इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्त्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ। प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाइमा फेला परेको हो।
वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन्। खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाइमा भेटिनु निकै महत्त्वपूर्ण उपलब्धि भएको बताए।
‘यो कुकुर प्रायः तराईमा मात्र पाइन्छ भनिन्छ तर कसैसँग यसको फोटो छ कि छैन, मलाई जानकारी भएन,’ खरेलले भने, ‘यो चाहिँ निकै इम्पोर्टेन्ट रेकर्ड हो। बरु स्याल देखिन्छ, फ्याउरो, दुम्सी, मृग देखिन्छ तर ‘वाइल्ड डग’ नेपालको त्यो हाइटमा देखिनु ज्यादै नौलो हो। यो सामान्य विषय होइन।’
खरेलले कुकुरको यो प्रजातिले जिउँदो प्राणीलाई सामूहिक रूपमा चिथोरेर, मारेर खानेगरेको विशेषता सुनाए। ‘यसले अरू प्राणीलाई एक्लै होइन, परिवारै मिलेर आक्रमण गर्छ,’ उनले भने, ‘हामीसँग यसको फोटो सुरक्षित छ।’ स्थानीय नेचर गाइड दाबाछेतेन शेर्पाले यो जनावर देखिनु महत्त्वपूर्ण भएको बताए। ‘हाम्रो ठाउँमा यो उचाइमा महत्त्वपूर्ण उपलब्धि भएको छ,’ उनले भने।
सन्दकपुर गाउँपालिका-५ का वडा सदस्य कुमार गुरुङले आफ्नो गाउँमा जंगली कुकुर फेला पर्नु र तस्बिरसमेत खिच्न पाउनुले जैविक विविधताको महत्त्व बढाएको बताए।
‘हाँगेथाम क्षेत्र चरा र दुर्लभ जनावरका लागि निकै संवेदनशील ठाउँ हो,’ उनले भने, ‘यही ठाउँमा जंगली कुकुर भेटिनुले यहाँको जैविक विविधताको परिचय दिएको छ, पर्यटकीय सम्भावनाको उजागर पनि गरेको छ।’ गुरुङले यो क्षेत्रको जैविक विविधताको थप अध्ययन आवश्यक रहेको पनि बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...