ब्राउनसुगरसहित तीनजना पक्राउ
१४ फागुन २०८०
•
१ मिनेट पाठ
ब्राउनसुगरसहित तीनजना पक्राउ
भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। विराटनगर महानगरपालिका– १३ बाट सोमबार बिहान उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन्।




विराटनगर– १४ का २१ वर्षीय दीपेशसिंह ठकुरी, विराटनगर– १५ का २० वर्षीय सेजन राई र विराटनगर– १७ का १९ वर्षीय शिवम थापा मगरलाई ब्राउनसुगरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार जोगबनीबाट प्रदेश १–००१ ह १७८३ नम्बरको सिटी सफारीमा आउँदै गरेका उनीहरूलाई शंका लागी चेक गर्दा ब्राउनसुगर बरामद भएको हो। उनीहरूका साथबाट १४.४० ग्राम ब्राउनसुगर बरामद भएको छ।

डिएसपी दाहालले भने, ‘तीनजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालेका छौं। पक्राउ परेकाहरूलाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चल्ने छ।’

प्रहरीका अनुसार पक्राउ परेका तीनजना ब्राउनसुगर कारोबार गर्दै आएको र उनीहरूले जोगबनीबाट नेपालका विभिन्न स्थानमा बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अर्को समाचार
लागु औषधसहित तीनजना पक्राउ
१३ फागुन २०७९
•
१ मिनेट पाठ
लागु औषधसहित तीनजना पक्राउ
कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। 




बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ वर्षीय विशाल सिंह ठकुरी, कोहलपुर नगरपालिका–११ का १८ वर्षीय निर्जन ढकाल र बढैयाताल गाउँपालिका–७ का २८ वर्षीय विक्रम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

पश्चिमतर्फबाट चलाई ल्याएको भे १३ प २७३ नम्बरको मोटरसाइकल सडक छेउमा फलफूल खरिद गर्न लागिरहेको अवस्थामा उनीहरूलाई खानतलासी गर्दा ब्राउन सुगर भेटिएको थियो। 

विशालले चलाइ रहेको मोटरसाइकलका पछाडि निर्जल बसेका थिए। उनीहरूको साथबाट एक सय १५ ग्राम सात सय ८० मिलिग्राम र निर्जन ढकालले कानमा लुकाइ राखेको दुई सय २० मिलिग्राम लागु औषध ब्राउन सुगर, तीन वटा मोबाइल, नौ हजार आठ सय रुपैयाँ र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

‘लागु औषध भारतको बलई गाउँबाट विक्रमले ओसारपसारमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको थियो,’ प्रहरीले भन्यो।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस