सवारी दुर्घटनाबाट दैनिक सरदर ७ जनाको मृत्यु
१५ चैत्र २०८०
•
३ मिनेट पाठ
सवारी दुर्घटनाबाट दैनिक सरदर ७ जनाको मृत्यु
नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। 




नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो।

नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रस्तुत गर्दै केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताएका हुन्।

उनले एक दिनमा ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको तथ्यांक प्रस्तुत गरे। नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका र ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको उल्लेख गर्दै एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवाना बापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजश्व उठाएको पनि जानकारी दिए।

‘सडकको डाटा हेर्दा खेरी नेपालमा ७७ हजार ३०२.६८ किलोमिटर सडक रहेको देखिन्छ। त्यो सडकमा दर्ता भएका सवारी साधन ६२ लाख ३८ हजार ३०१ सवारी साधन जम्मा दर्ता भएको छ। हाम्रो ट्राफिक प्रहरी जम्मा २ हजार ७७० जना छ।

दर्ता भएको सवारी साधनमा ट्राफिकको संख्या हेर्दा अनुपात एउटा ट्राफिकले जम्मा २ हजार २५२ सवारी साधन हेर्नुपर्ने देखिन्छ। घटनाहरु हेर्दा एकदिन भित्र ६५ वटा दुर्घटना हुने गर्छ। ८३ जना घाइते हुन्छ सरदर। एक दिनमा ७ जनाको मृत्यु भएको देखिन्छ सवारी दुर्घटनाबाट। हाम्रो ट्राफिक प्रहरीको सीमित जनशक्तिले पनि जम्मा २४ लाख ३१ हजार ५९३ लाई कारबाही गरिएको छ भने राजश्व १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ जरिवाना गरेर त्यति राजश्व उठाएको छ।’

प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेको अवधिसम्म ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताएको छ। जसमध्ये सबैभन्दा धेरै १७ हजार ३९७ अपराधको मुद्दा काठमाडौँ उपत्यकाका जिल्लाहरूमा दर्ता भएको जनाइएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९६५ अपराध दर्ता भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता ढकालका अनुसार देशभरमा बैङ्किङ कसुरका १३ हजार २७७ वटा मुद्दाहरू दर्ता भएका छन्। महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरु दर्ता भएको उनले बताए। जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदन दर्ता भई ८ हजार ३४९ निवेदनहरु मिलापत्र भएको छ।

जबरजस्ती करणीको मात्रै २ हजार ४६८ वटा मुद्दाहरू दर्ता भएको प्रहरीको भनाई छ। महिला तथा बालबालिका सम्बन्धी अपराधहरु सबैभन्दा धेरै मधेस प्रदेशमा दर्ता भएको प्रवक्ता ढकालले जानकारी दिए।

त्यसैगरी एक वर्षको अवधिमा आत्महत्याका ७ हजार १९४ घटनाहरु दर्ता भएका छन्। कोशी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३० वटा घटना दर्ता भएका छन्।

अपहरण तथा जबरजस्तीकरणी, जबरजस्तीकरणी गरी कर्तव्य, मानव बेचविखन तथा जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका अपराधहरु ५ हजार १५० वटा दर्ता भएका छन्।

सो प्रकारका घटनाहरु सबैभन्दा धेरै कोशी प्रदेशमा १ हजार ६६ वटा र सबैभन्दा कम गण्डकी प्रदेशमा ३१२ वटा दर्ता भएको प्रहरीले बताएको छ। त्यसैगरी लागु औषधको ४ हजार २८४ वटा मुद्दा दर्ता भई ६ हजार ५०८ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरीले विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत घटाइएका २१२ वटा विद्युतीय कसुर तथा साइबर अपराध दर्ता भएको जानकारी दिएको छ। एक वर्षको अवधिमा सहकारी संस्थामा भएका अनियमितता सम्बन्धी देशभरमा १४९ वटा मुद्दा दर्ता भई २७१ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सहकारी प्रकरणका १ हजार ११० जना प्रतिवादीहरु फरार रहेका छन्।

त्यसैगरी अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी १५२ वटा उजुरीहरु विभिन्न प्रहरी कार्यालयहरुमा परेकोमा १५ वटा उजुरीहरु दर्ता भई ६ वटा मिलापत्र भइसकेको र १४६ वटा अनुसन्धानको क्रममा रहेका छन्।
अर्को समाचार
२४ घण्टा, ६५ दुर्घटना, ७ को मृत्यु
१९ चैत्र २०८०
•
५ मिनेट पाठ
२४ घण्टा, ६५ दुर्घटना, ७ को मृत्यु
पोखरामा शनिबार दुर्घटनाग्रस्त बस। तस्बिर: रासस
नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले शुक्रबार दिएको जानकारीअनुसार दैनिक ६५ वटा सवारी दुर्घटनामा सरदर सातजनाको मृत्यु हुने गरेको छ भने ८३ जना घाइते हुने गरेका छन्।




सवारी दुर्घटनाको यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएकै भोलिपल्ट अर्थात् शनिबार अर्को डरलाग्दो दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा त्यसमा सवार एकै परिवारका पाँच जनाको मृत्यु भयो।

दुर्घटनामा परी गोरखा नगरपालिका–७ का नौ वर्षीय आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिमलको मृत्यु भएको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा एकजना बेपत्ता छन्। नौ वर्षीय बालकदेखि ७० वर्षीया वृद्धासम्मको मृत्युको दृश्य कारुणिक थियो। तर यो बढ्दो सवारी दुर्घटनाको अन्तहीन शृंखलाको एक कडी मात्र हो। दुर्घटनाका कारण बर्सेनि हजारौंले जीवन गुमाएका छन्। लाखौं घाइते भएका छन्। गम्भीर दुर्घटनाको कारण पत्ता लगाएर न्यूनीकरणको बाटोमा पुग्न राज्य अझै गम्भीर बन्न सकेको छैन।

सडक इन्जिनियर आशिष गजुरेल सरोकारवाला निकायले कामभन्दा पनि कुरा मात्र गर्ने प्रवृत्तिले दुर्घटनामा कमी आउन नसकेको सुनाउँछन्। ठुला दुर्घटनापछि ठुलै कुरा गर्ने र केही दिन बितेपछि बिर्सने प्रवृत्तिले दुर्घटनामा ब्रेक नलागेको उनको भनाइ छ। दुर्घटना न्यूनीकरणमा थुप्रै काम गर्नुपर्छ। तर तत्कालका लागि केही कामको थालनी गरिहाल्नुपर्ने उनी सुझाउँछन्। ‘तत्कालका लागि कम्तीमा यही बजेटमा पहाडी सडकमा बलिया रेलिङ राख्नुपर्‍यो,’ त्रिशूलीमा बस खसेका समाचार बारम्बार आएपछि उनले प्रतिक्रिया दिए, ‘त्यसो भयो भने कम्तीमा बस नदीमा खस्न पाउँदैन। जनधनको क्षतिमा कमी आउँछ।’

उनले चौबिसै घण्टा सवारीसाधनचाहिँ चल्ने तर सडक सुरक्षा हेर्ने जिम्मेवार निकायको अभाव रहने अवस्था दुःखद भएको उनले सुनाए। ‘एकले अर्कोलाई दोष देखाएर पन्छने चलन छ,’ उनले भने, ‘तर यसको जिम्मेवार पक्ष भनेको राज्य हो।’

गजुरेल नेपालमा हुने अधिकांश सवारी दुर्घटनाका कारण लापरबाही रहेको बताउँछन्। योजनाबद्ध तवरमा काम नगरिने भएक कारण दुर्घटनाको दीर्घकालीन समाधान निस्कन नसकेको उनको बुझाइ छ।

उनले भनेजस्तै सवारी नियमन गर्ने निकाय पनि प्रभावकारी बन्न सकेको छैन। नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका छन्। ट्राफिक प्रहरीको संख्या २ हजार ७७० छ। अहिलेको हिसाबमा एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारीसाधन हेर्नुपर्ने अवस्था छ। एकातिर प्रहरीको संख्यामा कमी अर्कातिर प्रविधि प्रयोगमा उदासीनता देखिनु दुर्भाग्यपूर्ण रहेको कतिपयको बुझाइ छ।

त्यस्तै नेपालको सडकको अवस्था पनि सन्तोषजनक छैन। कच्ची सडक कमजोर र पक्की सडक साँघुरा र घुमाउरा भएकाले जोखिम उस्तै रहेको देखिन्छ। ‘यही जोखिमयुक्त सडकमा पनि सवारी चलाउन तँछाडमछाड हुन्छ,’ गजुरेलले भने, ‘चलाउनेमा चेतनाको अभाव र  सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल भने सवारी दुर्घटनाका मुख्य कारक ‘मानवीय सीमितता’लाई ठान्छन्।

अहिले भएका दुर्घटनामा ९५ प्रतिशत मानवीय त्रुटि देखिनाले मूल कारक नै मानवीय सीमितता भएको उनको बुझाइ छ। ‘यसबाहेक सडक, सवारीसाधन र चालकको अवस्था पनि दुर्घटनाका कारण हुन्,’ उनी भन्छन्, ‘यसलाई नियन्त्रण गर्न हामी आफ्ना तर्फबाट लागिपरेका छौं।’ सडकमा रेलिङ राख्ने कुरा स्वाभाविक भएको बताउँदै यसले कम्तीमा जनधनको क्षति कम हुने उनको बुझाइ छ। ‘पछिल्लो समय हामीले नागढुंगा–मुग्लिन सडकखण्ड र कमला–बागमती सडकखण्डमा सुरक्षाका उच्चतम विधि अपनाउँदै निर्माण अगाडि बढाएका छौं,’ उनी भन्छन्, ‘यसको प्रभावकारिताका आधारमा अन्य सडकमा पनि सडक सुरक्षामा ध्यान दिनेछौं।

’सडकको अवस्था कमजोर हुनु, बाटोको सुरक्षामा आधारहरू मापन नहुनु, अनुमति नै नभएको अर्थात् तयार नै नभएको बाटोमा सवारी चलाउनु, प्राकृतिक प्रकोप र मौसमका कारण निम्तिने विभिन्न समस्याले सवारी दुर्घटना भइरहे पनि त्यसतर्फ गम्भीर ध्यान जान सकेको छैन।

त्यस्तै उनले र नेपालमा सडक सुरक्षाका लागि छुट्टै कानुन नहुनु, कार्यक्रममा लगानी नहुनु र कार्यान्वयनको पाटोसमेत फितलो भएका कारण दुर्घटनाको क्षति बढेको ढकालले सुनाए। ‘चेतनाको पनि अभाव छ,’ उनले भने, ‘यसतर्फ पनि सरोकारवालाको ध्यान जानु जरुरी छ।’

दुर्घटनाको दर बढ्दै गएको अवस्थामा उनले सन् २०३० सम्ममा सवारी दुर्घटना ५० प्रतिशत घटाउने लक्ष्य लिएका छन्। तर सडक विज्ञ भने यसका लागी निकै मिहिनेत गर्नुपर्ने बताउँछन्।

सवारीचालकलाई काउन्सेलिङ गर्नुपर्ने, सडकमा स्पिड मापन यन्त्र जडान गर्नुपर्ने र सडकको अवस्थामा व्यापक सुधार गर्नुपर्ने सडक विज्ञ गजुरेल सुझाउँछन्। ‘कुनै एक पक्षको मात्र होइन, समग्र पक्षको व्यवस्थापनले नै सुरक्षित यात्राको प्रत्याभूति दिलाउँछ,’ उनले भने, ‘होइन भने यात्रु यात्रा त गर्छन् तर गन्तव्य अनिश्चित हुने गर्छ।’

सडकको डाटा हेर्दा नेपालमा ७७ हजार ३०२.६८ किलोमिटर सडक रहेको देखिन्छ। यी सडकका लागि ६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका छन्। नेपालमा सडक दुर्घटना हुने प्रमुख कारणहरूमा पहिलो सडकको, दोस्रो सवारीसाधनको र तेस्रोमा सवारी चालकको अवस्थालाई लिने गरिन्छ।

त्यस्तै अन्य कारणहरूमा बाटो काट्ने पैदल यात्रु, अन्य सवारी, जनावर पनि दुर्घटनाका कारण बन्ने गरेको पाइन्छ। त्यसैले सवारी दुर्घटना कम गर्न कुनै एक पक्ष मात्रै नभएर यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्ने गजुरेलको बुझाइ छ।

त्यसबाहेक प्रायः ग्रामीण भागका सडक निर्माण गर्दा इन्जिनियर प्रयोग नगरिनु र त्यस्ता सडकमा बिनाअनुगमन सवारी सञ्चालनको अनुमति दिँदा जोखिम बढ्दै गएको उनको बुझाइ छ। अझ त्यसमा पनि थोत्रा गाडी कमजोर सडकमा गुड्दा थप जोखिम हुने गरेको उनी सुनाउँछन्। ‘सहरबाट विस्थापित पुराना गाडी दूरदराजका कमजोर सडकमा छतभरि मान्छे राखेर कुद्छन्,’ गजुरेलले भने, ‘यो नै सडक दुर्घटनाको जोखिमको गतिलो उदाहरण हो।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस