पुरानो रिसिइबीले रगतको होली !
१२ चैत्र २०८०
•
४ मिनेट पाठ
पुरानो रिसिइबीले रगतको होली !
सांकेतिक तस्बिर।
एक समय थियो, होली निकट आउदा राजधानी उपत्यकाका प्रहरी इकाइहरूको टाउको दुखाई सुरु हुन्थ्यो। होली मनाउने अराजक शैलीको चपेटामा सिंगो सहर त्रस्त हुँदा सुरक्षा दिने प्रहरी हायलकायल हुन्थ्ये। 




तर, पछिल्ला वर्षहरूमा भने होली मनाउने शैली तुलनात्मक रुपमा भद्र, शालिन र व्यवस्थित बन्दै जाँदा सुरक्षा दिन पनि सहज बन्दै गएका अनुभव अहिलेका प्रहरी कर्मचारीहरू सुनाउने गर्छन्। यद्यपी, सुरक्षा सयन्त्रले अपनाउने सतर्कता भने विशेष सुरक्षा योजना बनाएरै कार्यान्वयन हुँदै आएको छ।

यस्तै योजना आइतबार परेको यसवर्षको होलीमा पनि लागु गरिएको थियो। सोही योजना अनुरुप ललितपुरका प्रहरी इकाइले दिनभरको सुरक्षा व्यवस्थापन गरेका थिए। ‘हामीले भरपुर मेहनतका साथ चनाखो भएर दिनभर काम गर्‍यौं। केही छिटपुट घटनाबाहेक दिनभर शान्तिपूर्ण र मर्यादित होली सम्पन्न भएको थियो,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले भने।

उनका अनुसार होलीमा केही छिटपुट घटनामा अभद्र व्यवहार गरेका २६ जना नियन्त्रणमा परेका थिए भने १६१ सवारी साधन होल्ड गरिएका थिए। ‘ती कुरा पनि धेरै असामान्य विषय थिएनन्। कसैलाई पनि मुद्दा चलाउनु परेन,’ एसएसपी खनाल भन्छन्।

तर, एकाएक राति ११ बजे आएको खबरले ललितपुर प्रहरीको निद हराम गर्‍यो। ‘आराम गर्ने बेला पहिले पाटन हस्पिटलबाट छुरा प्रहारबाट घाइते भएका व्यक्ति आएको खबर आयो। त्यसको केही बेरमै सुमेरु अस्पतालबाट पनि त्यस्तै प्रकृतिको खबर आयो,’ एसएसपी खनालले भने, ‘दिनभर राम्रै उमंगले सम्पन्न भएको होलीमा रक्तपातको खबर आएपछि हामी तत्कालै अस्पताल र घटनास्थलमा मुभ भएर अनुसन्धान थालेका थियौं।’

प्रहरी पुग्दा पाटन अस्पतालमा सुनसरी घरभई हाल काठमाडौंको भोटाहिटी बस्ने २८ वर्षीय रोवस राई र सुमेरु अस्पतालमा पाँचथर घरभई हाल काठमाडौंको खुमलटार बस्ने ३० वर्षीय प्रजन राई गम्भीर घाइते अवस्थामा थिए। दुवैको शरीरमा गहिरो ढंगले रोपिएको छुराको घाउ थियो। केहीबेरमा उपचारकै क्रममा दुवैको मृत्यु भयो।

प्रहरीका अनुसार घाइते अवस्थामा सँगै रहेका साथिहरूले उनीहरूलाई अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनेहरूकै सहयोगमा प्रहरीले घटनास्थल पत्ता लगायो।

घटनास्थल ललितपुर महानरपालिका–२६ ढालाहिटीमा ‘डी–पोपिना खाजाघर’ थियो। जहाँ पुग्दा रगतले लतपतिएको छुरा र एकथान ज्याकेट भेटिएको ललितपुर प्रहरीले जनाएको छ। ‘त्यहाँ पुगेपछि घटनास्थल त्यहीँ हो भन्ने पत्ता लाग्यो। यस्तै दुवै मृतक त्यहीँ घाइते भएका थिएँ भन्ने निष्कर्षमा पनि पुग्यौं,’ प्रहरीस्रोतले भन्यो।

मध्यरातसम्म नशा, विवाद र छुरा प्रहार

प्रहरीका अनुसार दुवैजना मृतक र डी–पोपिना खाजाघरका सञ्चालक विजय राईबीच पुरानो चिनजान देखिन्छ। खाजाघरमा मृतक प्रजनको समूह साँझबाटै मदिरा सेवन गरिरहेको देखिन्छ। तर, कतिबेला भनेर प्रहरीले यकीन गरिसकेको छैन। ‘पुजनको समूह बसिरहेकै बेला अर्को समूह आएपछि विवाद सुरु भएको देखिन्छ,’ अनुसन्धानमा सक्रिय एकजना प्रहरी अधिकारी भन्छन्,‘त्यहीबेला रोवसलाई एकजनाले फोन गरेर बोलाएका छन्।’

रोबसलाई बोलाइएको समय राति ९ बजेर ५८ मिनेटको रहेको ती प्रहरी अधिकारीले बताए। उनले भने, ‘यसैले यो घटना १० बजेपछिको हो। कतिबेला भन्ने अझैँ लोकेट भइसकेको छैन।’ दुई समूहको विवाद चलिरहँदा खाजाघर सञ्चालक विजयले छुराले हानेको देखिएको ती प्रहरी अधिकारी बताउँछन्। 

‘दुवै समूह र खाजाघर साहु सबैले अत्याधिक मदिरा सेवन गरेको देखिएको छ। अहिलेसम्मको बुझाईमा छुरा साहुले नै प्रहार गरेको बुझिएको छ। अनुसन्धान अझैँ चलिरहेकाले यकिन कुरा पछि फरक पनि आउनसक्छ !,’ ती अधिकारीले भने। साहुले छुट्ट्याउन खोज्दा हानेको वा नियतवस् हानेको त्यो भने भन्ने खुलिसकेको छैन। साहु विजय मृतक प्रजनसँग निकट देखिन्छन्। छुराले रोवसको छातीमा र प्रजनको तिघ्रामा चोट लागेको थियो।

त्यसपछि दुवै समूहका अन्य व्यक्तिहरूले स्कुटर र ट्याक्सीमा राखेर अस्पताल पुर्‍याएका हुन्। अनुन्धानमा खटिएका प्रहरी अधिकारीले घटनामा पुरानो रिसिइबीले यो घटना निर्देशित भएको देखेका छन्।

‘यो घटना होलीले मात्रै सिर्जना गरेको फाइट वा त्यहाँको विवादले मात्रै छुरा घटेको मान्न सकिन्न,’ एक अधिकारी भन्छन्, ‘यसमा सबैको पुरानो चिनजान छ। दिउँसो सँगै होली पनि खेलेका छैनन्। न सँगै बसेर मदिरा लिएका छन्। फेरी प्रजनको समूह देखेपछि घरमा पुगिसकेको रोवसलाई बोलाइएको छ।’

मृतक रोवस र प्रजनको काठमाडौं देखिनेगरी कुनै व्यवसाय नदेखिएको एक प्रहरी अधिकारी बताउँछन्। यद्यपी उनीहरूको आर्थिक अवस्था भने बलियो देखिन्छ। ‘उनीहरूको आर्थिक अवस्था निकै बलियो छ। यस्तै घटनामा पक्राउ परेकाहरूको पारिवारिक अवस्था भने राम्रै देखिएको छ,’ ती अधिकारी भन्छन्।

प्रहरीले घटनामा संलग्नताको आरोपमा १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी बताउँछन्। ‘अहिले पनि अनुसन्धान चलिरहेको छ। केही कुरा क्लियर हुन बाँकी छ। भोलि (मंगलबार) बिहानसम्ममा अनुसन्धान सकेर पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गर्ने तयारीमा छौं,’ एसपी सुवेदीले भने।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२० मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस