अब मुख्यसचिव को?
२१ फागुन २०८०
•
४ मिनेट पाठ
अब मुख्यसचिव को?
प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स खरिदलगायत प्रकरणमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिइसकेका छन्। ‘प्रधानमन्त्रीले आइतबार बिहान मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिएका हुन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। प्रधानमन्त्रीले बिदामा बस्न भने पनि मुख्यसचिव अर्याल आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमै थिए।




नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन गरी आरोपितउपर मुद्दा चलाउने तयारी गरेको छ। यस विषयमा अख्तियारले अर्याललगायतसँग बयान लिइसकेको छ। नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिद घोटालामा पनि अर्यालको संलग्नता देखिएको भन्दै आयोगले अनुसन्धान थालेको छ।

मुख्यसचिव अर्याल बिदामा बसे मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयभित्रकै सबैभन्दा वरिष्ठ सचिव स्वतः निमित्त मुख्यसचिव हुने व्यवस्था कानुनमा छ। अहिले प्रधानमन्त्री कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लिलादेवी गडतौला, सरजुकमार वैद्य, गणेश पाण्डे सचिवका रूपमा कार्यरत छन्। त्यस्तै सचिवको विशेष दरबन्दीमा खगेन्द्र नेपाल छन्। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये एकनारायण सबैभन्दा वरिष्ठ हुन्। त्यसैले मुख्यसचि वैकुण्ठ बिदामा बसे एकनारायण स्वतः निमित्त मुख्यसचिव हुनेछन्।

कायममुकायम (कामु) मुख्यसचिव नियुक्त गर्न भने मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। कामु मुख्यसचिव भने प्रधानमन्त्री कार्यालयका सचिवमध्येबाटै नियुक्त गर्नुपर्छ भन्ने छैन। अन्य मन्त्रालयका सचिवलाई पनि मन्त्रिपरिषद्ले कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्छ। कामु मुख्यसचिवले मुख्यसचिवसरह नै अधिकार प्रयोग गर्न पाउँछन्।

वर्तमान मुख्यसचिव वैकुण्ठले राजीनामा दिएमा अथवा उनलाई सरकारले हटाएमा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, श्रम मन्त्रालयका सचिव केबल भण्डारी, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीमध्येबाट एक मुख्यसचिव बन्ने अवस्था छ।

सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूमध्ये वरिष्ठताका आधारमा पहिलो नम्बरमा गुरागाईं, दोस्रोमा भण्डारी, तेस्रोमा अधिकारी र चौथोमा योजना आयोगका तोयानारायण ज्ञवाली छन्। सचिव गुरागाईंको सेवाअवधि फागुन २६ गते, भण्डारीको सेवाअवधि चैत ११ गते र अधिकारीको सेवाअवधि वैशाख १७ गते सकिँदै छ।

मुख्यसचिव शंकरदास बैरागीको तीनवर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी छँदै सरकारले गत असारमा उनलाई राजीनामा गर्न लगाएको थियो। त्यसपछि रिक्त मुख्यसचिवमा वैकुण्ठलाई लगिको हो। सचिवका रूपमा बैकुण्ठको पाँचवर्षे कार्यकाल गत असार ३ गते सकिँदै थियो। 

सचिवको कार्यकाल सकिनुभन्दा ३ दिनअघि उनलाई मुख्यसचिवमा बढुवा गरिएको थियो। मुख्यसचिवमा बढुवा नभएको भए उनी असारमै सेवानिवृत्त हुन्थे। सुरक्षा परिषद् सल्लाहकार बनाउने सर्तमा बैरागीलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाइएको थियो। मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ। तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा छ।  

पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवदीले सुरु गरेका थिए। एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडिबी) को वैकल्पिक सल्लाहकारमा जागिर खान फिलिपिन्स गएका थिए। सेवाबाट राजीनामा नदिईकन उनी एडिबीको जागिर खान गएका थिए।

उनले आफ्नो विषयमा आफैं निर्णय गरी आफूलाई अतिरिक्त समूहमा राखेका थिए। उनको स्वनिर्णयलाई तत्कालीन सरकारले मान्यता दिएन। त्यसपछि उनले २०७४ साउन २२ गते सरकारी सेवाबाट राजीनामा दिएका थिए। सुवेदीपछि राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भए। उनी चार महिनाजति मुख्यसचिवको जिम्मेवारीमा बसे।

५८ वर्ष उमेरहदका कारण क्षेत्रीले २०७४ कात्तिक ६ गते अनिवार्य अवकाश पाए। त्यसपछि लोकदर्शन रेग्मी मुख्यसचिव भए। सरकारले रेग्मीलाई पनि पूरा कार्यकाल काम गर्न नदिएर राजीनामा गर्न लगायो। रेग्मीपछि शंकदरदास बैरागी मुख्यसचिव बनेका थिए। रेग्मीलाई राजीनामा गर्न नलगाइएको भए उनले २०७७ कात्तिक ६ गतेसम्म काम गर्न पाउँथे।

त्यसबेला सचिव पदमा कार्यरत बैरागीले २०७७ असोज २२ गते सेवाबाट अवकाश पाउँथे। बैरागीलाई मुख्यसचिव बनाउन तत्कालीन सरकारले कार्यकाल सकिनुअगावै रेग्मीलाई मुख्यसचिवबाट राजीनामा दिन लगाएको हो। त्यसबापत उनलाई बेलायतको राजदूत बनाइयो। रेग्मी पूरा कार्यकाल मुख्यसचिव भएका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकजना मुख्यसचिव हुन्थे ।
अर्को समाचार
राम्रो कर्म गरे, राम्रै फल पाइन्छ: नवनियुक्त मुख्यसचिव गड्तौला
१० साउन २०८१
•
२ मिनेट पाठ
राम्रो कर्म गरे, राम्रै फल पाइन्छ: नवनियुक्त मुख्यसचिव गड्तौला
नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज बिहीबार मुख्य सचिवमा नियुक्त गरेको छ। मुलुकको प्रशासनिक इतिहासमा उनी प्रथम महिला मुख्यसचिव हुन सफल भइकी छिन्।




वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। विसं २०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन्।

विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन्।उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुदैछिन्।

‘जस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिइन्।

उनले भनिन्, “प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ। यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ।”

इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गरिन्।

निजामति कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न। केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ। भाग्यछ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ।”

राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यसचिव गड्तौलाले संसद्मा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गरिन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस