अव्यवस्थित सहर काठमाडौंलाई व्यवस्थित बनाउने जिम्मेवारी महिलाको काँधमा आएको छ। अहिले काठमाडौं महानगरपालिका सहरी व्यवस्थापन विभागको नेतृत्व महिला कर्मचारीले गरेका छन्।
सहरी व्यवस्थापन विभाग निर्देशक, महाशाखा प्रमुख र सहायक निर्देशक तीनैजना महिला छन्। मुस्कानसहितको सेवा उपलब्ध गराएर यो विभाग सेवाग्राहीको मन जित्न सफल बन्दै गएको छ।
महानगरपालिका भन्नासाथ हरेक नागरिकको मनमा व्यवस्थित पार्किङ, फुटपाथ, हाटबजार, सहर, घर, सार्वजनिक यातायात, भवन, सपिङ मल, सेवा प्रवाह, सडकलगायत विषय आउँछन्। मापदण्ड बनाएर सहरलाई व्यवस्थित गर्नु र अभिलेखीकरण गर्नु, नक्सा इजाजतपत्र दिनु, सार्वजनिक जग्गा संरक्षणलगायत सहरी व्यवस्थापन विभागको मुख्य पाटो हो।
विगतमा सेवाग्राहीको निकै गुनासो आउने महानगरको सहरी व्यवस्थापन विभागको नेतृत्व महिला कर्मचारीले गरेपछि महानगरवासी पनि खुसी भएका छन्। महिला नेतृत्वमा विभागले प्रशंसनीय काम गर्न थालेपछि महानगरवासी खुसी भएका हुन्। प्रत्यक्ष सेवाग्राहीसँग जोडिएर काम गर्नु आफैंमा ठुलो चुनौती हो। महिला नेतृत्वले चुनौतीहरू कुशलतापूर्वक व्यवस्थापन गरेको महानगरवासी बताउँछन्।
नागरिककर्मी शुक्रबार महानगरको सहरी व्यवस्थापन विभागमा पुग्दा विभागीय प्रमुख अर्चना श्रेष्ठ शाक्य नक्सा इजाजतपत्र कसरी लिने, निर्माण सम्पन्न प्रमाणपत्र कसरी लिने, अभिलेखीकरण कसरी गर्नेजस्ता सेवाग्राहीको जिज्ञासालाई बडो सहजतापूर्वक मेटाइरहेको अवस्थामा भेटिइन्।
सेवाग्राहीका समस्या निकै धैर्यताका साथ सुनेर उनले समाधानका उपाय बताइरहेकी थिइन्। कानुनी प्रक्रिया नबुझेकालाई उनले बैठक कक्षमा बसाएरै परामर्श दिनेरहिछन्।
‘सहरी व्यवस्थापन विभागको मुख्य काम नै नक्सासम्बन्धी हुन्छ। इजाजतपत्र दिने, निर्माण सम्पन्न प्रमाणपत्र दिने, सार्वजनिक जग्गा संरक्षण गर्नु, सम्बन्धित प्रशासनिक काम गर्नु पर्छ,’ निर्देशक शाक्यले भनिन्, ‘बाटो खोल्ने काममा समेत हामीले समन्वयकारी भूमिका निर्वाह गर्छौं।’
निर्देशक शाक्यका अनुसार काम गर्दा चुनौती त आउँछन् नै, चुनौती चिर्दै संवेदनशील तरिकाले अगाडि बढ्नु नै रमाइलो पक्ष हो। उनी भन्छिन्, ‘छिमेकमा आपसी विवादका कारण धेरैले बिनाप्रमाण उजुरी हाल्ने प्रवृति अहिले बढेको छ। रिसइवीका उजुरी व्यवस्थापन गर्न समय लाग्छ।’
साढे दुई दशकदेखि महानगरमा कार्यरत उनी अहिले सुन्दर, सफा र व्यवस्थित महानगर अभियानअन्तर्गत पार्किङ व्यवस्थापन, मापदण्डविपरीत बनेका भवन, सडक, फुटपाथ व्यवस्थित गर्ने, बिजुली तार व्यवस्थापनमा जुटेकी छन्। ५७ वर्षीय शाक्यले महानगरको मुख्य उद्देश्य व्यवस्थित सहर बनाउने रहेकाले सोहीअनुसार क्रियाशील भएको बताइन्।
‘डिजिटल युगमा नक्सापास इलेक्ट्रोनिक माध्यमबाट गराउने हो,’ निर्देशक शाक्य भन्छिन्, ‘व्यवस्थित र सुन्दर सहर बनाउने महानगरको लक्ष्य हासिल गर्न हामी सबै लागिरहेका छौं।’
प्राविधिक काम गर्नुपर्ने यो विभागको भवन निर्माण अनुमति महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुभा रिसाल पनि नक्सासम्बन्धी विभिन्न समस्या लिएर आएका सेवाग्राहीका कुरा सुनेर समाधानको उपाय बताइरहेकी थिइन्। त्यस क्रममा कतिपय सेवाग्राहीलाई उनले शाखामा लगेर सम्बन्धित कर्मचारीसँग भेटाइदिइन्। महानगरमा विगतको काम गराइ र हालको काम गराइमा निकै फरक देख्न पाइन्छ। महानगरका हरेक कर्मचारीमा कामप्रति लगाव र सक्रियता बढेको देखिन्छ।
महाशाखा प्रमुख रिसालले खासमा महाशाखाको काम नक्सा पास गर्ने भए पनि अहिले महाशाखाले महानगरभित्र बनाइएका घर मापदण्डविपरीत भएनभएको अनुगमन र नियमन गरिरहेको बताइन्। उनले चुनौती समाधान गर्दै जाँदा सफलता पनि मिल्दै गएको जनाइन्।
‘सेवाग्राहीले सबै कुरा बुझेका हुँदैनन्। यसकारण कहिलेकाहीं एउटै विषयमा पनि धेरैपटक निरन्तर भनिरहुनु पर्छ। हामी जस्तोसुकै अवस्थामा पनि सेवाग्राहीलाई सन्तुष्ट बनाउने प्रयासमा छौं,’ साढे दुई दशकदेखि महानगरमा कार्यरत रिसालले भनिन्, ‘अहिले भिजन भएका मेयर महानगरले पाएको छ। कर्मचारी चाहे महिला होस् या पुरुष, सबैले आआफ्नो दायित्व निर्वाह गरिरहेका छौं। निकै सहज वातावरणमा काम भइरहेको छ। सफा र व्यवस्थित काठमाडौं सहर बनाउनु नै हाम्रो विभागको मुख्य लक्ष्य हो। सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सफलता हो।’
सोही विभागकी प्रशासनतर्फ सहायक निर्देशक ईश्वरीदेवी लौडारी पनि सेवाग्राहीका समस्या समाधानमा जुटिरहेकी छन्। विभागले अव्यवस्थित काठमाडौं सहर व्यवस्थित बनाउन निकै चुनौती भोग्नुपरेको र तिनै चुनौतीबाट पाठ सिक्दै अघि बढेका कारण सुन्दर र सफा काठमाडौं सहरको महसुस नगरवासीले गर्न पाएको उनी बताउँछिन्।
‘सडकको मापदण्ड मिचेर, नक्सा पासै नगरीकन घर बनाइएका छन्। मापदण्डविपरीतका संरचनालाई महानगरले मापदण्डभित्र ल्याउने काम गरिहरेको छ। नियमन र अनुगमन जारी छ,’ लौडारीले भनिन्, ‘समृद्ध महानगर बनाउने लक्ष्यसहित हामी सबै कर्मचारी सक्रिय भएर लागिरहेका छौं। नगरवासी कुनै पनि सेवाबाट वञ्चित नहोउन् र उपलब्ध सेवामा सबैको समान पहुँच होस् भन्ने हाम्रो चाहना हो, यसमा हामी सजग छौं।’
उनले सेवाग्राहीलाई खुसी बनाएर पठाउन पाउँदा खुशी मिल्ने बताइन्। उनले भनिन्, ‘महिला कर्मचारी भनेर नकारात्मक सोच राखेर आएका सेवाग्राहीलाई समेत हामीले उत्कृष्ट सेवा दिएर सकरात्मक बनाएर पठाइदिन्छौं।’