दूधको भुक्तानी पाउनुपर्ने माग राख्दै मकवानपुरका दुग्ध उत्पादक किसानले राजमार्ग बन्द गराएका छन्।
लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै आन्दोलित किसानले बिहीबार हेटौंडामा प्रदर्शन गर्दै राजमार्ग बन्द गराएका हुन्।
पूर्व घोषित कार्यक्रम अनुसार दुग्ध उत्पादक किसानले हेटौंडा बजार छिर्ने चारवटा मुख्य नाकाबाट प्रदर्शन गर्दै बुद्धचोकमा भेला भएका थिए।
मकवानपुरको विभिन्न पालिकाबाट आन्दोलनका लागि हेटौंडा आएका किसानले दूधको भुक्तानी तत्काल उपलब्ध गराउनुका साथै दूध बिक्रीको ग्यारेन्टी हुनुपर्ने, मिल्क होलिडेको अन्त्य हुनुपर्ने, दूधको लागत मूल्य निर्धारण हुनुपर्ने, उत्पादनका आधारमा अनुदान पाउनुपर्ने, सहुलियत कर्जा पाउनुपर्ने, दुग्धजन्य पदार्थको निर्यातको प्रबन्ध गर्नुपर्ने, पशुधन संरक्षण कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन्।
मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको दुग्ध उत्पादन व्यवसाय दिनानुदिन धराशायी हुँदै गएकाले आन्दाेलन थाल्नुपरेकाे मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले जानकारी दिए।
किसानले उत्पादन गरेको दूध विक्री नहुने र विक्री भएको दूधको समेत रकम भुक्तानी नभएकोले बाध्य भएर आन्दोलन गर्नुपरेकाे उनकाे भनाइ थियाे।
‘सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम विगत ६ महिनादेखि पाउन सकेका छैनन्’, उनी भन्छन्, ‘यहाँका किसानहरुले उत्पादन गरेका कुनैपनि कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन। भारतीय उत्पादनले बजार भरिभराउ छ, यो अवस्थाको अन्त्य हुनुपर्छ।’
किसानको समस्या समाधानमा सरकारले कुनै चासो नदिएको उनकाे आरोप छ। आन्दोलित किसानले प्रदर्शन गर्दै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडी धर्ना समेत दिएका थिए। अध्यक्ष कंडेलका अनुसार किसानले करिब ६० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
केन्द्रीय दुग्ध सहकारी संघले घोषणा गरेको आन्दोलनको कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरमा राजमार्ग बन्दसहित विरोध प्रदर्शन भएको हो।
संघले यसअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएको थियो।