गिरीबन्धु टी इस्टेटको जग्गा फिर्ता लिन सर्वोच्चको परमादेश
३१ वैशाख २०८१
•
५ मिनेट पाठ
गिरीबन्धु टी इस्टेटको जग्गा फिर्ता लिन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले हदबन्दीभन्दा बढी जग्गाको सट्टापट्टा वा स्थानान्तरणको व्यवस्थापन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। साथसाथै हदबन्दी छुट दिँदाको सर्तबमोजिमको प्रयोजनमा जग्गाको उपयोग नगरिएको, फरक प्रयोजनमा उपयोग गरिएको वा बाँझो राखिएका जग्गा पत्ता लगाएर सरकारका नाममा बनाउन आदेश गरेको हो।




प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संवैधानिक इजलासले सरकारले झापाको गिरीबन्धु टी इस्टेट प्रालिका नाममा रहेको जग्गा कानुनअनुसार सरकारका नाममा बनाउन परमादेश गर्दै हदबन्दीसम्बन्धी फैसला गरेको हो। २०८० माघ २४ मा गरेको फैसलाको पूर्ण पाठ शुक्रबार सार्वजनिक भएको हो।

तत्कालीन सरकारले २०७८ सालमा गिरीबन्धु टी इस्टेटलाई ३४३ बिगाहा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। सरकारको विवादित त्यो निर्णय उत्प्रेषणको आदेशले बदर गरिदिएको हो।

सरकारको विवादित निर्णय भूमिसम्बन्धी ऐनको दफा १२(ग) तथा भूमिसम्बन्धी नियमहरू २०२१ को नियम १६ लगायतका कानुनी प्रावधानविपरीत भएको सर्वोच्चको ठहर छ। ‘अपरिपक्व प्रकृतिको देखिएको हुँदा उक्त निर्णयबमोजिम भए गरिएका सबै काम कारबाही पत्राचारसमेत संविधानको धारा १३३ को उपधारा २,३ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।’

सर्वोच्चले ‘भूमिसम्बन्धी ऐन २०२१ मा भएको आठौं संशोधन बमोजिम थप गरिएको दफा १२ ग र दफा १२ ङ को प्रावधान तथा भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम १६ क र सो नियमावलीको अनुसूची ५ (क) नेपालको संविधानमा रहेका कुनै प्रावधान प्रतिकूल छन्, छैनन् ?’ भन्नेमा व्याख्या गरेको छ।

साथसाथै ‘गिरीबन्धु टी इस्टेट प्रालिले हदबन्दी छुट पाएको जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न स्वीकृति दिने गरी मन्त्रिपरिषद्बाट भएको निर्णयलगायतका काम कारवाही कानुन अनुकूल छन् वा छैनन् ?’ विषयमा व्याख्यासहितको फैसला गरेको हो।

सामान्यतयाः हदबन्दीभन्दा बढी भएको जग्गा सरकारले कानुनी प्रक्रिया पूरा गरेर जफत नै गर्नुपर्ने हुन्छ। एउटा निश्चित प्रयोजनका लागि हदबन्दी छुट पाएको जग्गा अर्को फरक प्रयोजनमा उपभोग गर्न मिल्दैन।

‘जुन प्रयोजनले हदबन्दी छुट दिएको हो सो प्रयोजन समाप्त भएमा वा निश्क्रिय रहेमा, जग्गा उपभोग नगरिएमा सरकारको अनिवार्य कानुनी जिम्मेवारी हो’ सर्वोच्चले भनेको छ, ‘यसलाई सरकारको इच्छाधीन वा स्वेच्छाको विषय ठान्न मिल्दैन। चियाखेतीका लागि हदबन्दी छुट दिइएको जग्गामा चिया खेती, उद्योग नै सञ्चालित भएको हुनुपर्छ।’

तोकिएको शर्त बमोजिम नियमित रूपमा सञ्चालन नगरिएमा हदबन्दीभन्दा बढी भएको जग्गा सरकारले नै लिनुपर्ने सर्वोच्चको ठहर छ। ‘कुनै उद्योग, कृषि प्रयोजनका लागि भनी हदबन्दीमा छुट लिने र सो जग्गा उपयोग नगरी खाली, बाँझो राख्ने, अन्य पेसा व्यवसाय सञ्चालन गर्ने कोही कसैलाई पनि छुट हुन सक्तैन,’ सर्वोच्चले परमादेशमा भनेको छ, ‘पहिले कृषि उद्योगका लागि भनी हदबन्दीमा छुट लिने र पछि घर जग्गा व्यवसाय, अन्य कुनै प्रयोजनमा लगाउने काम कानुन अनुकूल देखिँदैन। त्यसो गरिएमा भूमिसम्बन्धी कानुनद्वारा परिलक्षित उद्देश्य नै परास्त हुन पुग्छ।’

भूमिसम्बन्धी ऐन जारी भई हदबन्दीको व्यवस्था गरिएको आधा सताब्दी बढी समय बितिसकेको छ। ‘आधा शताब्दीमा हदबन्दी विषयहरू अनिश्चित, अनिर्णित, द्विविधायुक्त अवस्थामा देखिएबाट सुशासनको मर्म अनुकूल भएको भनी मान्न सकिने देखिँदैन। विधायिकाले हदबन्दीको दायरा क्रमशः साँघुरो तुल्याउँदै लगेमा कुनै ‘प्रालि’ खडा गरेमा हदबन्दीसम्बन्धी कानुनलाई छल्ने प्रवृत्ति कायम रहनु शोभनीय कुरा हुँदैन।’

पहुँचवालाले छुट पाउने र आम नागरिकले नपाउँदा कानुन छल्ने नीतिगत छिद्र बन्ने र ‘असमान वा भेदभावको स्थिति’ पैदा हुने सर्वोच्चको चिन्ता छ। भूमि व्यवस्थापनको विषयसँग सम्बन्धित राज्यका निकायको सुझबुझपूर्ण क्रियाशीलता आवश्यकता पनि औंल्याइएको छ।

‘वस्तुगत आधार समेतका समग्र पक्ष यकीन अर्थात् सुनिश्चित भएपछि मात्र भूमि सम्बन्धी ऐनसम्बन्धी अवधारणा अनुकूल हुनेगरी हदबन्दीभन्दा बढी जग्गाको सट्टापट्टा वा स्थानान्तरणसम्बन्धी कार्यको व्यवस्थापन गर्ने गर्नू÷गराउनू’ सर्वोच्चले भनेको छ, ‘हदबन्दी छुट प्रदान गर्दा उल्लेख गरिएबमोजिम प्रयोजनमा जग्गाको उपयोग नगरी फरक प्रयोजनमा उपयोग गरिएको वा खाली बाँझो राखिएका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्नू-गराउनू।’

अधिकतम हदभन्दा बढी जग्गा आफ्नो साथमा हुने कुनै जग्गावालाले हदबन्दीसम्बन्धी दफा ७ बमोजिमको प्रावधान प्रारम्भ भएपछि त्यस्तो जग्गा नेपाल कानुनले अंशमा हक पुग्ने हकवाला अंशियार बाहेक अरू कसैलाई बेचबिखन, दान दातव्य, सट्टापट्टा गरी वा अरू कुनै व्यहोराले हक छाडी दिएको रहेछ भने सो लेनदेनको लिखत रजिट्रेसन पास भएको वा नभएको जे भए तापनि त्यस्तो लेनदेनलाई दफा ७ को हदबन्दी तात्पर्यको लागि मान्यता नदिइने र त्यस्तो जग्गा हक छाडिदिने जग्गावालाकै साथमा कायम रहेको सरह मानी दफा ७ को प्रावधान लागु हुने हदबन्दीको प्रावधान लागु हुने देखिन्छ।  

‘गिरीबन्धु टी इस्टेटको हदबन्दीका लागि जग्गाको क्षेत्रफल गणना गर्दा २०६० सालको निर्णयबमोजिम हस्तान्तरण गरिएको ५१ बिगाहा जग्गालाई समेत कूल हदबन्दी क्षेत्रफल कायम गर्ने प्रयोजनका लागि गणना गर्नू,’ फैसलामा भनिएको छ, ‘तदनुसार गणना गर्दा हदबन्दीभन्दा बढी देखिएको र चिया उद्योगको काममा उपयोगमा नरहेको गिरीबन्धुका जग्गा भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम सरकारका नाममा प्राप्त गर्नू-गराउनू।’

संविधानमा संघको अधिकार सूचीअनुसार भूउपयोग नीति, प्रदेशको अधिकारमा भूमि व्यवस्थापन, जग्गाको अभिलेख र संघ तथा प्रदेशको साझा अधिकारमा भूमि नीति र सोसम्बन्धी कानुन उल्लेख छ।

संघीयताको अवधारणा कार्यान्वयनमा ल्याउन गरिएको राज्य संरचना र शक्तिको बाँडफाँट अनुसार ‘भूमि व्यवस्थापन, जग्गाको अभिलेख, भूमि नीति र सोसम्बन्धी कानुन’ निर्माण गर्ने कुरामा प्रदेशमासमेत अधिकार रहेको देखिन्छ।

‘संघीय तहबाट भूमिसम्बन्धी ऐनमा आठौं संशोधन गर्दा प्रदेश सरकारसँग सामान्य परामर्श पनि गरेको देखिएन। संविधानले समन्वय र सहकार्यको मान्यतामा आधारित संघीय संरचनाको व्यवस्था गरेको हुँदा यस प्रकारका नीतिगत व्यवस्थापनका कुरामा प्रदेश सरकारहरूसंग समन्वय कायम गरी सहकार्य गर्नु वाञ्छनीय देखिन्छ।’

जग्गाको हदबन्दीका विषयमा अधिवक्ता ओमप्रकाश अर्याल, झापाकै स्थानीय बासिन्दा भक्तराज भारतीलगायतले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।
अर्को समाचार
कोसी सरकारविवादको छिनोफानो २७ गते
२४ जेष्ठ २०८१
•
१ मिनेट पाठ
कोसी सरकारविवादको छिनोफानो २७ गते
सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको छ।




न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्यतालाई ध्यानमा राखेर मिति तोकेर यो मुद्दालाई पूर्ण इजलासले टुंग्याउने आदेश गरेको हो। योसँगै कोसी प्रदेश सरकार गठन विवाद यही जेठ २७ मा टुंगो लाग्ने छ।

कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री बनेका थिए। उनलाई समर्थन गरेका माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिए। त्यसपछि केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार एमालेले सरकार गठनको दाबी पेस गर्‍यो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै अर्को सरकार गठनका लागि आह्वान गरे। त्यसपछि कोसी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बहुमत सांसदको समर्थन प्रदेश प्रमुखसमक्ष पेस गरे। प्रदेश प्रमुखले उनलाई वैशाख  २७ मा मुख्यमन्त्री नियुक्त गरे। नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराए।

रिटमा केदारले प्रदेश प्रमुखले वैशाख २६ मा सरकार गठनका लागि गरेको आह्वान, वैशाख ७ मा प्रदेशसभाले पारित गरेको संकल्प प्रस्ताव बदर, हिक्मत कार्कीको मुख्यन्त्रीमा भएको नियुक्ति बदर माग गरेका छन्। मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग केदारले गरेका छन्। यसअघि सर्वोच्चले यही जेठ ९ मा मुख्यमन्त्रीमा हिक्मतकुमारको नियुक्ति प्रक्रियाका कागजात झिकाउन आदेश गरेको थियो।
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस