दूधको भुक्तानी नपाएका किसानहरू भैँसी डोर्‍याएर सडकमा
१७ फागुन २०८०
•
१ मिनेट पाठ
दूधको भुक्तानी नपाएका किसानहरू भैँसी डोर्‍याएर सडकमा
नेपाल दुग्ध विकास संस्थानबाट भुक्तानी नपाएका कृषकहरूले बिहीबार भक्तपुरमा भैँसीसहित सडकमा आएर विरोध गरेका छन्।




देशभरका कृषकहरूको भुक्तानी रोकेको भन्दै किसानहरूले दूध दिने भैँसी सडकमा ल्याई नाराजुलुशका साथ विरोध गरेका हुन्। उनीहरुले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा प्रदर्शन गरेका हुन्।

घरमा नुन किने पैसा छैन, डिडिसिले ४ अर्बबाट ६ अर्ब उधारो पुर्याएको भन्दै कृषकहरूले भक्तपुरको जगातीको च्याम्हासिंह जाने चोक सडकमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन्। किसानलाई सत्तामा पुग्नु छैन, दूधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरूले सिंहदरबार खाली गर, भैँसी पाल्न आउँदै छौँ नारा लगाएका थिए। विदेशबाट दूधजन्य पदार्थ खरिद नगर्न चेतावनी पनि उनीहरुले दिए।

फाल्गुण २१ गते देशभर निर्णायक आन्दोलन गर्ने चेतावनी दिँदै अभियन्ता प्रेमनारायण अधिकारीले किसानलाई आफ्नो समस्या लिएर सडकमा आउन बाध्य पारेको बताए। किसानका समस्या समाधान छिट्टै गरिदिन उनले आग्रह गरे। राष्ट्रिय किसान समूह महासंघका सदस्य कृषकहरूको समूहमा एमालेबाट बागमती प्रदेशका सांसद सरस्वती बाटीलगायतका एमाले नेता कार्यकर्ताहरू सहभागी थिए। 

अर्को समाचार
दूधको भुक्तानी नपाउँदा छाक टार्ने पिरलो
०५ असार २०७८
•
३ मिनेट पाठ
दूधको भुक्तानी नपाउँदा छाक टार्ने पिरलो
इलामको सूर्याेदय नगरपालिकामा दूध संकलन गरिँदै । तस्बिर : भीम/नागरिक
सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन ।  




बिहानदेखि रातिसम्म गाईलाई खोलेकुँडो र स्याहार गरी दूध उत्पादन गर्ने किसान आयोजनाले मूल्य नदिँदा हातमुख जोर्नै समस्या हुन थालेको गुनासो गर्दैछन् । कोरोना महामारीका कारण अन्य कृषि उत्पादनको बजारसमेत नपाएका किसान मुख्य आम्दानीका रूपमा रहेको दूधको समेत पैसा नपाएपछि चिन्तित भएका हुन् । यहाँका किसानले दिनहुँ १ देखि बीसौं लिटर दूध स्थानीय सहकारी र संकलन केन्द्रमार्फत् सरकारी स्वामित्वको आयोजनालाई बेच्छन् । आयोजनाले जिल्लाका हजारौं किसानको फागुन, चैत, वैशाख र जेठमा बेचेको दूधको मूल्य भुक्तान गर्न बाँकी छ ।  

सूर्याेदय नगरपालिका–१० भालुखोपका दूध उत्पादक किसान कुमार रेग्मीले लामो समयदेखि भुक्तानी नपाउँदा किसानलाई खान–लाउनै धौधौ हुन थालिसकेको बताए । ‘दूध बेचेरै बिहान–बेलुकाको छाक टार्ने किसानलाई ४ महिनादेखि पैसा नपाउँदा के लाउँ, के खाउँ हुन थालेको छ,’ उनले भने, ‘हामीले पटक–पटक माग गर्दा पनि दूधको भुक्तानी पाउन सकेका छैनौं ।’ कुमारले आफ्नो गाई फार्ममा दूध उत्पादन गर्नुका साथै स्थानीय किसानबाटसमेत संकलन गरी आयोजनालाई बिक्री गर्छन् । ‘मैले मात्रै पनि दैनिक ७ देखि ९ सय लिटरसम्म दूध आयोजनालाई बेचिरहेको छु,’ उनले भने, ‘एकै किसानले आयेजनाबाट हजारौं रुपैयाँ भुक्तानी लिन बाँकी छ ।’

आयोजनाले  यसअघि प्रत्येक ३ देखि ४ सातामा दूधको मूल्य भुक्तान गरिरहेको थियो । तर, अहिले लामो समययता किसानलाई उत्पादनको मूल्य नदिनु सरकारी आयोजनाको गैरजिम्मेवारी भएको राष्ट्रिय कृषक महासंघले बताएको छ । महासंघ जिल्ला अध्यक्ष विष्णुप्रसाद दुलालले दूध बेचेरै छाक टार्ने किसानको समस्या सरकारी आयोजनाले नबुझेको बताए । ‘दूध बेचेर परिवार पाल्ने किसानलाई खान–लाउनै अभाव हुनेगरी समस्यामा पारिएको छ,’ उनले भने, ‘आयोजनाले विभिन्न बहानामा किसानको पसिनामा मनखुसी गर्न पाउँदैन, तत्काल किसानको दूधको मूल्य भुक्तान गरोस् ।’ महासंघले विज्ञप्ति नै जारी गरी दूधको मूल्य भुक्तान गर्न माग गरेको छ । आयोजनालाई दूध बेच्ने जिल्लाका सबै क्षेत्रका किसानले भुक्तानी पाउन नसकेको महासंघले जनाएको छ ।

संकलित दूध र यसको परिकार कोरोना महामारीका कारण बिक्री नहुँदा भुक्तानीमा समस्या भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गणेश यादवले संकलित दूध विक्री गर्न नसक्दा भुक्तानी गर्न नसकेको बताए । ‘अहिले दिनमा २६ हजार लिटर हाराहारी दूध संकलन भइरहेकामा विक्री ६ हजार लिटरमात्र छ,’ उनले भने, ‘ठूलो परिमाणको दूध बिक्री नै नभएकाले किसानलाई भुक्तानी दिन नसकिएको हो ।’  

यादवका अनुसार विराटनगरमा संकलन भएकोमध्ये दैनिक २ हजारदेखि ३ हजार लिटर दूध नै बिक्री भइरहेको छ । १ हजार लिटर हाराहारी दही र बाँकी पाउडर बिक्री हुन्छ । तर, दूध र दही बिक्री नभएपछि पाउडर उत्पादन गर्नुपरेको आयोजनाले जनाएको छ । ‘अहिले २ सय ४८ मेट्रिक टन पाउडर विक्री नभएर स्टक छ,’ प्रमुख यादवले भने, ‘देशभित्रमात्र होइन, भारतमा समेत पाउडर बिक्री गर्ने प्रयास गरियो तर सफल भएन ।’  

आयोजनामा दिनहुँ संकलन भइरहेको करिब २६ हजार लिटर दूधमध्ये २० हजार लिटर इलामबाटै जान्छ । जिल्लाका ७ स्थानमा रहेका दुग्ध चिस्यान केन्द्रमा सहकारीमार्फत् संकलित दूध विराटनगर पुर्‍याइन्छ । आयोजनाले प्रतिलिटर ४५ रुपैयाँसम्ममा दूध खरिद गरिरहेको छ । इलामबाट झापा, मोरङ र सुनसरीका निजी दुग्ध प्रशोधन केन्द्रमा समेत दिनहुँ हजारौं लिटर दूध जान्छ । निजीमा भने अहिले मूल्य भुक्तानीको समस्या नरहेको किसानले जनाए ।  

इलामस्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा १ लाख २५ हजार १ सय ८२ मेट्रिक टन दूध उत्पादन भएको छ । गाईको दूध १ लाख १३ हजार ५ सय ७६, भैंसीको ११ हजार ६ सय ४ तथा चौंरीको २ मेट्रिक टन दूध उत्पादन भएको केन्द्रको तथ्यांक छ ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस