोगविहीन, सेनेटरी प्याडजस्ता विषयमा प्रश्न उठेका थिए।
अर्को समाचार
अधिकार माग्दैँ बाल कचहरी
०७ जेष्ठ २०८१
•
३ मिनेट पाठ
अधिकार माग्दैँ बाल कचहरी
बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न बाल कचहरी गरिएको छ। कालीकोटको शुभकालीका गाउँपालिकको आगामी आर्थिक वर्षको लागि नयाँ नीति तथा कार्यक्रममा बालबालिका सम्बन्धी बनेका नीति र बाल केन्द्रित बजेटको अवस्थाबारे अधिकार माग्दै बाल कचहरी गरिएको हो।




पालिका भरिका बाल सञ्जालमा आवद्ध बालबालिकाले आफूले दैनिक रुपमा विद्यालय र समाजमा भोक्नुपरेका समस्याबारे खुलेर जनप्रतिनिधिसँग प्रश्न राखेका थिए।

समुदायमा रहेका जल्दाबल्दा सवालबारे गाउँमा भद्रभलादमी बसेर सामूहिक निर्णय गर्ने र  कर्णालीको पुरानो चलन कचहरीलाई कालीकोटका बालबालिकाको अधिकारसँग जोड्ने गरी बाल कचहरी गर्ने बताएको छ।

गाउँपालिमा भएको आयोजित बाल कचहरीमा जिल्ला बाल सञ्जालकी यमुना बोहोराले विद्यालयमा महिनावारी हुँदा प्याड फेर्नकै लागि दिउँसो घर जानुपर्ने बाध्यता रहेको बताइन्। उनले भनिन्,‘पालिकाले विद्यालयमा व्यवस्थित खानेपानी,सेनेटरी प्याड,छात्रामैत्री शौचालयको अभाव छ, तर त्यो कहिले पूरा हुन्छ ?’ पालिकाको बजेट बालबालिकाको क्षेत्रमा कम आउने गरेको उनको भनाइ छ।

यस्तै,विद्यालयमा कम्पुटर विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावकारी नभएको बालक भुपेन्द्र चौलागाईँले बताए। ‘बालबालिकाको नाममा विनियोजन गरिने बजेट अरु नै क्षेत्रमा खर्च भइरहेको छ।’ 

उनले भने ‘हाम्रो क्षमता विकासको नाममा किन रकम छुट्याइदैन ?’ कचहरीमा बालबालिकाले जिल्लामा ब्याप्त बाल विवाह,विद्यालयमा भोग्नुपरेका हिंसा र दुर्ब्यवहार लगायतका विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए। 

बाल कचहरीमा उठेका प्रश्नको जवाफ दिदै गउँपालिका अध्यक्ष गोविन्द आचार्यले बाल बालिकाको क्षेत्रमा अनिवार्य बजेट बिनियोजन गर्ने बताए। 

उनले बाल श्रमिक रोक्न निर्माण सुरु भएका योजनाहरुमा कडाइ गर्ने,अपांगता भएका बालबालिकाको शिक्षाका लागि स्थानीय तहमार्फत पहल गरी शिक्षाको पहुचमा पुगाउने विद्यालयमा खानेपानी शैचालयको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तै,कचहरीमा उठेका प्रश्नमा गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले स्थानीय सरकारले तयार गरेको योजनामा बालबालिका र ६० वर्षका बृद्धलाई श्रममा नलगाउन पालिकाले अनुरोध गरिसकेको बताइन्। 

उनले पालिकाका प्रत्येक मा.विमा कम्प्युटर ल्यावको व्यवस्था गरेको तर कतिपय विद्यालयमा प्रयोगमा नआएको उनको भनाइ छ। उनले जिर्ण भवन,घेरवार, सेनेटरी प्याड लगाएतका विषयमा बजेट विनियोजन गर्ने सुनाइन्।

यस्तै,सेभ द चिल्ड्रेनका परिवजना संयोजक टिकाराम नेपालीले कुनै पनि बालबालिकाको समस्या उठाइएको बताए। 

उनले जहिले पनि बालबालिकाको आवाज बनेको यहीँ सेभ द चिल्ड्रेनले तत्काल र दिर्घकालीन परिर्वतन ल्याउन आफुहरु तयार रहेको समेत बताए।

यस्तै,किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले किर्डाक नेपालको सहयात्रा परियोजनाले अहिले धेरै परिर्वतन ल्याएको बताए। 

उनले भने कुलत, लागुऔषध,बालविवाह लगायतमा बालबालिकाले आफ्नो बानीलाई सुधार गनुपर्ने र शिक्षा क्षेत्रमा बालबालिकाको लागि नयाँ बजेट आवश्यक रहेको सुनाए। 

 

बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ संकल्प परियोजना अन्तर्गत किर्डाक नेपाल तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयागे र शुभकालीका गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको थियो। 

बालबालिकाको प्रश्न र सरोकारवालाको जवाफ साथै आगामी दिनमा सुधारका लागि गरिएका प्रतिबद्धताले बालबालिकाको पनि आवाज सुनिने रहेछ, भन्ने महसुस भएको शुभकालीका गाउँपालिका बाल सञ्जालका सचिव धर्मा शाहीले बताइन्। 

बालश्रम, छाउपडि प्रथा,लैङ्गिक हिंसा,अपाङगता मैत्री विद्यालय निर्माण, जातीय छुवाछुत,खानेपानी समस्या,विद्यालयमा घेरबार,कम्पुयुटर ल्याब प्रयोग बिहिन,सेनेटरी प्याडजस्ता विषयमा उनले प्रश्न उठाएकी थिइन्।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस