कोशी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना
०८ चैत्र २०८०
•
२ मिनेट पाठ
कोशी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना
सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।




कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ देखि चैत ८ सम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेका उनले बताए।

स्थानीय जंगलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रहरी उपरीक्षक पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताए।

यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका– ७ मा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दिप्तिका कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए। ‘आमाबुबा खेतबारीमा काम गर्न जानुभएको रहेछ’, घटनाबारे जानकारी  दिँदै उनले भने, ‘गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ। उनीहरू भाग्नै सकेनन्।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन्। झापाको गौरीगञ्ज गाउँपालिका– १ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो।

गत पुस १ गते धनकुटा नगरपालिका– ५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर ११ लाख बराबारको क्षति भएको प्रहरी भनाइ छ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका– १५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेटस् प्रालिमा भीषण आगलागी हुँदा १५ करोडको क्षति भएको छ। काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

यही चैत २ गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो। आयोजनाको धरमपुर, केर्खा र झिलझिलेनजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको स्थानीयवासीको आरोप छ।

घरको भान्सा, परालको कुन्यु र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्। –रासस
अर्को समाचार
कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास
०७ वैशाख २०८१
•
२ मिनेट पाठ
कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास
कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गर्दै। गर्दै। तस्बिर : नागरिक
हावाहुरीका कारण कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएपछि कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा गणको कार्यालय बर्मेलीमा नमुना अभ्यास गरिएको हो।




जिल्लामा गर्मी याममा विपद जोखिममध्येको आगलागीका घटना बढ्न नदिन, नियन्त्रणमा सहयोग पुर्‍याउन र घटनाबारे समुदायलाई सचेत बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको हो। अहिले जिल्लामा कम्बाइन हारबेस्टले गहुँको स्याहार गरेपछि बचेको गहुँको ठुटोमा आगो लगाइनाले जिल्लाका आगलागीका घटना बढेका छन्।

जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, जनप्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थितिमा नमुना अभ्यास गरिएको हो। नमुना अभ्यासमा आगलागीबारे समुदाय सचेतना, फायरलाइन निर्माण, भान्सामा ग्यास सिलिन्डरमा हुने आगलागी नियन्त्रण, शरीरमा हुने आगजनीमा नियन्त्रण र उद्धार, घरमा हुने आगलागी नियन्त्रण, मानव साङ्गलो र दमकलको प्रयोग, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्थायी टहराको तयारी र राहत वितरण प्रक्रिया बारेको नमुना अभ्यास गरिएको थियो।

सो अभ्यासका क्रममा गणमा भएका अग्नि नियन्त्रण गर्ने सामग्री, जनशक्ति, कपिलवस्तु नगरपालिकाको दमकल र कपिलवस्तु अस्पतालको एम्बुलेन्सलाई प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणमा अन्तरनिकायबीचको समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यासले प्रदर्शन गरेको थियो। गर्मी याममा जिल्लामा आगलागीका कारण धेरै धनजनको क्षति हुने भएकाले त्यससम्बन्धी  नमुना अभ्यासले सचेतना बढ्ने प्रजिअ विश्वप्रकाश अर्यालले बताए।

सुख्खा याममा आगलागी र डढेलो तथा मनसुनमा बाढीपहिरोका घटना हुँदा ठुलो धनजनको क्षति हुँदै आएकाले अभ्यासले आवश्यक पूर्वतयारीले सहयोग पुग्ने उनले बताए। उनले विपदको पूर्व तयारी र प्रतिकार्य, राहतका लागि विपद् व्यवस्थापन समितिले आवश्यक तयारी गरेको बताए। उनले पालिकासमेत यसबारेमा सचेत हुनुपर्ने बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अहिले जिल्लामा आगलागीका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि सबै निकायबीच समन्वय हुुनुपर्ने बताए। आगलागीका घटना बढ्दै गर्दा दमकलका लागि एकदमै चाप बढेको उनले बताए। कृषकले गहुँ खेतमा ठुटा जलाउन आगो लगाउँदा आगलागीका घटना बढ्दै गएकाले समुदायलाई यो विषयमा सचेत बनाउन आवश्यक रहेको उनले बताए।

सो अवसरमा गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेयले आगलागीका घटना बढेपछि न्यूनीकरणका लागि सहयोग हुने भन्दै नमुना अभ्यास गरी देखाइएको बताए। जिल्लामा पनि विपदका घटना बर्सेनि हुने गरेकाले ती घटनाबारे समुदायलाई सचेतना प्रवाह र  समयमै घटना नियन्त्रणमा सहयोग पुगोस् भनेर नमुना अभ्यास गर्ने गरिएको उनले बताए।

जिल्लामा विपदका घटना हुन नदिन नमुना अभ्यासले पूर्वतयारी, घटना नियन्त्रण र उद्धारमा सहयोग पुग्नेमा बताइएको छ। नमुना अभ्यासको विद्यार्थीले समेत अवलोकन गरेका थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस