६६ सामुदायिक वनबाट डेढ लाख क्युफिट काठ कटान
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
६६ सामुदायिक वनबाट डेढ लाख क्युफिट काठ कटान
डिभिजन वन कार्यालय सिन्धुलीबाट यस वर्ष झन्डै डेढ लाख क्युफिट काठ कटान हुने भएको छ। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत पर्ने सामुदायिक वनबाट सो काठ कटान हुने भएको हो।  




डिभिजन वन कार्यालय सिन्धुलीअन्र्तगत पर्ने ६६ ओटा सामुदायिक वन उपभोक्ता समूहले कटान गर्न आदेश लिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ। दिगो  व्यवस्थापनअन्तर्गत पर्ने २९ ओटा सामुदायिक वनबाट ९७ हजार ३१६ दशमलव ८३ क्युफिट काठ कटान गरी संकलन गर्न आदेश भएको छ। वार्षिक स्वीकार्य कटानअन्तर्गत ३७ ओटा सामुदायिक वनबाट ५२ हजार ९२ दशमलव जिरो २ क्युफिट काठ कटान हुने भएको हो। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत ३१३ ओटा सामुदायिक वन उपभोक्ता समूहहरू पर्छन्।  

महाभारत क्षेत्रका सामुदायिक वनहरूले कटान आदेश नलिएकाले डिभिजन वन कार्यालयअन्तर्गत ६६ ओटा वन समूहले मात्रै कटान आदेश लिएका छन्। महाभारत क्षेत्रमा उत्तिस, चिलाउने सल्लालगायत जातका मात्रै काठ पाइने भएकाले उक्त क्षेत्रका सामुदायिक वन समूहले कटान आदेश लिने गरेका छैनन्। विशेषगरी साल जातका रुखहरू भएका सामुदायिक वन उपभोक्ता समूहले मात्रै काठदाउरा कटानका लागि आदेश लिएका छन्। ढलापढा र सुखडा तथा मर्न लागेका वयस्क अवस्थाका बुढो पुरानो रुखहरू सामुदायिक वन समूहले कटान गरी काठदाउरा संकलन तथा बिक्री गर्न आदेश लिएको डिभिजन वन कार्यालय सिन्धुलीका वन अधिकृत अरूणकुमार तिवारीले जानकारी दिए। उनका अनुसार सामुदायिक वनमा कटान आदेश भएका रुख धेरै अस्वस्थ भएकाले काठको भन्दा दाउराको मात्रा बढ्ने देखिएको छ ।

सबै सामुदायिक वन समूहले छपान कटान गरिसकेको र हाल कटान भएका रुख संकलन तथा घाटगद्दी गर्ने काम भइरहेको सामुदायिक वन समूहले जनाएका छन्। बुढा पुराना रुखले नयाँ बिरुवाको वृद्धि विकासमा बाधा पुग्ने भएकाले ढलापडा सुखडा रुखहरू काट्दै वनको थप संरक्षण गर्नुपर्ने सामुदायिक  वन समूहका पदाधिकारी बताउँछन्। सरस्वती सामुदायिक वन उपभोक्ता समितिका सचिव गंगाबहादुर सुनुवारका अनुसार जिल्लास्थित सामुदायिक वनमा अस्वस्थ रुख प्रसस्तै भए पनि त्यसको व्यवस्थापन हुन नसक्दा नयाँ रुख हुर्कन सकेका छैनन्। ‘वनमा भएका बुढा पुराना रुख जति काट्छौं, त्योभन्दा धेरै वृक्षरोपण गर्छौं,’ उनले भने, ‘कटान गरिएका काठ बेचेर वनकै संरक्षणमा खर्च गर्छौं। डिभिजन वन कार्यालयले कटान गर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्नयोग्य र मापदण्ड पूरा भएका रुख मात्रै कटान भएको जनाएको छ। हामी विभिन्न चरणमा अनुगमन गर्छौं, वन अधिकृत तिवारीले भने, ‘अनुगमनमा उपयुक्त नलागेमा हामी त्यस्ता रुख काट्न आदेश गर्दैनौं ।’
अर्को समाचार
६६ सामुदायिक वनबाट डेढ लाख क्युफिट काठ कटान
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
६६ सामुदायिक वनबाट डेढ लाख क्युफिट काठ कटान
सिन्धुलीकाे सरस्वती सामुदायिक वन उपभाेक्ता समूहमा कटान गरिएका रूखकाे फेद। तस्वीर: अनिल /नागरिक
डिभिजन वन कार्यालय सिन्धुलीबाट यस वर्ष झन्डै डेढ लाख क्युफिट काठ कटान हुने भएको छ। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत पर्ने सामुदायिक वनबाट सो काठ कटान हुने भएको हो।




डिभिजन वन कार्यालय सिन्धुलीअन्र्तगत पर्ने ६६ ओटा सामुदायिक वन उपभोक्ता समूहले कटान गर्न आदेश लिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ।

दिगो  व्यवस्थापनअन्तर्गत पर्ने २९ ओटा सामुदायिक वनबाट ९७ हजार ३१६ दशमलव ८३ क्युफिट काठ कटान गरी संकलन गर्न आदेश भएको छ। वार्षिक स्वीकार्य कटानअन्तर्गत ३७ ओटा सामुदायिक वनबाट ५२ हजार ९२ दशमलव जिरो २ क्युफिट काठ कटान हुने भएको हो। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत ३१३ ओटा सामुदायिक वन उपभोक्ता समूहहरू पर्छन्।

महाभारत क्षेत्रका सामुदायिक वनहरूले कटान आदेश नलिएकाले डिभिजन वन कार्यालयअन्तर्गत ६६ ओटा वन समूहले मात्रै कटान आदेश लिएका छन्। महाभारत क्षेत्रमा उत्तिस, चिलाउने सल्लालगायत जातका मात्रै काठ पाइने भएकाले उक्त क्षेत्रका सामुदायिक वन समूहले कटान आदेश लिने गरेका छैनन्।

विशेषगरी साल जातका रुखहरू भएका सामुदायिक वन उपभोक्ता समूहले मात्रै काठदाउरा कटानका लागि आदेश लिएका छन्। ढलापढा र सुखडा तथा मर्न लागेका वयस्क अवस्थाका बुढो पुरानो रुखहरू सामुदायिक वन समूहले कटान गरी काठदाउरा संकलन तथा बिक्री गर्न आदेश लिएको डिभिजन वन कार्यालय सिन्धुलीका वन अधिकृत अरूणकुमार तिवारीले जानकारी दिए। उनका अनुसार सामुदायिक वनमा कटान आदेश भएका रुख धेरै अस्वस्थ भएकाले काठको भन्दा दाउराको मात्रा बढ्ने देखिएको छ।

सबै सामुदायिक वन समूहले छपान कटान गरिसकेको र हाल कटान भएका रुख संकलन तथा घाटगद्दी गर्ने काम भइरहेको सामुदायिक वन समूहले जनाएका छन्।

बुढा पुराना रुखले नयाँ बिरुवाको वृद्धि विकासमा बाधा पुग्ने भएकाले ढलापडा सुखडा रुखहरू काट्दै वनको थप संरक्षण गर्नुपर्ने सामुदायिक  वन समूहका पदाधिकारी बताउँछन्।

सरस्वती सामुदायिक वन उपभोक्ता समितिका सचिव गंगाबहादुर सुनुवारका अनुसार जिल्लास्थित सामुदायिक वनमा अस्वस्थ रुख प्रसस्तै भए पनि त्यसको व्यवस्थापन हुन नसक्दा नयाँ रुख हुर्कन सकेका छैनन्।

‘वनमा भएका बुढा पुराना रुख जति काट्छौं, त्योभन्दा धेरै वृक्षरोपण गर्छौं,’ उनले भने, ‘कटान गरिएका काठ बेचेर वनकै संरक्षणमा खर्च गर्छौं।

डिभिजन वन कार्यालयले कटान गर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्नयोग्य र मापदण्ड पूरा भएका रुख मात्रै कटान भएको जनाएको छ। हामी विभिन्न चरणमा अनुगमन गर्छौं, वन अधिकृत तिवारीले भने, ‘अनुगमनमा उपयुक्त नलागेमा हामी त्यस्ता रुख काट्न आदेश गर्दैनौं ।’
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस