सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण हुँदै
०३ वैशाख २०८१
•
२ मिनेट पाठ
सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण हुँदै
सहजपुर-बिपीनगर-बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ। सो सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असार मसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको हो।




निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटरमध्ये चुरे गाउँपालिका- १ शिवनगरमा तीन सय ५० मिटर विवादका कारण कालोपत्र हुन नसकेको पिएलआर–कुमार जेभीका आवासीय इञ्जिनियर पुष्पराज भट्टले बताए।

उनले चालु आर्थिक वर्षको असार मसान्तभित्रै उक्त सडक नेपाल सरकारलाई हस्तान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए। कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरु सबै सडक कालोपत्र गर्ने काम पूरा भइसकेको इञ्जिनियर भट्टले बताए।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडकखण्डमा सडक बोर्ड मार्किङ दुई महिनाभित्रै सम्पन्न गरिनेछ। उक्त सडकखण्डमा क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले  सडक निर्माण अवधि लम्बिएको इञ्जिनियर भट्टको भनाइ छ।

विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो। तर सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ। 

कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रका लागि २०१८ डिसेम्बर ५ म पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो।

सम्झौतानुसार सन् २०२१  जुन १७ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक-एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो। तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाएको छ। 

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ।

विसं २०४३ देखि सहजपुर-बिपीनगर-बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो। कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ।

आयोजना कार्यालयले सहजपुर-बिपीनगर-बोगटान दीपायलसम्म  सर्बे गर्ने क्रममा १०८ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ। -रासस
अर्को समाचार
जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन
०६ कार्तिक २०७८
•
३ मिनेट पाठ
जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन
भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा भारतले ८ अर्ब ७७ करोड रूपैयाँमा लगानीमा निर्माण गरेको ब्रोडगज रेलमार्ग शुक्रबार एक कार्यक्रमबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।




भारतीय इरकान इन्टरनेसनल लिमिटेडका प्रतिनिधिले रेल विभागका महानिर्देशक दीपककुमार भट्टराई र नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झालाई रेलमार्ग औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जयनगर–कुर्था रेलमार्गले नेपाल–भारतबिचको आर्थिक र सामाजिक सम्बन्धमा थप सहयोग पु¥याउने बताइन्। ‘नेपाल सरकारले पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्गलाई मुख्य प्रथामिकतामा राखेको छ,’ उनले भनिन्, ‘आवश्यक प्रक्रिया पूरा गरेर यो रेलमार्ग छिट्टै सञ्चालनमा ल्याउनेछौं।’ 

मन्त्री यादवले छिमेकी मुलुक भारतमा रेलमार्गको तीव्र विकास भएकाले पनि भारतीय अनुभव र सिपलाई नेपालको रेलमार्ग विकासमा उपयोग गर्दै अघि बढ्ने बताइन्। ‘भारतीय रेलमार्गको विकास विश्वमै लोभलाग्दो गतिमा भइरहेको छ,’ उनले भनिन्, ‘भारतीय रेलमार्गको अभ्यासलाई नेपालमा पनि भरपुर मात्रामा उपभोग गर्दै लैजानुपर्ने देखिन्छ। यसका लागि भारतको साथ र सहयोगको आवश्यकता पर्दछ।’ 

भारतीय राजदूत क्वात्राले जयनगर–कुर्था रेलमार्ग सञ्चालन भएसँगै दुवै मुलुकबिच सांस्कृतिक मात्रै नभएर आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताए। ‘रेलमार्गले भौतिक मात्र होइन, भावनात्मक रूपमा पनि दुवै मुुलुकबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ उनले भने, ‘नेपाल सरकारले आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सञ्चालनमा ल्याउँदा दुवै मुलुकलाई फाइदा पुग्छ।’ राजदूत क्वात्राले यो रेलमार्ग सञ्चालनमा आएसँगै दुई देशबिचको व्यापार र वाणिज्य गतिविधिलाई थप बढावा दिनुका साथै जनताबिचको सम्बन्धलाई पनि अझै सुदृढ पार्ने दाबी गरे।

भारत सरकारले पहिलो चरणमा जयनगर–जनकपुर–बर्दिबास ६८.७२ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको छ। हालसम्म जयनगर–कुर्थासम्मको ३४.९ किलोमिटर रेलमार्गको सम्पूर्ण भौतिक संरचना तयार भइसकेको छ। कुर्थादेखि डिजेलपुरासम्मको थप १७ किलोमिटर रेलमार्गको ब्रोडग्रेज लिक पनि अहिले लगभग ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। 

बाँकी डिजेलपुरादेखि बर्दिबाससम्मको १७ किलोमिटरको काम भने उत्साहजनक हुन सकेको छैन। यो रेलमार्ग जयनगर–बिजलपुर बर्दिबास रेलमार्गको एक खण्ड हो। विगतमा जयनगर–बिजपुराबिच न्यारो गज रेलमार्ग रहेको थियो। जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेसन र साना केही स्टेसन रहेका छन्। यो रेलमार्ग सञ्चालनमा आएसँगै नेपाल–भारतबिचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ।

सञ्चालन हुन अझै टुंगो छैन

रेलमार्गको लिक हस्तान्तरण भए पनि सो रेलमार्ग कहिले सञ्चालन हुने भन्ने अहिलेसम्म टुंगो लागेको छैन। नेपाल सरकारले करिब ८४ करोड रूपैयाँ लागतमा दुई थान रेल ल्याए पनि अहिलेसम्म सञ्चालन गर्न सकेको छैन।

भारतीय कोंकण रेल्वे कर्पाेरेसन कम्पनीले दुई थान रेल हस्तान्तरण गरेको लामो समय बिते पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन। कम्पनीले गत वर्ष नै रेल हस्तान्तरण गरेको थियो। नेपालमा अझै पनि रेल सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया र कर्मचारीको टुंगो नलाग्दा समस्या कायमै छ। 

रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले सो रेलमार्ग सञ्चालनमा रहेका तीनवटा बाधामध्ये अझै पनि कानुनको अभाव रहेको बताए। ‘यसअघि रेल सञ्चालन गर्न तीनवटा मुख्य समस्या रहेका थिए,’ उनले भने, ‘जयनगर–कुर्था रेल सञ्चालनका लागि स्ट्यान्डर्स अपरेटिङ प्रोसेडुर र रेलमार्ग हस्तान्तरण कार्यक्रम सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘अझै पनि नेपालमा रेलमार्ग सञ्चालनका लागि कानुनको अभाव रहेको छ। 

विभागीय मन्त्री पनि आइसकेकाले अब सम्भवतः रेलसम्बन्धी कानुन छिट्टै जारी भएर रेल सञ्चालन हुने आशा राखेका छौं।’  नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मै पाँचवटा सीमामा रेलमार्गको पूर्वाधार तयार पार्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। 
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस