सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’
१५ वैशाख २०८१
•
५ मिनेट पाठ
सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।




तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो। यही वैशाख २६ गते विशेष समारोहबीच सुरुङ छिचोलिने छ। सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यही वैशाख २६ गते सुरुङको ब्रेक थ्रू गर्नेछन्। ब्रेक थ्रूको आवश्यक तयारी भइरहेको छ।

‘प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु कार्यक्रममा सहभागी हुनुहुनेछ’, उनले भने।

रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ। यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनेछन्।

सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो। भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो। सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए।

सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ। सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ।’

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ। भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो। उपकरण प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ।

नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरुणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन निर्देशन दिएका छन्।

सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ। थप जनशक्ति परिचालन गर्न र आवश्यक समन्वय गर्न निर्माण व्यवसायीलाई उनले निर्देशन दिएका छन्।

निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार नै सुरुङ निर्माण सम्पन्न भएको हो।

प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुमगन भइरहेको छ।

आयोजना प्रमुख बरालका अनुसार २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ रहेको छ। नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो।

यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो। पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन।

बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन्। निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न पटक पटक निर्देशन दिइएको छ।

विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ। प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ। सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ।

हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ। बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको भनाइ छ।

यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटक पटक समस्या देखिएको थियो। सुनकोसी गाउँपालिका– ७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ। त्यस्तै सो आयोजनाबाट ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन हुनेछ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो। बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ।

विसं २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार चनाखो देखिएको छ।

सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्यतराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ। त्यसले खाद्यान्न उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ।

सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ। टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइएको छ। –रासस
अर्को समाचार
लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
१५ चैत्र २०८०
•
५ मिनेट पाठ
लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ। उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला,बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ। लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन्।




बागलुङमा करिब एक सय ४२ किलोमिटर फैलिएको लोकमार्गले काठेखोलाको बिहुँ खण्डअन्तर्गत १२ किमीबाहेक सबै कालोपत्र भइसकेको छ। लोकमार्ग विस्तार र स्तरोन्नति भएसँगै छेउछाउमा बस्ती निर्माण हुँदै गएका छन्। बागलुङ दशकौँ अगाडि पनि बजार र बाक्लो बस्ती भएको क्षेत्र थियो। पछिल्लो समय काठेखोलाको अक्षते, गलकोटको हटिया,बडिगाडको हाँडीखोला, खर्बाङ,न्वारा, खौलारा, खारा, भीमगिठे, निसीखोलाको देवीस्थान, खाडु, जुग्जाखोला, ढुवाखोर, झिवाखोला, कानाबर, निसी, भल्कोट, सीप हुँदै पातीहाल्नेमा पनि बस्ती विस्तार हुँदै गएका हुन्।

विकासको दृष्टिकोणमा पश्चिम बागलुङका सबै पालिका पछाडि रहेकामा मध्यपहाडी लोकमार्गसँग जोडिएपछि यहाँ विकासले गति लिन थालेको स्थानीय पदमबहादुर खत्रीले बताए। उनका अनुसार पछिल्ला केही वर्षयतादेखि बढ्दो बसाइँसराइ कम भएको छ।  जिल्लाकै सबैभन्दा विकट मानिने निसीखोला क्षेत्रका लागि लोकमार्ग वरदान सावित भएको छ। धेरैजसो ठाउँमा बस्तीसँगै बजारसमेत बस्न थालेका छन्। बस्ती विस्तार हुन थालेपछि लोकमार्ग छेउछाउका जग्गाको मूल्यसमेत आकासिएको स्थानीय बताउँछन्।

गलकोटको हटियामा एक दशक अगाडि थोरै घर र सानो बजार थियो। बजार नजिकका जग्गामा धानखेती हुन्थ्यो। अहिले धान उत्पादन हुने खेत ठूला–ठूला कङ्क्रिटका घरले भरिएका स्थानीय खत्रीले बताए। उनका अनुसार जिल्लाको तेस्रो ठूला बजारका रूपमा हटिया क्षेत्र विस्तार भएको छ। घर तथा अन्य भौतिक संरचना निर्माणका लागि खाली जग्गा पाउनै गाह्रो हुन थालेको उनी बताउँछन्।

करिब १५ वर्ष अगाडिसम्म सुनसान हुने हटिया बजारमा अहिले चहलपहल निकै बढेको खत्रीले बताए। लोकमार्गले जोडिएर कालोपत्र भएपछि गाउँबाट धमाधम हटिया झरेर बस्न थालेका उनले बताए। ‘विकास हुन धेरै समय लाग्दो रहेनछ। हेर्दाहेर्दै हटिया घरैघरले ढाकिएको छ। साँघुरो ठाउँ थियो,अहिले यहाँ खाली जग्गा कतै देखिँदैन। बजार परका खेत पनि घरले भरिन थालेका छन्’,खत्रीले भने ‘पहिला खेती हुने ठाउँ सबै मासेर अधिकांशले घर बनाउन थालेका छन्,विकास र सुविधाले बस्ती बाक्लिँदै छ।’

काठेखोला गाउँपालिका–२ अक्षतेमा डेढ दशक अगाडिसम्म धान, गहुँ र तोरी फल्ने खेत थियो। दुई–चार साना छाप्रा थिए। अहिले बजारको स्वरुप लिएको छ। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षतेको पछिल्लो एक दशकमा मुहार फेरिएको छ। लोकमार्ग छेउमै रहेको अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ।  

काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँहरू यही बजार हुँदै जानु पर्दछ। विसं २०५४ मा सडक सञ्जालसँग जोडिएको अक्षेत बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन। अहिले यहाँ घर, ठुल्ठूला भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भइरहेको स्थानीय मेखबहादुर भण्डारीले बताए। कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्नुपर्नेमा अहिले घरघरमै पाउन थालेको उनले भने।

अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायत गाउँका स्थानीयको नजिकको बजार बनेको भण्डारीको भनाई छ। गाउँ सडक सञ्जालसँग जोडिन थालेपछि चहलपहल बढ्न थालेको छ। स्थानीय भण्डारीले उदयीमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै स्थानीय निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए। हरेक वर्ष नयाँ घर बन्ने क्रम बढेको सुनाउँदै ढल व्यवस्थापन,खानेपानी तथा पूर्वाधार विकास, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनले बताए।

‘विकासको मेरुदण्ड सडक रहेछ, जब सडकले यो ठाउँ जोडियो, त्यसपछि यहाँ विकाससँगै बस्ती विस्तार हुँदै गए। अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ,यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो। यसअघि नुन, तेललगायत दैनिक उपभोग्य वस्तु ल्याउन पर्वतको कार्कीनेट वा बागलुङ बजार पुग्नुपथ्र्यो’,उनले भने ‘अहिले पहिलेजस्तो समस्या छैन, सबै सेवा सुविधा घरै अगाडि आएका छन्।’

बागलुङमा लोकमार्गको सबैभन्दा बढी खण्ड करिब ४० किमी निसीखोला गाउँपालिकामा पर्दछ। पाखुट्टेबाट पातीहाल्नेसम्म करिब दर्जन स्थानमा बजार बन्न थालेका छन्। निसीखोलाकै सबैभन्दा ठूला बजारका रुपमा झिवाखोलालाई लिइन्छ। झिवाखोला एक दशक अगाडिसम्म सुनासन थियो। स–साना काठ,माटो र ढुङ्गाले बनेका घर थिए। व्यापारीहरूले त्यही साना घरटहरामा दोकान राखेर सामान बिक्री वितरण गर्दथे।

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ। यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो। अहिले धानखेत घर तथा भवनले भरिएका छन्।  

पूर्वीरुकुम र रोल्पाको प्रवेशद्वारका रूपमा रहेको झिवाखोला पनि पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय प्रेम पौडेलले बताए। विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको उनी बताउँछन्।  

लोकमार्गले गर्दा सहरबजारमा पाइने सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरू बढेका पौडेलले बताए। लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइ नसक्नुभएको उनले जानकारी दिए।  

‘पहिले साना किराना पसलमात्रै थिए, त्यो पनि घोडा खच्चडमा सामान लिएर बेच्ने गर्थे, मानिसको आवतजावत पनि निकै कम थियो। अहिले बजार क्षेत्रमा मानिसको भीडभाड बढ्न थालेको छ, किनमेल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जानेहरू दैनिक यहाँ आउने गर्छन्’, पौडेलले भने,‘पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ। यहाँ वरपर घरघडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरी आउने पनि बढेका छन्।’

सबैभन्दा दुर्गम गाउँका रूपमा लिइने निसीमा पनि अहिले बजार बनेको छ। पहिले बुटवल,तानसेनलगायत ठाउँबाट सामान बोकेर उपभोग गर्ने गरिएकामा अहिले घर–घरमै पसल सञ्चालन हुन थालेका निसीवासी बताउँछन्। लोकमार्ग भएर पूर्वबाट पश्चिमतर्फ दैनिक दर्जनौँ गाडी गुड्छन्। पूर्वाधार विकास, सडक सञ्जाल विस्तारसँगै दुर्गम गाउँको परिचय बदलिँदै गएको छ। -रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस