मधेश प्रदेश सरकारमा नवनियुक्त मन्त्री नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले पद तथा गोप्यनियताको शपथ लिएका छन्।
उनलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पद तथा गोप्यनियताको शपथ ग्रहण गराएकी हुन्।
केन्द्रीय सरकारमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री यादवले प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका कृष्णाप्रसाद यादवलाई बर्खास्त गरी उनको ठाउँमा एमालेका सरोजलाई नियुक्त गरेका हुन्।
तीन मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी कांग्रेसका तीनैजना मन्त्रीलाई बर्खास्त गरी एमालेलाई ल्याउने नयाँ गठबन्धनको सहमति भएको हाे।
प्रदेश सरकारमा कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णाप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंह र गृह, संञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमलाई बर्खास्त गरिएको हो।
कांग्रेस पाएको तीन र एक थप गरी चार वटा मन्त्रालय एमालेलाई दिइएको छ। हाल एमालेका तर्फबाट सरोज यादवले मात्रै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। एमालेले अन्य तीन मन्त्रालयमा कसलाई पठाउने भनेमा छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए।
यद्यपि एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शारदा थापा, शिक्षा तथा संस्कृति मन्त्रीमा शत्रुधन सिंह काइरी र गृह सञ्चार तथा कानुन मन्त्रीमा राजकुमार लेखीको नाम पार्टीले सिफारिस गरेको चर्चा छ।