सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइमा खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउन कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेतखेतमा गाउँपालिकाले सिँचाइ सुविधा पुर्याउने निर्णय गरेको हो।
४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन्, तर सिँचाइको विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेतीमा सिँचाइ गर्दै आएका थिए। यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो।
कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याइएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।
गत असारमा सम्पन्न १०औँ गाउँसभा बैठकबाट किसानले खेती सिँचाइ गर्दा उठेको महसुलको पचास प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय भएको अध्यक्ष चौधरीले बताए।
‘यो निर्णयबाट किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ’, अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतीप्रति किसानको आकर्षण बढ्ने छ।’
राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन्। छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन्।
राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। उनको स्वागतका लागि सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए। -रासस
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...