बस्ती जलिरहन्छन्, छैनन् दमकल
२४ वैशाख २०८१
•
४ मिनेट पाठ
बस्ती जलिरहन्छन्, छैनन् दमकल
गत १५ गते बंगलाचुली गाउँपालिका–८ स्थित डाँगीबारीमा आगलागीबाट तीन घर जले। स्थानीय वनमा लागेको आगो बस्तीमा सल्कियो। गाउँलेहरूले आगो निभाउनका लागि बाल्टिनबाट पानी हाले, तर सल्लाघारीमा रहेको यो बस्तीका घरमा लागेको आगो त्यो पानीले निभेन। आगो निभाउनका लागि पायकमा दमकल भएन।




‘दमकल भइदिएको भए आगो नियन्त्रणमा लिन सकिने थियो,’ वडाध्यक्ष झवीन्द्र शाह भन्छन्, ‘दमकल भएन, आगो निभाउन सकिएन।’

खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ। तर यो जोखिमलाई दृष्टिगत गरेर  पूर्वतयारी गरेकै छैन गाउँपालिकाले। आगलागीको सम्भावित जोखिम टार्नका लागि स्थानीय सरकारले अहिलेसम्म दमकल खरिद गरेकै छैन। न त यति अत्यावश्यक विषयमा गाउँसभामै कुरा उठ्छ।

‘अहिलेसम्म गाउँसभामा यो कुरा राखिएन, तर अहिले दमकलको आवश्यकता महसुस भयो,’ शाहले भने, ‘अब यो आवश्यकतालाई दृष्टिगत गरेर दमकल व्यवस्थापन बारेमा जोडदार रूपमा कुरा उठाउने छौं।’

स्थानीय तहमा जनप्रतिनिधि आएको यो दोस्रो कार्यकाल हो। यो अवधिसम्म बंगलाचुलीले वडा नम्बर ८ मै बडेमानको भ्युटावर निर्माण गरेको छ। करोड हाराहारीमा लगानी गरेर भ्युटावर निर्माण गरेको गाउँपालिकाले बिपत्तिका बेला बस्ती जोगाउने दमकल खरिद गर्ने भेउ भने पाउनै सकेन।

गाउँपालिकाले अहिलेसम्म दमकल खरिदको योजना बनाउनै सकेको छैन। महँगो पर्ने भएकाले खरिदको कुनै प्रक्रिया नै थालनी नगरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए।

‘महँगो पर्ने भएकाले दमकल खरिदको योजना पालिकाले बनाउन सकेको छैन,’ पौडेलले भने, ‘करोडभन्दा माथि बजेट लाग्ने भएकाले यसको खरिदको तयारी वा प्रक्रिया केही पनि गरिएको छैन।’ तर यो पालिकाले अघिल्लो कार्यकालमा दमकल खरिद नगरेर करोड लागतमा भ्युटावर निर्माण गरेको छ।

राजपुर गाउँपालिका–७ हाडबास गाउँमा पनि केही दिनअघि भीषण आगलागी भयो। वनबाट लागेको आगो बस्तीमा सल्किँदा २४ घर ध्वस्त बने। पालिकाको पश्चिमी क्षेत्रमा रहेको हाडबासमा लागेको आगो स्थानीयले निभाउने प्रयास त गरे तर जोडतोडले लागेको हावाले आगो बस्तीभरि फैलियो र गाउँ नै सखाप बन्यो।

आफ्नो वडामा लागेको आगो निभाउन छिमेकी स्थानीय तहगढवा गाउँपालिकाले दमकल पठाइदियो। तर, आफ्नो वडामा लागेको आगो निभाउन राजपुर गाउँपालिका आफैंले सकेन, किनकि यो पालिकासँग पनि दमकल छैन।

‘हाम्रो पालिकामा दमकल छैन, ७ नम्बर वडाको हाडबासमा लागेको आगो निभाउनका लागि हामीले गढवा गाउँपालिकासँग समन्वय गरेका थियौं,’ गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले भने। आगो निभाउन गढवाबाट हाडबास कुदेको दमकल बीचबाटोबाटै फर्कियो। आगलागी भएको बस्तीसम्म पुग्नका लागि बाटो नै थिएन।

‘गढवा गाउँपालिकाको दमकल आगो निभाउनका लागि गयो, तर आगो लागेको बस्तीसम्म पुग्नै सकेन,’ रेग्मीले भने, ‘बाटो नभएका कारण दमकल बीचबाटोबाटै फर्कियो।’

अहिलेसम्म दमकलको व्यवस्थापन गर्न नसकेको यो गाउँपालिकाले दमकल रहेका छिमेकी पालिकाहरू गढवा गाउँपालिका र लमही नगरपालिकासँग सहयोग माग्दै आएको छ। तर पालिकाले दमकलको व्यवस्थापन अपरिहार्य देखेको भने छ।

‘अहिलेसम्म दमकल खरिदका लागि पालिकाबाट कुनै योजना बनेको थिएन,’ रेग्मीले भने, ‘अहिले भने दमकल खरिद गर्ने योजना बन्दैछ, सानो भए पनि दमकलको व्यवस्थापन हुनुपर्ने आवश्यकता बोध गरेर यसको खरिदको तयारीमा पालिका जुटेको छ।’

कुल १० स्थानीय तह रहेको जिल्लामा दमकल भने ४ वटा मात्रै छन्। जिल्लाका घोराही उपमहानगरपालिकामा एउटा, तुलसीपुर उपमहानगरपालिकामा एउटा, लमही नगरपालिकामा एउटा र गढवा गाउँँपालिकामा एउटा गरि जिल्लाभर चार दमकल मात्रै छन्।

बाँकी ६ स्थानीय तहले भने अहिलेसम्म पनि आगलागी नियन्त्रण गर्ने अत्यावश्यक साधन दमकल खरिद गरेका छैनन्। बरु करोडौं लागतमा भ्युटावर ठड्याएका छन्। जिल्लाका राप्ती, राजपुर, बंगलाचुली, दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाले जनप्रनिधि आएदेखि अहिलेसम्मको अवधिमा पनि दमकल खरिद गर्न सकेका छैनन्।

पालिका क्षेत्रमा कतै आगलागी भएको खन्डमा उनिहरूले दमकल रहेका स्थानीय तहहरूसंग सहयोग माग्ने गरेका छन्। ‘हाम्रो पालिका क्षेत्रमा कतै आगलागी भयो भने तुलसीपुर उपमहानगरपालिकासँग दमकल सहयोग माग्ने गरेका छौं,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले भने पालिकाको आफ्नो दमकल छैन।’

यो पालिकाले दमकल खरिदका लागि अहिलेसम्म कुनै तयारी थालेन। आगामी वर्षमा भने यसको तयारी थालिने पाण्डेले बताए।  

जिल्लामा आगलागीबाट ठूलो क्षति रोक्न प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य देखिन्छ। प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्लाका सबै स्थानीय तहमा एउटा÷एउटा दमकल भएको अवस्थामा आगलागीको विपद् नियन्त्रणमा सहज हुने बताए।

‘जिल्लामा देखिएको आगलागीको अवस्थालाई हेर्ने हो भने प्रत्यक स्थानीय तहमा एउटा÷एउटा दमकलको व्यवस्थापन हुनु पर्ने देखिन्छ,’ सुवेदीले भने, ‘स्थानीय तहले दमकल खरिदको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस