कोशी र मधेशका एकदुई स्थानमा पर्दैछ पानी, काठमाडौँमा मध्याह्नपछि वर्षाको सम्भावना
०८ चैत्र २०८०
•
१ मिनेट पाठ
कोशी र मधेशका एकदुई स्थानमा पर्दैछ पानी, काठमाडौँमा मध्याह्नपछि वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो १/२ बजेपछि पानी पर्ने सम्भावना रहेको छ।




मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा बिहार राज्यको आसपासको न्यून चापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुनेछ।

उनले अहिले पनि कोशी र मधेश प्रदेशका एकदुई स्थानहरूमा वर्षा भइरहेको बताए। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बताए।

मौसमविद् पुडासैनीका अनुसार हाल देखिएको मौसमी प्रणालीले माथिल्लो र तल्लो दुबै वायुमण्डलमा प्रभाव पारेको हुँदा शनिवारसम्मै पानी पर्ने र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनेछ।

आजभन्दा भोलि कम पानी परेपनि शनिवार भने शुक्रवारको तुलनामा पानी पर्ने मात्रा बढी हुन सक्ने उनको भनाइ छ।

विशेषगरी चितवनदेखि पूर्वी तराईमा पानी पर्ने क्रम बढी रहेकाले आवश्यक सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन्।
अर्को समाचार
बढ्दै छ देशभरको अधिकतम तापक्रम, यो हो ‘जाडो घटने सङ्केत’
२३ माघ २०८०
•
२ मिनेट पाठ
बढ्दै छ देशभरको अधिकतम तापक्रम, यो हो ‘जाडो घटने सङ्केत’
दुई वटा ठूलाठूला प्रणालीको आगमनपछि देशभर जाडो घट्ने सङ्केत देखा परेका छन्।




मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा देशभरनै अधिकतम तापक्रम बढ्ने क्रममा छ। 

‘यो विस्तारै जाडो घट्ने सङ्केत हो’, महाशाखाका मौसमविद् सरोज पुडासैनीले नागरिकन्यूजसँग भने। उनकाअनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस थियो भने यो तापक्रम मंगलबार बिहान बढेर १९.८ डिग्री पुगेको छ। मंगलबार दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको हाराहारीमा हुने अनुमान गरिएको छ।

पुडासैनीकाअनुसार काठमाडौँको मात्र नभई देशभरको अधिकतम तापक्रम बढ्ने क्रममा छ। २२ वटै सिनोप्टिक केन्द्रबाट प्राप्त मौसम विवरणमा अधिकतम तापक्रम घटेको देखिन्छ। सिनोप्टिक स्टेसनबाट तीन/तीन घण्टामा मौसमका विवरण प्राप्त हुन्छन्।

‘त्यसैले तत्काललाई चिसो ह्वात्तै बढ्ने र मौसममा कुनै ठुलो परिवर्तन आउने सम्भावना छैन’, उनले भने, ‘तथ्याङ्क र विवरणहरू हेर्दा देशभरनै अब बिस्तारै अधिकतम तापक्रम बढ्ने देखिन्छ। यसले चिसोपन घटाउँदै जान्छ।’

त्यसो त काठमाडौँको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार घटेको छ। सोमबार उपत्यकाको आकासमा बादल र कुहिरो थियो। त्यसले गर्दा सोमबार बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस पुगेको थियो तर मंगलवार यही तापक्रम घटेर ४ डिग्री पुग्यो। गत १४ गते मात्र काठमाडौँको न्यूनतम तापक्रम यस वर्षको सबैभन्दा कम २.१ डिग्रीमा झरेको थियो।

यसपटकको जाडोयाममा अहिलेसम्म हलचल ल्याउने गरी पश्चिमी वायुसहितको सक्रिय पश्चिमी न्यून चापीय प्रणाली दुई पटक नेपाल भित्रियो।

यसले पहिलो पटक गत बुधवार र बिहीबार प्रभाव पा¥यो भने दोस्रो पटक यही आइतबार र सोमबार प्रभाव पार्‍यो। यसको प्रभावले समथर र पहाडी भू–भागमा हल्का वर्ष भयो भने उच्च पहाडी र हिमाली भू–भाग हल्कादेखि मध्यम खालको हिमपात भयो। यसको असर देशभर देखा पर्‍यो। नेपालको पूर्वी भेगको तुलनामा पश्चिम र मध्य भागमा यसले प्रभाव पार्‍यो।

‘तत्काललाई ठुलो प्रणाली नेपाल भित्रिने कुनैपनि सम्भावना छैन’, पुडासैनीले भने।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस