सन्तानको अभिलाषामा ‘अपराध’
१९ फागुन २०८०
•
५ मिनेट पाठ
सन्तानको अभिलाषामा ‘अपराध’
‘जीवनमा मातृत्वभन्दा बढी महत्त्वपूर्ण अन्य कुनै भूमिका छैन।’ चार महिनाअघि निधन भएका अमेरिकी धार्मिक नेता एल्डर एम रसेल बलार्डको भनाइ हो यो। एक पुरुष धार्मिक नेताले यसरी शब्दमा उतारेको मातृत्वको भूमिकालाई स्वयं महिलाले कसरी लिन्छन्?




सायद यो प्रश्नको उत्तर हुन सक्छिन्, २४ वर्षीया मनकुमारी सिंह ! उनी सन्तान प्राप्तिको अभिलाषाले यतिसम्म व्याकुल बनिन् कि के सही के गलत भन्ने छुट्याउन नसक्ने अवस्थामा पुगिन्। आफ्नै कोखबाट सन्तान जन्माउने प्रयास पटकपटक असफल भएपछि उनी सम्हालिन सकिनन्। धैर्यको बाँध टुटेपछि अर्कैको शिशु चोरिन्, जुन गम्भीर भूल भयो। यही अभिलाषाले उनलाई प्रहरी थुनामा पुर्‍याएको छ। उनी एक सातादेखि सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा छिन्।

यसरी भयो शिशु चोरी

यही फागुन ११ गते राजधानीमा अस्पतालबाटै शिशु चोरी भयो। यो विषयलाई अनलाइन सञ्चारमाध्यमले विभिन्न तरिकाले सम्प्रेषण गरे। प्रहरी अनुसन्धानमा जुट्यो। अस्पतालदेखि चोकचोकसम्मका सिसिटिभी फुटेज खोतलखातल पारिए।

अनुसन्धान गर्ने प्रहरी, समाचार लेख्ने सञ्चारमाध्यम र ती समाचार पढ्ने सबैले लख काटे, मानव तस्कर गिरोहको काम हुन सक्छ यो! काभ्रेको चौंरीदेउराली गाउँपालिका–३ स्थायी घर भई काठमाडौं कपनमा बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरिएकी थिइन्। छोरीको स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ त्यो दिन थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल पुगेकी थिइन्।

अस्पतालमा सिंह पनि थिइन्। सिंहले ती शिशुलाई देखेपछि केही माया दर्साइन्। उनले सहयोगको बहानामा शिशु काखमा लिइन्। श्रेष्ठ केहीबेर बाहिर निस्किएको मौका छोपेर सिंह शिशु लिएर भागिन्। प्रहरीले सिसिटिभी फुटेज रेकर्ड पछ्याउँदै जाँदा काँडाघारीस्थित आफ्नै कोठामा सुत्केरीजस्तै बसेको अवस्थामा चोरिएको शिशुसहित सिंहलाई फेला पार्‍यो।

तेस्रोपटक गर्भपात

सामान्य परिवारमा जन्मिएकी सिंह र दैलेख नौमुले गाउँपालिका–१ का नरेन्द्र मल्लबीच २०७७ मंसिरमा प्रेम विवाह भएको थियो। मल्ल विवाहअघि नै नेपाली सेनामा कार्यरत थिए। विवाहपछि सिंह दैलेखस्थित घरमै थिइन्। मल्लका अनुसार २०७८ सालमा पहिलो पटक उनकी पत्नीले गर्भ बोकिन्।

‘गर्भमा बच्चा बस्दा उनी खुसी भइन्, म पनि हुने नै भएँ। तर केही समयपछि म घर जाँदा उनको रक्तश्राव भएको देखें,’ मल्ल भन्छन्, ‘त्यही बेला गर्भ खसेको रहेछ। गर्भ झन्डै चार महिनाको थियो।’ आफूले त्यतिबेला धेरै चिन्ता नलिन भनेर सम्झाएको मल्ल बताउँछन्।

लगत्तै मल्ल जागिरमा निस्किए। केही समयको अन्तरमा मल्लले आफ्नो दरबन्दी रहेकै ठाउँमा पत्नीलाई ल्याएर केही महिना सँगै राखे। त्यसपछि गत वर्षको माघमा पत्नीलाई काठमाडौं ल्याएर काँडाघारी कोठामा राखे। कोठानजिकै सिंहकी दिदी शारदा शाही पनि बस्थिन्। शाहीका अनुसार त्यो बेला पनि बहिनी गर्भवती थिइन्। ‘त्यो गर्भ पनि केही समयमा खस्यो। दुई पटक गर्भ बिग्रिएपछि बहिनी अलि चिन्तित देखिन्थिन्,’ शाहीले भनिन्।

सिंहले दुईपटक गर्भ खेर गएको चिन्ता आफन्तलाई नदेखाए पनि भित्रभित्रै उनी कुँडिएकी थिइन्। यसैक्रममा उनले गोठाटार क्षेत्रमा बस्ने ‘पाथीभरा माता’ नामकी एक महिला सन्तान नभएकालई हुने बनाइदिने भन्दै ‘टिकटक लाइभ’मा देखा परिन्।
‘बहिनीले टिकटकमा मातासँग कुरा गरिछन्। माताले मलाई भेट्न आउनु, म झारफुक गर्दिन्छु, बुटी दिन्छु अनि सन्तान भइहाल्छ भनेकी रहिछन्। पहिलो पटक भेट्न जाँदा म पनि सँगै गएकी थिएँ,’ शाहीले भनिन्।

बहिनीको सन्तान हुन्छ भने जाँदा के होला भनेर गएको उनी सुनाउँछिन्। ती मातासँग पहिलो भेट गत वैशाखमा भएको थियो। त्यसपछि बहिनीसँग आफू दुई÷तीनपल्ट मातासँग गएको उनले सुनाइन्।

ती माताले बहिनीको हातमा बुटी बाँधिदिएको, औषधि खान दिएको र आफूलाई खुसी पारे सन्तान हुने आश्वासन दिएको शाहीले बताइन्। ‘खुसी पार्न सुन दिनुपर्ने भनेपछि बहिनीले रिङ र मंगलसूत्र दिन्छु भनिछन्। माताले त्यो होइन, मलाई काँचो सुनबाट बनेको छड्के तिलहरी देऊ भनेकी रहिछन्,’ शाहीले भनिन्।

शाहीका अनुसार त्यसपछि बहिनीले रिङ र मंगलसूत्र मासेर एक लाख जुटाइन् र पतिबाट थप २५ हजार रूपैयाँ मागेर एक तोलाको छड्के तिलहरी बनाएर मातालाई दिइन्।

संयोग मातासँग भेटेपछि सिंहको गर्भ बस्यो। यो गत जेठको कुरा हो। शाहीले भनिन्, ‘बहिनी धेरै खुसी भइन्। यो कुरा उनले ज्वाइँ (बहिनीका पति मल्ल) र घरपरिवार सबैलाई भनिछन्।’

गर्भ बसेपछि बहिनीले प्रत्येक महिना दुई पटक मातालाई भेट्ने गरेको शाहीले सुनाइन्। बहिनीले माताले भनेअनुसारको अनुशासन पालना गरेको पनि शाहीले बताइन्। तर यसपटक पनि गर्भ खस्यो। शाहीका अनुसार गर्भ खसेको जानकारी बहिनीले कसैलाई थाहा दिइनन्।
शाहीले भनिन्, ‘त्यो दिन (फागुन ११ गते) एकाएक बच्चासहित बहिनी कोठामा आएको थाहा भयो। हामीले गर्भवती भएको देखेकाले बच्चा जन्मियो होला भन्ने ठान्यौं।’

सँगै अस्पताल गएका पति मल्लले पनि आफूलाई खबर नगरीकन सिधै कोठामा गएको भनेर चित्त दुखाएका थिए। एकाएक प्रहरी कोठामा आउँदा आफूहरू चकित परेको शाहीले सुनाइन्। ‘एकाएक प्रहरी आए। ज्वाइँ र मलाई पनि पक्राउ गरे। उसको त गर्भ पहिले नै खसिसकेको रहेछ। अर्कैको बच्चा चोरेको प्रहरीले भनेपछि मात्रै हामीले थाहा पायौं,’ उनले भनिन्।

बच्चा चोरीमा संलग्नता नदेखेपछि पक्राउ गरेको दोस्रो दिनमै प्रहरीले मल्ल र शाहीलाई छाडिदियो। सिंहको भने निरन्तर रक्तश्राव भइरहेकाले प्रहरीले थुनामा कम अस्पतालमा बढी समय राख्नुपरेको छ। ‘अस्पताल नै ज्यादा लैजानुपरेको छ। पूर्ण रूपमा निको नभईकन बयान लिन सकिएको छैन,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले भने।

घरपरिवार पनि सिंहले बच्चा चोरेका कारण स्तब्ध छ। ‘उनले (पत्नीले) केही भन्दै भनिनन्, गर्भ खसेको कुरा भनेको भए वा मनमा भएको कुरा भनेको भए केही न केही उपाय त निस्किन्थ्यो होला,’ मल्लले भने।
माताको चक्करमा लाग्दा तेस्रो गर्भ पनि खेर गएको दिदी शाही बताउँछिन्। ‘माताको चक्करमा नपर्न मैले भनेकी त हुँ तर कडाइ गर्न सकिनँ,’ उनले भनिन्, ‘कम्तीमा चिकित्सककहाँ गएर नियमित गर्भजाँच गराएको भए, आइरन चक्की खाएको भए गर्भ खेर जाने थिएन कि। आफ्नै बच्चा भएको भएको भए यस्तो घटना हुने थिएन।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२७ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस