मकवानपुरको मनहरी गाउँपालिका-३ हाँडीखोलास्थित लामिटारका बासिन्दा जंगली जनावरले दुःख दिएका कारण वर्षौँदेखि आजित हुँदै आएका थिए। अब उनीहरुले जंगली जनावरको दुःखबाट छुटकारा पाउने भएका छन्।
जंगलबाट जंगली जनावर बस्ती छिर्न नदिनका लागि वनको २ किलोमिटर क्षेत्रमा ६ फिट उचाइको मेस जाली लगाउन सुरु भएको छ। मनहरी गाउँपालिका र ३ नम्बर वडा कार्यालयको विशेष अनुरोधमा पर्सा राष्ट्रिय निकुञ्जको बजेटबाट मेस जाली लगाउन सुरु भएको हो।
निकुञ्जले ५० लाख रुपैयाँको टेण्डर आव्हान गरेकोमा सुविधा कन्स्ट्रक्सनले भ्याटसहित ४८ लाखमा ठेक्का पारेर मेस जालीको काम सुरु गरेको हो।
बँदेल, मृग, बाँदर लगायतका जंगली जनावर बस्ती छिरेका कारण लामिटारवासी वर्षौँदेखि सास्ती खेप्न बाध्य थिए। ‘खेतबारीमा बाली लगाएको समयमा जंगली जनावर धपाउन रातभर कुरेर बस्नुपर्ने अवस्था थियो। अब जंगलबाट जनावर आउन नदिने गरी काम भइरहेको छ। यस वर्षबाट यो समस्या हट्छ भन्ने विश्वास लिएका छौं’, लामिटारका जयराम राईले भने।
जंगली जनावर धपाउन खेतबारीमा टहरा निर्माण गर्दै रातभर आगो बाल्नुका साथै टिन ठटाएर बस्नुपर्ने अवस्था रहेको थियो।
मनहरी गाउँपालिका-३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले लामिटारको दमारटोल देखि तल्लोटोलको शिवशक्तिश्वर मन्दिर परिसरसम्म जाली लगाइने जानकारी दिए।
‘लामिटार क्षेत्रमा जंगली जनावरले धेरै नै दुःख दिँदै आएको थियो। धान, मकै, तरकारी बालीमा बाँदर, बँदेल, मृग लगायतका जनावर पस्ने र बाली खाइदिने गरेको समस्यालाई मध्यनजर गर्दै हामीले पर्सा राष्ट्रिय निकुञ्जलाई जालीको व्यवस्था गरिदिन आग्रह गरेका थियौं,’ वडा अध्यक्ष अर्यालले भने, ‘अहिले धमाधम जाली लगाउने काम भइरहेको छ। यस वर्षबाट जंगली जनावरको दुःख हट्नेछ भन्ने विश्वास लिएका छौं।’
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको धेरै स्थानमा जंगली जनावरले दुःख दिने समस्या रहेको बताउँदै क्रमैसँग जाली र झड्काको व्यवस्था हुने बताए। ६ फिट अग्लो मेस जालीले जनावरलाई बस्तीमा छिर्न रोक्ने उनको भनाई छ।