काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भीर
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भीर
काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चौँरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको हो। 




जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित ८ जना महिला र २ जना पुरुष गरी १० जना घाइते भएका छन् । ३ जना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। घाइते हुनेमा चालक चौँरीदेउराली गाउँपालिका- ९ का ४० वर्षीय श्यामकुमार लामा, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ९ का ६८ वर्षीया सुन्तली खड्का, सोही ठाउँ बस्ने ४० वर्षीया अप्सरा कार्की, ४२ वर्षीया सीता पन्थ, पाचँपोखरी गाउँपालिका- ८ बस्ने ७० वर्षीया मानकुमारी खड्का, सिन्धुली मरिण बस्ने ५५ वर्षीया मनमाया माझी, काभ्रे चौँरीदेउराली गाउँपालिका- ६ बस्ने ४१ वर्षीय रामबहादुर माझी, चौँरीदेउराली गाउँपालिका- ९ बस्ने ५० वर्षीया राममाया लामा र काभ्रे तेमाल गाउँपालिका- ७ बस्ने ३२ वर्षीया सुनमाया लामा रहेका छन्।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुमो अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ।
अर्को समाचार
काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते
०६ वैशाख २०८१
•
१ मिनेट पाठ
काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते
काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्। बिहीबार बिहान साढे ११ बजेतिर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले  जनाएको छ।




भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुमोमा सवार १० यात्रुमध्ये ७ जना घाइते भएका छन्। घाइते हुनेमा सुमो चालक धनुषा जिल्लाको यज्ञभूमि नगरपालिका-८ का ५५ वर्षीय बुर्गा मगर, महोत्तरी बर्दिबासकी ५२ वर्षीया रासुदेवी महरा, बर्दिबासकी ४८ वर्षीया सुमिन्द्र देवी, महोत्तरीकी ३९ वर्षीया दुर्गा बराइली, सर्लाही लालबन्दीकी ३५ वर्षीया सबिना थपलिया, सबिनाका ८ वर्षीय छोरा सहन्या थपलिया र महोत्तरी–३ का ३४ वर्षीय सुमन बिक रहेका छन्। उनीहरूको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

बस चालकलाई भकुण्डे प्रहरी चौकीले नियन्त्रणमा लिइएको र यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस