अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ७ जना घाइते
२८ चैत्र २०८०
•
१ मिनेट पाठ
अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ७ जना घाइते
अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको  पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो।




बिहान १० बजे घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी-८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परी २ जना बच्चासहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा भुमिकास्थान नगरपालिका-८ किमडाँडा बस्ने ३४ बर्षीय इश्वरी क्षेत्री उनकी श्रीमती ३० बर्षीय सम्झना क्षेत्री, छोरा २ बर्षीय ईभान्सी क्षेत्री रहेका छन्। यस्तै,कास्कीको पोखरा महानगरपालिका- १२ बस्ने ३० बर्षीय सबिता अधिकारी, सोही ठाउँका १५ बर्षीय प्रजोल कंडेल ४२ बर्षीय गिता कंडेल १० बर्षीय जेशन बस्नेत रहेका छन्। घाइतेहरुको अवस्था समान्य रहेको बताएको छ।

गाडी सडकबाट करिब १५० मिटर तल खसेको र घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको  बताइएको छ। घटनाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ। 
अर्को समाचार
जो बन्न चाहान्छिन् आमा....
२३ चैत्र २०८०
•
६ मिनेट पाठ
जो बन्न चाहान्छिन् आमा....
‘आहै १ कति प्यारो नानी’




भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन। चिकित्सकको पालो कुर्दै बसेकी उनी जुरुक्क उठेर तस्बिर भएतिर पुग्छिन्। औँलाले आकृति सुम्सुमाउछिन्। यतिले मात्रै उनको मातृत्व भरिँदैन। मोबाइलले तस्बिर खिच्न थाल्छिन्। हुन त उनको रहर काखैमा बच्चा समाउने,हुर्काउने थियो तर तस्बिर हेरेरै चित्त बुझाउनुपर्ने नियति छ। बिजुली बजारस्थित निःसन्तान केन्द्रमा बाँझोपनको उपचार गर्न आएकी उनी भन्छिन्,‘आमा बन्ने रहरले केसम्म गरिनँ। सन्तानको तिर्खाले मन भतभती पोल्छ,सताउँछ।’

अर्घाखाँची घर भएकी ४२ वर्षीया रीमालाई आमा बन्नुको पछाडि शारीरिक आवश्यकतासँगै सामाजिक बोझ समेत छ। सन्तान जन्माउन ढिलाइ भएकै कारण उनले परिवार र समाजमै विभेद् खेप्नुपरेको बताउँछिन्। सन्तान जन्माउने सपना बोकेर उनका दम्पतीसहित निःसन्तान केन्द्रमा धाउनुपरेको छ। उपचारका लागि छ महिनादेखि पालो कुरेर केन्द्र आउन आएको उनले बताइन्। ‘सकेसम्म प्रयास गर्छु,भइहाल्छ कि’,उनी भन्छिन्।  

सन्तानको सपना बोकेर आउनेहरुले उपचार केन्द्र भरिभराउ हुन्छ। आमा,बुबा बन्न सफल हुनुभएका पात्र देखेर कतिपय दम्पतीमा भरोसा जाग्छ। सर्लाहीकी भीमा साह सन्तानप्रति उनले सजाएका थुप्रै सपना छन्। कुनै दिन उनमा पनि आमा बनेर सन्तानसहित खिचेको तस्बिर सुत्ने कोठाको भित्तामा टाँस्ने रहर छ। त्यति मात्रै होइन, सबैभन्दा ठूलो रहर त उनले मातृत्व अनुभूति गर्नुछ। सुत्दा,उठ्दा,हिँड्दा,बोल्दा जहाँसुकै सन्तानकै पीडाले पिरोल्छ उनलाई। बिहे गरेको पाँच वर्ष नाघ्यो।  

भीमाका दम्पती निःसन्तान छन्। उपचारका लागि सामान्य खर्च गर्दै आए पनि के समस्या हो अझै पत्तो लागेको छैन। बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा उपचार गर्न आएका यी दम्पतीले सन्तानको रहर पूरा हुने वा नहुने उपचारकै क्रममा थाहा पाउने गर्छिन्। उनले जस्तै सन्तानको तिर्खा लिएर चिकित्सक कहाँ भौँतारिने दम्पती थुपै्र छन्।  

एक्लै हुँदा आफूलाई मात्रै यस्तो परेको जस्तो मानेकी ललितपुरकी जेनिसा श्रेष्ठ जब उपचार केन्द्रमा अन्य निःसन्तान दम्पती देखिन्छन्, मन शान्त पार्छिन्। २९ वर्षीया उनी सन्तान नभएकै कारण मायाले समेटिएको परिवारमा पीडा थपिएको अनुभव सुनाइन्। सन्तान जन्माउन नसकेपछि श्रीमानको अर्कै बिहे गरिदिने दबाब आएको उनले दुःखेसो पोखिन्। उनी भीनछन्, ‘एकारित बाँझो हुनुको पीडा छ,अर्कोतिर बेघर हुनुको डर।’  

सन्तानको तिर्खा एकातिर छँदैछ। सन्तान नहुँदा समाज र परिवारले दिने पीडा अर्को समस्या छ। खासगरी महिलाले निःसन्तान हुनुको बोझ बढी झेल्नुपर्छ। उनी निःसन्तान छिन्। बिहे गरेको थुर्पै वर्ष पुग्दा पनि उनी आमा बन्न सकेकी छैनन्। परिवारमा ‘बाँँझी आइमाई १ अलच्छिनी आइमाई’ भन्दै दुव्र्यवहार गर्न थालेँ। छोरीको माया गर्ने थलो भनेको माइतीघर हो। उनी त्यहीँ विश्वासका साथ सानीआमाको छोरीको बिहेमा पुगेकी थिइन्। उनीउत्साहित हुँदै जन्ती ल्याउन अघि सर्न नपाउँदै, उनीकी सानी आमाले सबैको अगाडि समाएर घिसार्दै तानिन्।  

‘यस्तो विवाहको अवसरमा तँ बाँझी आइमाई अगाडि देखा परेर अपसगुन गरिस्। तँ अलच्छिनीले गर्दा अब बहिनीको पनि बच्चा हुँदैन’भनेर गाली गर्दै कुटपिट गरिन्। घरमा सासू लगायतले दिने यातना त छँदै थियो माइतीमा पनि यस्तो अपमान र यातना पाएपछि उनलाई सहन नसक्नु भयो। सिधै त्रिशूलीतिर हामफाल्न कस्सिइन्। समाजले न मर्न दिन्छ,न बाँच्न नै उनी भन्छिन्,‘एकजना गाउँकै भाइले देखेर बचायो।’

सन्तान नहुनुमा दोष उनको मात्रै छैन। कुलत र धुप्रपानमा फसेका श्रीमानमा शुक्रकिट कमी हुनाका साथै उनको अण्ड विकास कमजोर छ। दम्पती दुवैको समस्याले सन्तान नजन्मिएको हुँदा समाजले महिलालाई नै दोषी ठहर गर्ने पितृसत्तात्मक सोचको सिकार उनी भएकी छन्।  

डा.उमा श्रीवास्तवका अनुसार सन्तान नहुनुको सामाजिक विभेदमा सबैभन्दा बढी महिला पर्छन्। ६० वटा मुद्दामा एकजना मात्रै पुरुष पीडित छन्। नभए सबै महिला सामाजिक र पारिवारीक चपेटामा परेको अवस्था छ। सन्तान नभएकै कारण ‘बाँझी आइमाई’भन्दै सरापेर नन्दले तातोपानी खनाइदिएको घटना डा.श्रीवास्तवले पीडितबाट सुनेको बताए।  

श्रीमानबाट सन्तान नहुने सम्भावना देखिएमा पत्नी अझै पीडित हुन्छन्। कतिपय श्रीमान्ले आफू सन्तान उत्पादन गर्न नसक्ने अवस्था लुकाउन तीनजना पत्नी बिहे गर्न पछि नपरेको उदाहरण छन्। डा.श्रीवास्तवका अनुसार पत्नी पढेलेखा शिक्षित र सुन्दर थिए। श्रीमानको कुनै राम्रै व्यवसाय छ। उनी काठमाडौँ बाहिरबाट आएकी थिइन्।  एक सन्दर्भमा श्रीमतीले ‘मभन्दा अघिकी श्रीमती बच्चा नहुँदै छोडेर गएपछि उनले मलाई बिहे गरेको’भनिन्। श्रीमतीले खुलेर कुरा गरिन् तर श्रीमान् अलि अनकनाउँदै रहेछन्।  

यसअघि धेरै वर्षपहिले उनी दोस्रो पत्नी लिएर क्लिनिकमा निःसन्तान उपचार गर्न आएकी थिइन्। त्यतिबेला नै चिकित्सकले तपाईंको शुक्रकीट उत्पादन हुँदैन, वीर्यदाताबाट सन्तान जन्माउन सकिन्छ भन्दै सल्लाह दिएका थिए। त्यो सल्लाहले ती पुरुष रिसाएर अस्वीकार गरे। आफू सन्तान उत्पादन गर्न सक्षम भएको दाबी गर्दै उनले फेरि अर्को बिहे गरेछन्। तेस्रो पत्नीका साथ पुनः क्लिनिकमा उपचार गर्न आएपछि डा.श्रीवास्तवले त्यही सल्लाह दिएको बताए। उनी भन्छन्,‘पितृसत्तात्मक सोचले पुरुषले यथार्थ स्वीकार गर्दैनन् जसको मर्कामा महिला परेका छन्।’

नेपाली समाज बाँझोपन ठूलो समस्याका रुपमा देखापरेको छ। निःसन्तान केन्द्रकी चिकित्सक डा उमाले केही वर्षयता निःसन्तानको समस्या बढ्दो रहेको बताइन्। विश्वभरि नै प्रत्येक दिन छ जनामध्ये एक जनामा बाँझोपन भएको उनी सुनाउछिन्। ढिलो विवाह,खानपान, परिवार नियोजनका अस्थायी साधनको अत्याधिक प्रयोगलगायत थुप्रै कारणले बाँझोपन निम्तिएको डा.श्रीवास्तवको ठहर छ।  

आमा बन्ने मोह र सामाजिक दबाबमा परेर महिलाले सन्तानको इच्छा पूरा गर्न अनेक कष्ट र चुनौती पार गर्नुपर्ने हुन्छ। यसको पछिल्लो उदाहरण हो थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी गरेर लगेकी एक महिलाको मर्मस्पर्शी घटना। पटकपटक सन्तान गर्भपतन भएको पीडासँगै बच्चा नभएर घरै फर्किन नसक्ने स्थिति भोग्दै आएकी ती महिलाले बच्चा चोर्नुबाहेक कुनै उपाय नदेखेको बताएकी थिइन्।  

टेस्ट्युब बेबीको अवधारणालाई नेपालमा प्रयोग गरेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार बाँझोपनको पीडा सामान्य होइन। महिलाले यो समस्याबाट धेरै दुःख र यातना उाएको छ। विसं २०४० यताको तथ्याङ्क हेर्ने हो भने बाँझोपनको दर उकालो लागेको डा.रिजालको ठम्याइ छ।  

झन्डै १० वर्षअघिको आँकडा हेर्दा १५ प्रतिशत निःसन्तान समस्या देखिएको थियो। यो तथ्याङ्क बढेर २२ प्रतिशत पुग्न लागेको उनी बताउछन्। ‘वैदेशिक रोजगारमा जाने श्रीमान् र ढिलो विवाह गर्ने महिलाको सङ्ख्या बाँझोपनको मूल समस्या बन्दै गएको छ’,उनी थप्छन्, ‘साथै अनधिकृत औषधि सेवनले पाठेघर कमजोर बनाउँदैछ।’

डा.रिजालका अनुसार वैदेशिक रोजगारमा जाने पुरुषले आधा प्रजनन क्षमता हुने समय उतै खर्चिन्छ। चिता र जिम्मेवारीको बोझ थपिँदा प्रजनन शक्ति झनै क्षीण हुन्छ। यता महिलाको उपयुक्त प्रजनन उमेर २५ देखि ३५ वर्षभित्र प्रचुर मानिन्छ। ढिलो विवाह,श्रीमान् विदेशीलगायत समस्याले बाँझोपन निम्तिने कारण रहेको उनी बताउँछन्।  

निःसन्तान महिलाले आमा बन्ने सामाजिक दायित्वको बोझ उठाउनुपर्ने हुँदा उनीहरुको मनोवैज्ञानिक उपचार आवश्यक छ। डा.रिजाल थप्छन्,‘सन्तान नजन्माएकै कारण महिलाले तिरस्कार सहनुपर्छ। यो उनीहरुमाथि समाजले गरेको दुव्र्यवहार हो। सामाजिक सोच, व्यवहार र प्रजनन स्वास्थ्यप्रति गम्भीर नबन्ने हो भने भोलि यसले समाजमा ठूलै समस्या ल्याउन सक्नेतर्फ समयमै ध्यान जान आवश्यक छ।-मधु शाही / रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस