आँगनमा धारा छ, पानी छैन
२५ वैशाख २०८१
•
२ मिनेट पाठ
आँगनमा धारा छ, पानी छैन
म्याग्दीको बेनी नगरपालिका– ६, छाप गाउँकी ७६ वर्षीया देवकुमारी बानियाँलाई जहिले पनि पानीको चिन्ता हुन्छ। आँगनमै धारा जडान गरेपछि लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्ने उनको आशा निराशामा परिणत भएको छ। आँगनमा धारा जडान गरेको दुई वर्ष हुँदा पनि पानी आएको छैन।




देवकुमारी जस्तै ६८ वर्षीया कोपिला बानियाँले घरकै छेउमा धारा बने पनि पानीका लागि दुःखका दिन अन्त्य भएको महसुस गर्न पाएकी छैनन्।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट तीन वर्षअगाडि सुरू भएको काउँले खानेपानी आयोजना पर्याप्त बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन।

आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका छापवासी निराश बनेका छन्। ‘धारामा पानी आउँछ भनेर कुर्न थालेको पनि धेरै भइसक्यो,’ स्थानीय लक्ष्मी केसीले भनिन्। उनले पानी नआउँदै जडान गरेको धारा बिग्रिने अवस्थामा पुगेको बताइन्।

स्थानीय पूर्णकुमारी बानियाँले भनिन्, ‘दुईचार महिनामै आउँछ भनेको पानी दुई वर्ष बित्दा पनि आउने सुरसारै छैन।’ धारामा पानी छिट्टै आउने आश्वासन मात्रै पाइरहेको उनले बताइन्। अहिले गाउँमा भएको पुरानो धारामा पनि निकै कम पानी आउने गर्दा समस्या भएको उनले बताइन्।

वडाध्यक्ष कृष्णसिंह बानियाँले भने, ‘अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन। खाना पकाउनका लागि पनि पर्याप्त पानी छैन, क्रमागत बजेटको नाममा कनिका छर्केजस्तै बजेट दिएर स्थानीयलाई सास्ती दिने काम भइरहेको छ।’

उनले समुदायमै खानेपानीको हाहाकार हुदाँ समेत वार्षिक न्यून बजेट विनियोजनले समस्या भएको बताए। २० हजार घनमिटरको १ वटा र ५ हजार घनमिटरको २ वटा ट्यांकीसहित धारा निर्माण गरिए पनि पाइप लाइन धारामा जडान र गाड्ने काम बाँकी छ।

कार्यालय प्रमुख इन्जिनियर झलकमोहन ओझाले क्रमागत बजेटका कारण खानेपानी आयोजनाले पूर्णता पाउन नसकेको बताए। ‘टुक्रे योजनाले समस्या भएको छ, ‘खानेपानीको बाँकी कामलाई समयै सम्पन्न गर्न ताकेता गर्छु,’ उनले भने।

आयोजनाका लागि गत आवमा ८ लाख र चालु आवमा १० लाख रूपैयाँ विनियोजन भएको छ। हालसम्म २५ लाख खर्च भएको आयोजनाको मूलबाट ट्यांकीसम्मको दूरी १५ सय मिटर छ। काँउले–१ मुहान सुकेको छ भने अर्कोमा पहिरो छ।

काउले खानेपानी उपभोक्ता समितिले ८४ घरधुरीमध्ये १६ घरमा धारा जडान गर्न बाँकी रहेको जनाएको छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनोज कार्कीले पर्याप्त बजेट उपलब्ध गराए ६ महिनाभित्रै आयोजना सम्पन्न गर्ने दाबी गरे।
अर्को समाचार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
१४ पौष २०८१
•
३ मिनेट पाठ
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ। 'भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँदैन। पानीको जोहोमै बित्छ बिहान,' उनले भने, 'जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो। बिहान अरु काम गर्न भ्याइँदैन। सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ।'




सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ। यहाँको मुख्य समस्या खानेपानी नै हो। गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ। नजिकै कुवा, खोला र खोल्सा छैन। केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन्।

बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक वर्ष सताउने गरेको छ। 'बर्खामा अकासे पानीको भर पर्नुपर्छ। हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ। हामी अर्को बर्खाको पर्खाइमा छौँ,' स्थानीय वेदप्रसाद पाण्डेले भने, 'पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ। घरमै पानीको धारा बनाउने सपना पूरा नहोलाजस्तो छ।'

गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ। विद्यालयमा एउटा धारा छ। तर धारोमा पानी आउँदैन। विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन्। पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ। टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन्।

'सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौँ। तर, बोकेर सधैं साध्य नहुने रहेछ। हामीलाई पनि गाह्रो छ, अभिभावकलाई पनि गाह्रो छ, हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो,' प्रधानाध्यापक तारादेव नेम्वाङले भने।

तीन तहका सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ। 'सङ्घीयतापछि आधारभूत आवश्यकता पूरा हुन्छ भन्ने सुनेका थियौँ। स्थानीय सरकार सञ्चालन भएकै आठ वर्ष भयो। हाम्रो गाउँमा खानेपानीको समस्या समाधान हुनै सकेन,' स्थानीय भगिरथ भण्डारीले भने, 'दुई पटक तीन तहको चुनाव भयो। सबै उम्मेदवार मत माग्न घरघरमा आउनुभयो। हामीले खानेपानीको समस्या सुनायौँ। भोलि नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो। तर, समस्या ज्यूँका त्यूँ देखिन्छ।'

फाकफोकथुम–३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको खानेपानी समस्या समाधानका लागि काम सुरु गरिएको बताए। 'सिङ्गो वडामा पानी पुर्याउने उद्देश्यका साथ गत आर्थिक वर्षमा रु ८२ लाखमा पाँचवटा ‘रिजर्भ ट्याङ्की निर्माण गरेका छौँ,' वडाध्यक्ष लिम्बूले भने, 'वडाको केन्द्र रहेको शुक्रबारे बजारमा २० लाख लिटर क्षमता भएको ट्याङ्की र अन्य ठाउँमा एक–एक लाख क्षमताको ट्याङ्की निर्माण भइसकेको छ। यस वर्ष पाइप विस्तारको काम हुनेछ।'  

घरघरमा पुर्याउने पाइपका लागि रु एक करोड बजेट रहेको र अब त्यो ठेक्कामार्फत अघि बढ्ने तयारी रहेको वडाध्यक्ष  लिम्बूको भनाइ छ। नसुवा गैँडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी रहेको उनले बताए।

गाउँमा भएको एउटा कुवा बारेर चार परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहे पनि पर्याप्त छैन। स्थानीय सन्त लुङ्गेलीले निजी लगानीमा २० एमएमको एक क्वाइल पाइप बिछ्याएर पानी ल्याएका छन्। 'बिग्री रहन्छ, बनाउन हरेक दिनजसो जानुपर्छ। अरुको हेरी आफ्नो केही सहज जस्तो लाग्छ,' लुङ्गेलीले भने, 'गाउँमा आयस्रोत छैन। पाइप किन्न सबैले सक्दैनन्। कतिले मेरोबाट थापेर पनि लैजान्छन्। सबैलाई त पुग्दैन।'  

सल्लेरीमात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ। पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न सबैथोकमा समस्या हुने गरेको स्थानीय बताउँछन्।

खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ। पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने मानवअधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए।  

'खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकार लाग्नुपर्छ। सल्लेरी गाउँमा पानी पुर्‍याउन सरकारको ध्यान जानुपर्छ,' उनले भनिन्।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस