गौरी त हेड मिस्त्री पो बनिन् !
१६ फागुन २०८०
•
२ मिनेट पाठ
गौरी त हेड मिस्त्री पो बनिन् !
हेटौँडा १९ स्थित सानान्टारमा घरको काम गर्दै गौरी। साथमा उनको श्रीमान्।
घर लगायत विभिन्न भौतिक संरचना निर्माणमा प्राय: पुरुष प्राविधिक (मिस्त्री) हरू संलग्न हुन्छन्। यो कार्यमा पुरुषहरूको बाहुल्यता देखिन्छ। महिलाहरू गिट्टीरवालुवा बोक्ने, मसला बनाउने काममा सहयोगीको भूमिका निर्वाह गरिरहेको देख्न पाइन्छ। ती महिलाले निर्माण कार्यमा संलग्न पुरुष प्राविधिक तथा मिस्त्रीहरूलाई सघाइहरेका हुन्छन्।




तर मकवानपुरमा एक जना महिलाको कथा अलि फरक छ। यहाँ एक जना यस्ती महिला छिन जसले एक दशकदेखि पुरुष सरह मिस्त्रीको जिम्मेवारी सम्हालिरहेकी छिन्। आफ्नै नेतृत्वमा घर निर्माणको काम गरिरहेकी छिन्।

हेटौँडा १९ बस्तीपुरकी गौरी सिन्तानले मिस्त्रीको काम गर्न थालेको १० वर्ष भयो। एक छोरा र दुई छोरीकी आमा उनले सुरुवातमा ३ वर्ष जति सहयोगीको रूपमा काम गरिन्। पछि आफैँले घर निर्माणको जिम्मा लिएर काम गर्न थालिन्।  

‘३ वर्ष लेवरको काम गरेँ। अरू मिस्त्रीले काम गरेको देखेर मैले पनि सक्छु भन्ने लाग्यो’, पुराना दिन सम्झिँदै ३६ बर्सिया उनले भनिन्, ‘ठेकेदार ९निर्माण व्यवसायी० सँग अब म पनि मिस्त्री काम गर्छु भनेँ। सुरुमा पत्याएका थिएनन्। अहिले सहयोगी राखेर घर बनाउने काम गर्न थालेको १० वर्ष पुगेछ।’

काम गरेर प्रमाणित गर्नु चुनौती रहेको उनले बताइन। आफूले काम गरिरहँदा धेरैले आश्चर्य मानेर हेर्ने गरेको उनको भनाई छ। ‘म सक्छु भनेर मात्रै भएन, मान्छेको घर बनाउने कुरा ख्याल ख्याल होइन। राम्रो ‘फिनिसिङ’ दिन सक्नुपर्‍यो। काममा खोट लगाउने अवस्था आउन दिन पनि भएन’, गौरी भन्छिन्, ‘मैले गरेको काममा आजसम्म कसैले खोट लगाएका छैनन्। राम्रो काम गरेकैले होला कुनै दिन पनि काम नगरी त्यसै बस्नुपरेको छैन।’

गौरीले काम सिक्दै गर्दा उनको श्रीमान् नवराज मलेसियामा थिए। अहिले श्रीमान् श्रीमती नै घर बनाउने काममा हिँड्ने गरेका छन्। ‘म विदेशबाट आउँदा मिस्त्री भैसकेको रहेछ। सुरुमा त पत्यार लागेको थिएन’, उनले भने, ‘मैले केही वर्ष मलेसियामा काम गरेँ। अहिले दुवै जना सँगसँगै यही काम गरिरहेका छौँ। महिनामा २७ देखि २८ दिनसम्म खट्छौँ। मकवानपुरमै उ बाहेक अरू महिला मिस्त्री देखेको छैन।’

यही काम गरेरै तीन जना छोराछोरी पठाइरहेको उनीहरू सम्झन्छन्। घरको काम समेत श्रीमान् श्रीमती मिलेर गर्ने गरेको नवराजले बताए। दुवै जनाले गरी महिनामा ६० हजार सम्म कमाउने गरेका छन्। हाजिरीमा काम गर्दा खाना खाजा खाएर जनही दैनिक एक हजार रुपैयाँ प्राप्त हुने गरेको उनीहरूले बताए। मौका मिल्दा आफैँले ठेक्का लिएर समेत काम गर्ने गरेका छन्।

उनीहरूका तीन सन्तानमध्ये एउटाले १२ को पढाई सक्काएर विदेश जाने तयारी गरेका छन् भने बाँकी दुई जना पढिरहेका छन्। केही समय अघि उनीहरूले आफ्नै पक्की घर समेत बनाएका छन्।

‘सधैँ अर्काको घर बनाएर हिँड्ने हामी हाम्रो घर पुरानो भैसकेको थियो। यही काम गरेर जम्मा गरेको पैसाले घर पनि बनाएका छौँ’, गौरीले खुसी हुँदै भनिन्। एक अर्कामा मन परापर भएर विवाह गरेका उनीहरूको जोडी र परिश्रमलाई नजिकबाट चिन्नेहरूले वाहवाही गर्ने गरेका छन्।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५६ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस