गत चैत २ गते कालिकोटको खाँडाचक्र नगरपालिका– ५ मा रहेको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा स्थानीय ५० वर्षीय नन्दराम चौंलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती चौंलागाईं गम्भीर घाइते भएकी थिइन्।
स्थानीय सामाजिक अभियन्ताहरूले आमाछोरीको उपचारमा लागि सहयोग संकलन थाले। तर दुर्भाग्य दुवै जनाको ज्यान बचेन। उनीहरुको उपचारका लागि सङ्कलित रकम भने आइतबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
स्थानीय सामाजिक अभियानताका रुपमा चिनिएका व्यवसायी हीरामणि चौलागाई सहितको टोलीले उपचारका निमित्त दुई लाख ४० हजार रकम संकलन गरेका थिए। सोही रकम आइतबार १३ औँ दिनको तिथिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
अभियन्ता चौलागाई भन्छन् ‘उपचारको समयमा पनि हामी सकेको रकम संकलन गरेर हस्तान्तरण गरेका थियौं। दुखदको समयमा सानो, ठुलो रकम सहयोग गर्न सबै सहयोगी मनहरूलाई धन्यवाद दिन्छु।’
साथै खाँडाचक्र नगरपालिकाले पनि पीडित परिवारलाई ३ लाख ८० हजार बराबरको चेक हस्तान्तरण गरेको छ।
चैत २ गते वनमा अन्धाधुन आगलागी भएको थियो। आफ्ना बाख्रा सुरक्षित छन्, छैनन् भनेर हेर्न जाने क्रममा आमाछोरी आगोको चपेटाका परेका थिए।