बेलायतबाट फर्किएका निर्मल पुष्प व्यवसायमा भविष्य खोज्दै
१८ चैत्र २०८०
•
६ मिनेट पाठ
बेलायतबाट फर्किएका निर्मल पुष्प व्यवसायमा भविष्य खोज्दै
बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय समालेका छन्। हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो। यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यहीँ व्यवसायमा लागेका हुन्।




निर्मल भन्छन्,‘सानैदेखि हजुरआमा र मामाले नर्सरी व्यवसाय गरेको देखेर यसलाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ।मलाई पनि राम्रै लाग्यो। बेलायतमा पढेर फर्किएपछि म पनि यसैमा लागेको छु।अहिले त हजुरआमालाई सघाउँदैछु, खुसी छु। मलाई लाग्छ भोलिको मेरो पेसा यही हो।’

पछिल्लो समय पुष्प व्यवसायमा युवाहरुको आकर्षण बढेको देखिएको छ। निर्मल जस्तै अन्य धेरै युवा यो व्यवसायमा लागेका छन्। गत शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको नर्सरी प्रदर्शनीमा देखिएका यस्ता धेरै युवा छन्। जसले यो व्यवसायलाई भोलिको पेसा बनाएका छन्।  

‘पहिला त नर्सरी व्यवसाय गरेर परिवार पाल्न सकिएला भन्ने लागेको थिएन’,४० वर्षदेखि नर्सरी गर्दै आएकी निर्मलकी हजुरआमा राधिका भन्छिन्,‘निरन्तरको मिहेनतसँगै यो व्यवसाय फस्टाउँदै जान थाल्यो। अहिले यसैमार्फत आत्मनिर्भर भएकी छु,सन्तुष्ट छु।’

स्वदेशमा केही भविष्य छैन,अब विदेश पलायन हुनुको विकल्प छैन भनेर हतोत्साहित हुने युवालाई स्वदेशमा पनि मिहेनत गर्न सकेमा राम्रो भविष्य छ भन्ने पाठ सिकाउने राधिकाको सफलताको कथा पछ्याउँदै छन्। नाती निर्मल। ‘सबैको सपना विदेश जाने र उतै बस्ने भन्ने हुन्छ’,निर्मलले भने,‘मैले त विदेश पढेँ तर स्वदेशमा नै आफूलाई थाहा भएको व्यवसाय गर्न रुचि राखेर फर्किएको हुँ,मिहेनत गर्न सके स्वदेशमा आम्दानी र सन्तुष्टि दुवै छ।’

अहिले उनले ‘आइ एम अ गार्डेनर’ भन्दै यस व्यवसाय विस्तारको अभियानमा छन्। हाल उनको नर्सरीमा ४५ जनाले रोजगारी पाएका छन्। उनले अनलाइनबाट पनि विरुवा बिक्री वितरण गर्दै आएका छन्। हाल ज्ञानेश्वर,लबिममल ललितपुर,मल्किाटारमा व्यवसाय गरिरहेका उनले उपत्यका बाहिर पनि विरुवाहरु बिक्री गर्ने गरेका छन्।  

थापा जस्तै स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अर्को गतिलो उदाहरण हुन्। ललितपुरस्थित भैंसीपाटीका दीपेन्द्र तुलाधार। दीपेन्द्र पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्थेँ। कोरोना भाइरसको महामारीसँगै आर्थिक स्थिति ह्रासोन्मुख भयो। नेपालमा पनि बन्दाबन्दीसँगै कैयौँ उद्योग धरासायी बन्न थाले। विज्ञापन बजार पनि अस्तव्यवस्त हुन थाल्यो।  

उनका भाइहरु विदेश तिरै छन्। विज्ञापन एजेन्सी चल्न छोडेपछि उनलाई पनि अब विदेश नै जानुपर्छ भनेर आफन्त र साथीभाइले सुझाव दिन थाले। तर उनलाई लाग्यो विदेशमा पनि सजिलो कहाँ छ र स्वदेशमै विभिन्न विकल्प खोज्ने क्रममा उनले नर्सरी व्यवसाय रोजेँ। उनी भन्छन्,‘अहिले त राम्रै कमाइ भएको छ।’

भृकुटिमण्डपमा जारी पुष्प प्रदर्शनीमा शनिबार पुग्दा तुलाधार ग्राहकलाई फूल तथा नर्सरीका विरुवा बिक्रीमै व्यस्त थिए। प्रदर्शनीमा व्यापार बढाउनुपर्छ भन्ने त थियो नै कुन विरुवाको स्याहारसुसार कसरी गर्ने, कति समयमा कति मात्रामा पानी राख्ने रु भन्ने सीप सिकाउन उनी व्यस्त थिए।  

‘हामी फूल तथा नर्सरीका बिक्री त गरौँला,आफूबाट ग्राहकले किन्नुभएको विरुवा हेरचाह नपाएर मर्छ कि भन्ने पिर पनि लाग्छ। कुन विरुवालाई बाहिर तथा कुनलाई भित्र राख्ने रु कसरी सम्भार गर्ने ? भन्ने विषय पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छ। हामीसँग किनेर लगेका विरुवा राम्रोसँग हुर्किउन र नमरुन भन्नेमा पनि जानकारी पनि हामी दिन्छौँ’,उनले भने।  

उनले ग्राहकलाई सहज होस् भनेर उनले नर्सरीका लागि चाहिने सबै सामग्रीहरु एकै छानामुनि बिक्री गर्दै आएका छन्। ‘पहिला ग्राहकहरु नर्सरी किन्न एउटा ठाउँमा र गमला किन्न अर्को ठाउँमा जानु पर्दथ्यो’,उनले भने,‘कुटोलगायतका सामग्री किन्न जानुपर्ने झन्झटबाट मुक्त गराउन सबै सामग्री गमला घरमै बिक्री गर्दै आएको छु।’

तुलाधारका अनुसार होटल,रेष्टुरेन्ट,अफिस,अपार्टमेन्ट,घरभित्र सजाउन गमला अनिवार्य जस्तै भइसकेको छ। गमला नहुँदा शोभा नै दिँदैन,अनि बगैँचा मनोमोहक बनाउन पनि फूल र नर्सरीका विरुवा अनिवार्य भइसकेका छ,मानिसको सोख परिवर्तन भएसँगै प्लान्टहरुमा आकर्षण पनि बढ्दो गएको उनको भनाइ छ।

आज बुकी दिनु सट्टा कुनै पनि अवसरमा विरुवासहितको गमलाहरु दिने प्रचलन बढ्न थालेको उनी सुनाउछन्। बुकी छिटो ओइलाएर जाने हुँदा गमला दिएमा लामो समयसम्म रहने सोचले पछिल्लो समय बुकीको सट्टा गमला दिन र लिन रुचाइने गरेको उनको भनाइ छ। बिहान पूजा गर्नदेखि घर सजाउन,बिहे तथा व्रतवन्धमा मण्डपहरु सजाउन फूलको प्रयोग बढिरहेकाले अझै नर्सरी व्यवसायमा भविष्य देख्छन् तुलाधार।  

नर्सरी व्यवसायमै भविष्य  बनाइरहेका अर्को पात्र हुन्, सिर्जना फ्लावर नर्सरी भक्तपुरको नेत्रकुमारी खड्का। उनी विगत २६ वर्षदेखि निरन्तर यहीँ पेशामा सक्रिय छिन्। उनको नर्सरीमा दश जनाले रोजगारी पनि पाइरहेका छन्। पछिल्लो समय नर्सरीप्रतिको आकर्षण बढेसँगै बिक्री वितरण पनि बढिरहेको उनी सुनाउछिन्। ‘पहिला त कसले किन्छ होला र नर्सरीका विरुवाहरु रु यो व्यवसायबाट कसरी अघि बढ्ने होला भन्ने लाग्थ्यो रु सङ्घर्ष गर्दै जाँदा हुँदो रहेछ’,उनी भनिछन्,। ‘अहिले त यही व्यवसायबाट राम्रो आम्दानी भएको छ।’

व्यवसाय सन्तोषजनक भएरै होला उनको छोरा राजु पनि सोही पेशालाई नै निन्तरता दिने योजनामा छन्। राजु बिहानमा कलेज र दिउँसोको समयमा नर्सरी व्यवसायमै समय बिताउछन्। अरुका छोराहरु विदेश जान्छु भनेर झगडा गरिरहँदा आफ्नो छोरा भने स्वदेशमा नै यहीँ व्यवसायलाई निरन्तरता दिने सोचमा रहेकाले आफूलाई खुशी लागेको उनको भनाइ छ।  

दाहाल ट्रडिङ कन्सर्नका सञ्चालक दुर्गाप्रसाद दाहाल पनि विगत ४४ वर्षदेखि यहीँ पेसामा आवद्ध छन्। ‘पहिला त यो व्यवसायमा लाग्ने देशभर नै हामी दुई/तीन जना मात्रै थियौँ’,उनी भन्छन्,‘विस्तारै ग्राहकहरुले प्लान्ट खरिदमा अभिरुचि बढाएसँगै अहिले त धेरै जना यहीँ व्यवसायमा लाग्न थालेका छन्। अब बजारमा प्रतिस्पर्धा गर्न नै गाह्रो हुन थालिसक्यो।’ उनका छोरा आशीष पनि बुबाले रोज्नुभएको पेशामा सक्रिय बन्न थालेका छन्।  

उनीहरु त केही उदाहरणका पात्र मात्रै हुन्। नर्सरी व्यवसायमा लाग्ने अन्य थुप्रै व्यक्तिहरु छन्, जसले यहीँ व्यवसायमा भविष्य देखेका छन्। सुनौलो भविष्य देखेरै होला केही विदेशबाट फर्कर र केही अन्य पेशा छोडेर पनि यही पेशामा आवद्ध भएका छन्। नर्सरीमा फूल तथा अन्य विरुवाको मोह बढेसँगै यस व्यवसायमा लाग्नेहरु उत्साहित देखिन्छन्।  

मनीप्लान्ट रोप्दा लक्ष्मीको बास हुने मान्यताले कार्यालय तथा घरभित्र मनीप्लान्ट रोप्ने चलन छ। त्यस्तै विश्वास लक्की ब्याम्बो र नेकप्लान्टमा पनि छ। तुलसीलाई भगवान्को प्रतीकका रुपमा घरआँगनमा रापिन्छ। घरभित्र रोपिने विरुवाहरुले अक्सिजनको मात्रा बढाउने र स्वास्थ्य राम्रो हुने भएकाले पनि घरभित्र, घरबाहिर, छत तथा भर्‍याङमा गमलाहरुमा विरुवा रोपेर सजावट दिन थालिएको छ।  

वनस्पति विभागले पनि अध्ययन अनुसन्धानका लागि सहयोग गर्ने र कसरी त्यसको बहुउपयोगी बनाउने विषयमा तालिम दिन थालेको छ। कृषि वन उद्यानका रुपमा नर्सरी खेतीलाई लिन थालिएको छ। विऊबिजन तथा फूलहरुको निर्यात बढाउने लक्ष्यका साथ सबै अन्तरसरकारी निकायहरुबीच छलफल हुन आवश्यक रहेको बताउछन्,वनस्पति बिभागका महानिर्देशक डा.सञ्जीवकुमार राई। उनी भनछन्,‘हाम्रो आवश्यकता पूरा गर्न विदेशबाट बिउबिजन तथा विरुवाहरु आयात गर्छौं । यो बन्द गरेर नर्सरी खेती प्रवर्द्धनमार्फत निर्यात गर्ने लक्ष्य लिनुपर्छ।’  

कृषि क्षेत्रबाट आर्थिक अवस्था सदृढ गर्न नर्सरी खेती प्रवद्र्धन जोड दिन आवश्यक रहेको बताउछन्,पुष्प विकास केन्द्र गोदावारीका प्रमुख रवीन्द्र थापा। ‘हामी वार्षिक रुपमा रु साढे तीन अर्बको पुष्प र आलाङ्कारिक वस्तु आयात हुने गरेकामा त्यसलाई प्रतिस्थापन गर्न पनि स्वदेशमा फूल उत्पादन बढाउने गरी लागेका छौँ’,उनले भने। विभागले मन्दिरमा चढाएर फालिएका फूलहरुलाई कसरी धुप बनाउने ? भनेर तालिम सञ्चालन गरेपछि फोहोरलाई पनि मोहर बनाउन सकिएको उनले बताए।

विभागका उपसचिव देवीप्रसाद भण्डारीले व्यापार हुन नसकेका र मन्दिरमा चढाएर फाल्नुपर्ने सयपत्री फूलबाट ल्युटिन भन्ने रसाउन निकाल्ने र भिटामिन ‘ए’का रुपमा प्रयोग गर्नुका साथै कस्मेटिक समानहरु बनाउन पनि प्रयोग गर्न सकिने बताए। उनी भन्छन्, ‘फूलबाट सुगन्धित तेल निकाल्न सकिन्छ,सुकाएर धुप बनाउन पनि सकिन्छ,सुगन्धितजन्य पातहरु प्रयोग गरेर प्रफ्युम बनाउन सकिन्छ।-रासस
अर्को समाचार
पुष्प व्यवसायले अझै लय लिन सकेन
२५ असार २०७९
•
२ मिनेट पाठ
पुष्प व्यवसायले अझै लय लिन सकेन
कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन।




महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो। खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो। पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरुप हुन सकेको छैन।

कोरोना महामारीका समयमा भन्दा केही गतिविधि बढे पनि विगतको झैँ लय लिन नसकेको  फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ। व्यवसायीमा कारोनाको त्रास कायमै रहेकाले लगानी गर्ने वातावरण नबन्दा उत्पादनमा पनि कमी आएको छ। अर्कोतीर अहिले भएको आर्थिक मन्दीका कारण यस व्यवसायले अझै आम्दानीतर्फ फड्को मार्न नसकेको अध्यक्ष तामाङ बताउँछन्।

आर्थिक कारोबार कम भएकै कारण चालू आर्थिक वर्षमा तीन अर्बको कारोबारको लक्ष्य लिएको यस व्यवसायमा दुई अर्ब मात्र कारोबार हुने अवस्था छ। हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ। मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ। अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ। कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा झण्डै १५७ हेक्टरमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्। रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस