बन्दाबन्दै भत्कियो मधुवनी–सुपौल कोशी पुल
१२ चैत्र २०८०
•
३ मिनेट पाठ
बन्दाबन्दै भत्कियो मधुवनी–सुपौल कोशी पुल
भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ। नेपाल र भारत सीमाबाट करिब ७० किलोमिटर दक्षिण भारत बिहारको सुपौलमा शुक्रवार बिहान उक्त पुल भाँचिँदा ११ जना कामदार घाइते भएका थिए।




मृत्यु हुनेमा किशनपुर प्रखण्ड मौजहास्थित पञ्चगछिया गाउँका विपीनकुमार यादव रहेको सुपौल प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा असमका दीपचरण राम, भुपेन्द्र मल्लाह, रमानन्द कुमार, नुर हसन, उत्तर प्रदेश फिरोजावादका लवकुश कुमार, सिवनका दिलीप शर्मा, पञ्चगछिया सुपौलका प्रयागलाल यादव, नवहटा सहरसाका हुकुमदेव पासवान, केनगर पूर्णियाका जवेल पासवान, मुरलिगंज मधेपुराका मुकेशकुमार रहेको सुपौल प्रहरीले जनाएको छ।

यहाँ पुल बनेपछि बिहारको मधुबनी र सुपौलबीचको दूरी करिब ३० किलोमिटरले घट्ने अपेक्षा गरिएको छ। यहाँ हिउँदमा बाँसको पुल बनाएर मानिसहरू कोशी नदी पार गर्दै आएका छन्। बर्खामा मानिसहरू डुंगाबाट नदी तर्न बाध्य छन्।

घटनास्थलमा भाँचिएको पुलको संरचनामुनि एउटा निर्माण सामग्री ओसार्ने गाडी भेटिएको छ। गाडी र भत्किएको संरचना मुनि च्यापिएर एकजना मजदुरको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। कामको उचित अनुगमन नहुँदा दुर्घटना भएको स्थानीयको आरोप छ। कतिपयले ठेकेदार कम्पनीलाई घटनाको जिम्मेदार बनाइरहेका छन्। यद्यपि सरकारले जाँचका लागि टेली नै बनाइसकेको छ।

कोशी नदीमा निर्माण भइरहेको पुलको खन्ड भत्किएपछि शनिबार घटनास्थलको पाँच सय मिटरभित्र ब्यारिकेडिङ गरिएको छ। निर्माण कार्य रोकिएको छ। निर्माण कार्यमा संलग्न कम्पनीका इन्जिनियर तथा मजदुरहरू निर्माणस्थलबाट अन्यत्र गइसकेका छन्। सुरक्षाको दृष्टिले निर्माणस्थलमा जिल्ला प्रशासनले म्याजिस्ट्रेटसहित प्रहरी परिचालन गरेको छ।

सडक यातायात राजमार्ग मन्त्रालयका पूर्वएडीजी एके श्रीवास्तव, महेश टन्डन र जिएल बर्मा, अनुसन्धान टोलीमा रहेका तीन प्रख्यात पुलविज्ञसहित घटनाको कारणको मूल्यांकन गर्न घटनास्थलमा पठाइएको छ। दुर्घटना र आवश्यक उपचार उपायहरूका विषयमा तत्काल कारबाही गर्न वरिष्ठ अधिकारीहरू पनि घटनास्थल पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

घटना छानबिन गर्न बनेको टोलीसँग डिएम कौशल कुमारले अवश्यक समन्वय गरिरहेको जनाइएको छ। टोली शुक्रबार साँझदेखि नै सुपौल पगेर शुक्ष्म छानविन गरिरहेको छ। टोलीले सबै पक्षलाई नजिकबाट अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने छ।

अहिले भग्नावशेषमा अरू कुनै मजदुर नरहेको यकीन भैसकेको डिएमले जनाएको छ। निर्माणमा कार्यरत कामदार सबैको उपस्थिति लिइएपछि यकिन गरिको थियो। डिएमसँगै, एसपी शैशव यादव, एसडिएम इन्द्रवीर कुमार र एसडिपिओ आलोक कुमार पनि घटनास्थल गुगेर थप अनुसन्धान र छानबिन टोलीसँग समन्वय गरिरेहेका छन्।

१० किलोमिटरको पुल  

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले मधुबनीको भेजा र सुपौल जिल्लाको बकौर बीचको कोशी नदीमा निर्माण गरिरहेको १०.२ किलोमिटर लामो पुलको एक भाग भत्किएको हो। यो पुलमा १७१ वटा पिलर रहेका छन्। जसको १५३ र १५४ नम्बरको पिलरको बीचको भाग भाँचिएको छ।

सडक निर्माण विभागको जिम्मेवारी सम्हालिरहेका उपमुख्यमन्त्री विजयकुमार सिन्हाले घटनाको छानबिन गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कारबाही गर्ने बताएका छन्। तर, बिहारमा निर्माणको क्रममा पुल भत्किएको यो पहिलो घटना भने होइन। बिहारमा पछिल्लो एक वर्षमा पुल भत्किनेहरूको लामो सूची छ।

भारतमाला आयोजनाअन्तर्गत बिहारको कोशी नदीमा १२ सय करोडको लागतमा निर्माण भइरहेको पुलको खन्ड शुक्रबार बिहान सुपौलमा भत्किएको छ। घटनापछि निर्माण कम्पनीका सबै इन्जिनियर र कामदार भागेका थिए। तर, स्थानीयले मानवता देखाउँदै घाइते सबै मजदुरलाई मोटरसाइकलको सहायताले अस्पताल पुर्‍याएका थिए।

घटना सदर प्रहरी चौकी क्षेत्रको मरिचा गाउँनजिक भएको हो। शुक्रबार बिहान १५३–१५४ नम्बरको पिलरको बीचमा खण्ड खडा गर्ने काम भइरहेको थियो। यसैबीच, बक्स खण्ड ट्रकद्वारा ढुवानी गरिएको थियो। जसलाई क्रेनले तानेको थियो। यस समयमा, एक कुनामा एक क्लिप ढिलो भयो। जसका कारण सेग्मेन्ट बक्स ट्रकमा खसेको थियो।

ट्रक पहिल्यै एउटा सेग्मेन्ट बक्समा उभिएको थियो, जसका कारण दोस्रो खण्डको बक्स पनि बगेको थियो। केही बेरमै १२ वटा बाकस खसे। यो खन्डको बाकस दुई स्तम्भबीचको थियो।
अर्को समाचार
‘दातृ निकायको प्रभावमा राष्ट्रिय राजमार्ग प्राधिकरण’
०७ असार २०७८
•
२ मिनेट पाठ
‘दातृ निकायको प्रभावमा राष्ट्रिय राजमार्ग प्राधिकरण’
सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्ने योजना अघि सारेको छ। सरकारले एक दशकअघि नै स्थापना गर्न नसकेको प्राधिकरणको योजना फेरि अघि सारेको हो।  




अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा संघीय सरकारको क्षेत्राधिकारभित्रका सडक तथा पुलको मापदण्ड निर्धारण, ड्रइङ, डिजाइन, निर्माण, मर्मत सम्भार, सम्भावित लगानीको वैकल्पिक उपकरणको प्रयोग, वित्तीय स्रोत परिचालन एवं अभिलेखीकरण समेतका लागि राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्न विज्ञ सहितको अध्ययन कार्यदल गठन गर्ने घोषणा गरेका छन्।  

तर अर्थ मन्त्रालयले दातृ निकायको प्रभावमा पारेर राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्न लागेको भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको आरोप छ। ‘अर्थ मन्त्रालयले आगामी आवको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयसँग सरसल्लाह नगरी राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्न विज्ञ समूह गठन गर्ने बजेटमा उल्लेख गरेको छ,’ स्रोतले भन्यो, ‘खोइ कसरी योजना अघि सारियो हामीलाई थाहा छैन।’  

भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसहसचिव राजेन्द्रराज शर्मा नेपालमा सीमित मात्रै राजमार्ग भएकाले राष्ट्रिय राजमार्ग प्राधिकरणको आवश्यकता नरहेको बताउँछन्। ‘भारतमा जस्तो हजारौं राजमार्ग नेपालमा छैनन्। त्यसैले पनि छुट्टै राष्ट्रिय राजमार्ग प्राधिकरण आवश्यकता देखिँदैन,’ पूर्वसहसचिव शर्माले भने। उनी विदेशी दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंक लगायतको प्रभावमा अर्थले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय राजमार्ग प्राधिकरणको योजना घुसाएको दाबी गर्छन्।

‘नेपालमा अहिलेसम्म ८० वटा मात्रै राजमार्ग छन्। तिनको व्यवस्थापन सडक विभागले सहजै गरिरहेको बेला फेरि किन चाहियो राष्ट्रिय राजमार्ग प्राधिकरण ?’ भने। उनले भारतमा राजमार्ग धेरै भएकाले नेसनल हाइवे अथोरिटी आवश्यक भएको तर्क गरे। ‘हाम्रोमा साना–ठूला गरेर ८० वटा मात्रै राजमार्ग छन्,’ उनले भने, ‘राष्ट्रिय राजमार्ग प्राधिकरणले ठूला सडक हेर्ने हो भने सडक विभागको काम के हुने ?’  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दिपककुमार भट्टराईले संघीय सरकारले राष्ट्रिय राजमार्ग प्राधिकरणको आवश्यकता महसुस गरेर नै बजेटमा समावेश गरेको हुन सक्ने बताए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस