आमाको हत्या आरोपमा छोरा पक्राउ
१९ चैत्र २०८०
•
१ मिनेट पाठ
आमाको हत्या आरोपमा छोरा पक्राउ
आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्खेलका २६ वर्षका मिलन गमाल रहेका छन्।




उनले फागुन २९ गते आफ्नै ४७ वर्षीया आमा ज्ञानीमायालाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। ज्ञानीमाया ३० गते बिहान आफ्नै घरभित्र बन्द कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको क्रममा फोरेन्सिक मेडिसिन विभाग त्रिभुवन शिक्षण अस्पताल काठमाडौँको रिपोर्टमा कसैले घाँटी थिचेर हत्या गरेको देखिएपश्चात प्रहरीले सूक्ष्म अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

अनुसन्धानको क्रममा उनकै छोराले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ‘घटनास्थलमा शवको प्रकृति हेर्दा शंका गर्ने केही आधारहरू थिए। मृतकको शव परीक्षणका लागि फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाइएको थियो। पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि थप अनुसन्धान गरेका हौँ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले भने, ‘अनुसन्धानको क्रममा मृतककै छोराको संलग्नता देखिएको हो।’

फागुन २९ गते भारततिर रोजगारीका लागि जान्छु भनेर हिँडेका मिलनले मदिरा सेवन गरी बेलुका गाउँमै सुतेको र राति घरमा गएर आमाको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको भण्डारीले बताए। हत्या पश्चात् आमाको मोबाइल समेत लिएर झ्यालबाट बाहिर निस्केर काठमाडौं गएर लुकेर बसेको प्रहरीले बताएको छ। हत्याको कारण भने नखुलेको डिएसपी भण्डारीले बताए। प्रहरीले गमाललाई काठमाडौँबाटै पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। 
अर्को समाचार
आमाको हत्या आरोपमा छोरा पक्राउ
०३ साउन २०८०
•
१ मिनेट पाठ
आमाको हत्या आरोपमा छोरा पक्राउ
भक्तपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय अर्जेस बस्नेत रहेका छन्।




उनलाई काठमाडौँ टोखास्थित नव उपकार नेपाल संस्थाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। प्रहरी सहायक निरीक्षक माधवकुमार अधिकारीसहितको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई हाल वृत्त ठिमीमा राखिएको छ।

प्रहरीका अनुसार २०७९ फागुन २७ गते अन्दाजी साढे १० बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका-२ अनन्तलिंगेश्वरस्थित राजेन्द्र यादवको घरमा डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका-४ स्थायी घर भएकी ५५ वर्षीय उषा थापा बस्नेत बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई छिमेकीले बेहोस अवस्थामा फेला पारेका थिए।

त्यसपश्चात् उनलाई तत्काल उपचारको लागी आरोग्य अस्पताल चारदोबाटो लगिएको थियो। थप उपचारको लागी सोही वर्ष फागुन ३० गते काभ्रे साँगास्थित स्पाईनल ईन्जुरी अस्पतालमा थेरापी गराइएकाे र २०८० जेठ २९ गते पुन: थप उपचारको लागी शिर मेमरीयल अस्पताल बनेपा रिफर गरिएकाे थियो।

उपचारको क्रममा जेठ २९ गतेको दिन अन्दाजी नौ बजेर ४८ मिनेटमा उनको मृत्यु भएको थियो। घटना सम्बन्धमा मृतकका छोरा वर्ष २८ को प्रवेश बस्नेतले असार १७ गते निजको सहोदर दाजु  ३० वर्षीय अर्जेस बस्नेतलाई प्रतिवादी बनाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा वृत्त ठिमीमा किटानी जाहेरी दिएका थिए।

साेही आधारमा प्रतिवादी अर्जेस बस्नेतलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस